• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अनेक प्रतिकुलताबीच कांग्रेसी मतदाताको सद्‍भावले चुनाव जितें


शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

कांग्रेसको उम्मेदवार नभएका कारणले रुख चिह्नमा भोट हाल्ने मतदाता स्वतन्त्र भए। कांग्रेसका संगठित नेता-कार्यकर्ता पो प्रतिबद्ध छन् त, आम मतदातालाई शेरबहादुर देउवाको ह्विप लाग्दैन। ती मतदातालाई कसरी तान्‍न सक्छु भन्‍नेमै मेरो ज्यादा ध्यान गयो।

Advertisement

 

यसपटक चुनाव लड्ने कि नलड्ने भन्‍ने द्विविधामा थिएँ। चुनाव नजिकिँदै जाँदा धेरै साथीहरूले उम्मेदवार बन्‍नुपर्छ भन्‍ने सुझाव दिनुभयो। मतदाताको तहबाट पनि चुनाव त लड्नैपर्छ नि भन्‍ने प्रतिक्रिया प्राप्त गरें। मैले केही साथीहरूलाई चुनावको स्थिति के हुन्छ भनेर सर्वेक्षण गर्न लगाएको थिएँ। खासगरी, एमाले विभाजन, पार्टीभित्रका कतिपय समस्या, पार्टीलाई आम मानिसले हेर्ने दृष्‍टिकोणलगायत पाटो केलाउन जरुरी थियो।

राजनीतिमा कहिलेकाहीं ‘एक कदम अगाडि दुई कदम पछाडि’को रणनीति पनि अपनाउनु जरुरी हुन्छ। दुई कदम पछाडि हटेर पनि कहिलेकाहीं जितिन्छ। त्यसैले यसपटक चुनाव नलड्ने कि भन्‍ने सोच मैले बनाइरहेको थिएँ। तथापि, धेरै पाटोबाट चुनाव लड्नुपर्छ भन्‍ने पजिटिभ रेस्पोन्स आएकाले मैले चुनावमा होमिने निष्‍कर्षमा पुगेँ।

हाम्रो पार्टीका अधिकांश पदाधिकारीको उम्मेदवार बन्‍ने विषय एक महिनाअघि नै निश्चित भइसकेको थियो। मेरो उम्मेदवारी भने अन्तिम दिन मात्र टुंगो लागेको हो। २२ असोजमा उम्मेदवारी दर्ताको मिति तोकिएको थियो, मेरो उम्मेदवारी २१ असोजमा मात्र टुंगिएको हो। पार्टी केन्द्रीय कार्यालयबाट म उम्मेदवार बन्‍ने भन्‍ने विषय २१ गते जानकारी दिइयो, जतिबेला म गाउँमै थिएँ। सोही कारण मैले चुनावका कतिपय पूर्वतयारी गर्न पाइनँ।

ताप्लेजुङ आफैंमा भौगोलिक हिसाबबाट ठूलो जिल्ला छ, जसमा ६१ वटा वडा छन्। र, भौगोलिक रूपमा नेपालकै तेस्रो ठूलो जिल्ला हो यो। त्यसैले उम्मेदवारी मनोनयनपछि पार्टीका आन्तरिक भेला र तयारीमा जुट्नै पाइएन, सीधै मतदाता भेटघाटमा लाग्‍नुपर्‍यो। त्यसो नगर्दा मतदातासम्म पुग्‍न भ्याइने पनि थिएन। तथापि, सीधा मतदाता भेटघाटमा लाग्दा पनि म कतिपय वडामा पुग्‍न सकिनँ।

समय अभावले जिल्लाका ६१ मध्ये चारवटा वडामा पुग्‍न सकिनँ- कालीखोला, ओलाङचुङगोला, याम्फुदिन र मामांखे। अरू सबै वडामा पुगें। तर, सबै टोल-टोलमा पुग्‍न सकिनँ। वडाका केन्द्रहरूमा पुगेर मुख्य व्यक्ति, कार्यकर्ता र मतदातालाई प्रभावित पार्न सक्ने मुख्य मान्छेहरूलाई भेट्ने काम मात्र भयो।

अझ हाम्रै पार्टी एमालेविरुद्ध गठबन्धन भएकाले पनि चुनौती थियो। कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी एमाले नै भयो। त्यसैले कांग्रेसले हामीलाई जसरी पनि रोक्न खोज्‍नु स्वाभाविकै भयो। त्यसपछि नेकपाबाट विभाजित भएका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेलाई नै मुख्य दुश्मनजस्तो ठानेका थिए। कांग्रेसले प्रमुख प्रतिस्पर्धी भएकाले रोक्ने अनि प्रमुख प्रतिस्पर्धी नभए पनि हिजोको दुश्मनलाई आज देखाइदिनुपर्छ भन्‍ने मानसिकता बोकेका अन्य दुई दलका नेता-कार्यकर्ताको सोच। हाम्राविरुद्ध गठबन्धन कसिलो हुने कुरा स्वाभाविक थियो।

तेस्रो पक्ष- पालिका चुनावमा ताप्लेजुङका नौवटा स्थानीय तहमध्ये एमालेले तीनवटा मात्र जितेको थियो। बाँकी ६ मध्ये दुइटामा माओवादी र चारवटामा कांग्रेसले जितेका थिए। भरखरै सम्पन्‍न भएको पालिका चुनावको प्रभाव आम निर्वाचनमा पर्नु पनि स्वाभाविकै हुन्थ्यो। त्यो पनि हाम्रा लागि चुनौती थियो। चुनाव प्रचारको समय त्यसै पनि छोटो थियो।

एमाले पार्टी, मेरो व्यक्तित्व र पार्टीभित्र मेरो पोजिसनका कारणले पनि मेरो खुट्टा तान्‍न खोज्‍ने प्रवृत्ति छँदै थियो। किनकि, कोही अगाडि बढ्दैछ भने त्यसलाई साथ दिऊँ भन्दा पनि त्यसको खुट्टा तानौं भन्‍ने चिन्तनले नेपाली समाजमा जरा गाडेकै छ।

यी सबै परिस्थितिहरू मेरो लागि प्रतिकुलताका रूपमा थिए। त्यसमाथि अघिल्लोपटक पनि जितेर आएको सांसद म। बीचमा मन्त्री पनि भएको। स्वाभाविक रूपमा मानिसका अपेक्षाहरू ज्यादा हुन्छन्। मेरो एउटा सानो निर्वाचन क्षेत्र होइन, विशाल भूगोलमा विकासका आकांक्षाहरू धेरै हुन्छन् नै। त्यसमाथि सांसद भनेको नीति, कानून बनाउन जाने थलो हो भन्‍ने बुझाइ नेपाली समाजमा कमजोर छ। बाटो बनायो कि बनाएन, स्कुल बनायो कि बनाएन भन्‍ने विषयले ज्यादा महत्त्व राख्छन्, हाम्रोमा। हामीले जति गरे पनि मानिसले काम गरेको जश दिएका हुँदैनन्। त्यसमाथि पाँच वर्षमा जति गरिएको थियो, त्यसको पर्याप्त प्रचार पनि गर्न सकिएको थिएन।

त्यसैले मानिसले ममाथि धेरै प्रश्‍न उठाइरहेका थिए। त्यसपछि केही जातिवादी तत्त्वहरूले त्यहाँको जातीय सन्तुलनलाई बिगार्ने कुचेष्‍टा गरेकै थिए। त्यो सुविचारित केही जातिवादीको कुरा मात्र थियो, आम मतदाताको कुरा थिएन। त्यसले पनि केही मानिसको मनस्थितिमा थोरबहुत असर गरिरहेको थियो। यी सबै प्रतिकुलताका बीचमा चुनावमा होमिएको थिएँ।

२०७४ साल र अहिलेको चुनावमा भिन्‍नता अवश्य थियो। ०७४ सालमा दुई प्रमुख कम्युनिस्ट पार्टीहरू एमाले र माअ‍ोवादी केन्द्रबीच चुनावी तालमेल थियो। र, त्यो तालमेलमा सीमित थिएन, पार्टी एकता नै गरेर जाने सन्देश चुनावी अभियानमा दिन सकिएको थियो। भविष्‍यमा एउटै कम्युनिस्ट पार्टी बनाउँछौं भन्‍ने जुन विश्वास हामीले दिलाउन सकेका थियौं, त्यसले व्यापक मतदाताहरूलाई आकर्षित गरेको थियो।

नेपालमा हरेक निर्वाचनमा करिब १० प्रतिशत मतदाताले आफ्नो मत कता प्रयोग गर्ने भन्‍ने निर्णय परिवर्तन गर्छन्। चुनावको तात्कालिक परिस्थितिमा उनीहरूले मत प्रयोग गर्छन्। पहिलो- कसले राम्ररी कन्टेन गरेको छ, त्यतातिर कुद्छन्। अर्को- कसले जित्छ, त्यता हेर्छन्। अघिल्लोपटक ताप्लेजुङमा त्यो मत सामान्यतः मलाई नै आएको थियो। यसपटकको १० प्रतिशत मत कता जाने भन्‍ने कन्फर्म थिएन।

यसपटक शहर बजारमा त्यो मत कांग्रेस र एमालेतिर आएन, एन्टी-कांग्रेस, एन्टी-एमालेजस्तो भयो। जहाँ घण्टी र लौरोले मत ल्याए। र, अरू पार्टीहरूले त्यही तरल मत आकर्षित गरे। स्वतन्त्र खालको त्यो मत, जसले मतदानको बेला मात्रै निर्णय गर्छ, त्यो मतको अधिकांश हिस्सा कांग्रेस र एमालेलाई आएन यसपटक। अन्यत्र ठाउँमा पनि त्यसको प्रभाव परेको देखिन्छ, जुन अघिल्लोपटकको निर्वाचनमा हाम्रा लागि अनुकुल थियो त्यो। अहिले त्यो हाम्रा लागि प्रतिकुल भयो।

ताप्लेजुङमा घण्टीका उम्मेदवार थिएनन्, न त लौरोकै थिए। तर, त्यो स्वतन्त्र मतलाई हामीले जुन तहमा आकर्षित गर्नुपर्ने हो, गर्न सकिरहेका थिएनौं।

विकास निर्माणका अपेक्षा जति पूरा भएका छैनन्, ती आजको भोलि हुने पनि होइनन्। मानिसले छिटो परिणाम खोज्छ, तत्काल परिवर्तन खोज्छ। बीचमा हामी सरकारमा भएर पनि कतिपय प्रतिकुलताहरू थिए। झण्डै दुई वर्ष कोरोनाको कारणले विकास निर्माणको गति ठप्प भयो। त्यसबाट अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्‍यो। विकास बजेटहरू पर्याप्त मात्रामा छुट्याउन सकिएन। ठेक्कापट्टा भएका आयोजनाहरूमा ठेकेदारको लापरवाहीले काम हुँदैनन्, हुन सकेनन्। त्यसको सबै अपजश उम्मेदवारले नै बोक्नुपर्छ।

ठेकेदारले कहाँ काम गरेको छैन, कुन शिक्षकले राम्रो पढाइरहेको छैन, ती सबैको अपजश उम्मेदवारले बोक्नुपर्छ। यी तमाम प्रतिकुलताका बीचमा म चुनाव लडेको हुँ।

ताप्लेजुङमा पालिका चुनाव र अहिले समानुपातिक मत हेर्दा पनि २५ सयदेखि तीन हजार मत एमालेभन्दा गठबन्धन दलहरूको बढी छ। त्यो गठबन्धन आज पनि यथावत छ। त्यो गठबन्धनलाई परास्त गरेर एमालेको एकल बहुमतको सरकार बन्छ भनेर हामीले त भन्यौं तर आम विश्वास दिलाउन सकिएन। आम मानिसले पनि एमालेले कहाँबाट बहुमत ल्याउँछ, गठबन्धन छ नि भनेर गठबन्धन नै बलियो छ भन्‍ने धारणा बनाइरहेको अवस्थामा चुनाव लड्नुपर्‍यो।

त्यो अवस्थामा प्रतिपक्षीहरूको मत नतानी मैले जित्ने अवस्था थिएन। त्यसै पनि २५ सयदेखि तीन हजार मत बढी नै थियो गठबन्धनको। त्यसैले मैले एमालेको मात्र होइन, प्रतिपक्षीहरूको मतसमेत तानेर मैले जितेको हुँ।

माओवादीको अन्तरविरोध, कांग्रेसको विश्‍वास

मेरोविरुद्धमा माओवादीको उम्मेदवार हुनुहुन्थ्यो। माओवादीभित्र पनि केही असन्तुष्‍टि थियो। पालिका चुनावदेखि अहिले उम्मेदवारीका सन्दर्भमा पनि माओवादीभित्र केही अन्तरविरोध थिए। ती अन्तरविरोधलाई मेरो अनुकुलतामा ल्याउन कोशिस गरें। त्यसबाट केही मत अवश्य आयो।

त्यसभन्दा महत्त्वपूण विषय, कांग्रेसको उम्मेदवार नभएका कारणले रुख चिह्नमा भोट हाल्ने मतदाता स्वतन्त्र भए। कांग्रेसका संगठित नेता-कार्यकर्ता पो प्रतिबद्ध छन् त, आम मतदातालाई शेरबहादुर देउवाको ह्विप लाग्दैन। ती मतदातालाई कसरी तान्‍न सक्छु भन्‍नेमै मेरो ज्यादा ध्यान गयो। उनीहरूका घर-घरमा पुगेर बढीभन्दा बढी भेट्ने प्रयास गरें मैले। उनीहरूसँगै संवाद र छलफललाई घनिभूत बनाएँ।

एमालेको भोट यथावत राखेर थप्नु थियो मलाई। पार्टीकै मतदाताको पनि २ देखि ५ प्रतिशत मत आउँदैन भन्‍ने कुरा उम्मेदवारहरूले बुझ्नुपर्छ। पार्टीभित्रका अन्तरविरोध, नातागोता, सरसम्बन्ध, व्यवहारका कारणले कहिलेकाहीं ती मतहरू अर्कोतिर सिफ्ट भइरहेका हुन्छन्। त्यसकारणले अर्कोको क्याम्पबाट मत नतानी चुनाव जित्न गाह्रो हुन्छ, जहाँ नेक टु नेक प्रतिस्पर्धा भइरहेको हुन्छ। त्यसैले मेरो ध्यान कांग्रेसको मत ज्यादाभन्दा ज्यादा तान्‍न उहाँहरूसँग अन्तरक्रिया, संवाद गर्नेमा केन्द्रित थियो।

उहाँहरूलाई बढी समय दिएँ। र, चुनावी रणनीति पनि त्यस्तै बनाएँ, जसको कारणले माओवादीका मतदाता केही मात्रामा तानिए। र, ठूलो मात्रामा कांग्रेसका जेन्युइन मतदातालाई आकर्षित गर्न सकें। ग्रासरुटका मतदाताको सपोर्ट मलाई हासिल भयो।

त्यसका केही कारण पनि थिए। पहिलो- माओवादीको १० वर्षको हिंसा प्रमुख थियो। त्यतिबेला माओवादीबाट कांग्रेसमाथि जुन ज्यादती भएको थियो, त्यसलाई आज पनि उनीहरूले सम्झिरहेकै छन्। आफ्नो परिवारका सदस्यको हत्या भएको छ। आफ्नो घरबारी उनीहरूले गुमाउनु परेको छ। देशभित्रै शरणार्थी र सुकुम्बासी जीवन बिताउनु परेको थियो, माओवादीको कारणले। त्यो कुरा उनीहरूको मनमा अहिले पनि चोटको रूपमा छ।

दोस्रो- एउटा लोकतन्त्रवादी मतदाताले माओवादीलाई भन्दा एमालेलाई लोकतान्त्रिक पार्टी देख्छ। एमाले त तीसौं वर्षदेखि कांग्रेससँगै लोकतान्त्रिक अभ्यासमा छ। कांग्रेससँगै सहकार्य, प्रतिस्पर्धा गर्दै आएको पार्टी हो, एमाले। सिस्टम बनाउने, बसाल्ने र सिस्टममै काम गर्ने पार्टी हो एमाले। स्वाभाविक हो, अहिलेको लोकतान्त्रिक व्यवस्थामा सुहाउँदो पार्टी माओवादीभन्दा एमाले नै हुन्छ। कि त कांग्रेस नै हुन्थ्यो, ताप्लेजुङमा कांग्रेसका उम्मेदवार थिएनन्। ती मतदाताले स्वतन्त्र ढंगले निष्‍कर्ष निकाल्दा एमालेलाई नै माओवादीभन्दा लोकतान्त्रिक ठम्याए।

तेस्रो- आम मतदाताले एमालेबाटै उम्मेदवार बने पनि योगेश भट्टराईको हैसियत हेरे। राष्‍ट्रिय राजनीतिमा उसले प्रभाव पार्न सक्छ, हस्तक्षेप गर्न सक्छ। ताप्लेजुङका समस्या काठमाडौंसम्म पुर्‍याउन प्रभावकारी माध्यम योगेश भट्टराई नै हुन सक्छ भनेर मतदाताले हेरे। मेरो व्यक्तित्वबाट लोभिने मतदाता पनि हुने नै भए। यिनै कारणहरूले मैले चुनाव जितें।

यसमा अर्को आयाम पनि छ। त्यो हो, एमालेको विभाजन। विभाजित अवस्थामा एमालेको हैसियत जुन तहमा खस्किन्छ भन्‍ने आकलन, अनुमान थिए, देशभरको हाम्रो चुनावी अभियान र पालिका चुनावमा हामीले पाएको मतले एमाले कमजोर नरहेको देखायो। एमालेलाई विभाजनको ठूलो असर नरहेको देखियो। त्यही विषय हामीले चुनावी अभियानबाट स्थापित गर्‍यौं।

देशभर पार्टी अध्यक्षको दौडाहा र उहाँप्रति जनमतले देखाएको आकर्षणले आज पनि स्थापित दलहरूमा जनआकर्षण गर्ने नेता केपी ओली नै देखिनुभयो। शेरबहादुर देउवा, प्रचण्डमा त्यो तहको आकर्षण थिएन, माधवकुमार नेपालले सक्दैनन् भन्‍ने देखियो। सकारात्मक, नकारात्मक जस्तो टिप्पणी गरे पनि केपी ओलीकै टिप्पणी ज्यादा छ अहिले पनि। आजको दिनमा विदेशीहरूसँग एउटा हैसियतका साथ कुरा गर्न सक्ने नेता पनि केपी ओली नै हुन्। विकास निर्माणमा एउटा गति दिन सक्ने नेता पनि केपी ओली नै हुन्। र, आफ्नो एजेन्डा जबर्जस्त ढंगले राख्न सक्ने नेता पनि केपी ओली नै हुन्। र, एमाले हो भन्‍ने पालिका चुनाव र आम निर्वाचनको क्याम्पेनले देखाए। त्यो कुराले पनि मेरो चुनावी अभियानमा सपोर्ट भयो।

तथापि, ०७४ सालमा ताप्लेजुङमा म पहिलोपटक चुनाव लडेको हुनाले मप्रति धेरै प्रश्‍न थिएनन्, विश्वास नै ज्यादा थियो। आज विश्वास सँगसँगै प्रश्‍न पनि थिए। पाँच वर्षमा के गर्नुभयो, के उपलब्धी गर्नुभयो, एउटा जनप्रतिनिधिमाथि गरिने प्रश्‍नहरू थिए। सानातिना व्यवहारमा मानिसहरू रुष्‍ट छन्। हामीलाई भेट्न आएन, हाम्रो फोन उठाइदिएनजस्ता गुनासाहरू ज्यादा थिए।

आम मतदाताले एउटा जनप्रतिनिधिको बाध्यता बुझ्‍न सक्दैन। हरबखत आफ्नो जनप्रतिनिधि आफूसँग संवादमा हुनुपर्छ भन्‍ने बुझ्छ आम मतदाताले। त्यो स्वाभाविक पनि हो। लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधि आफ्ना मतदातासँग हरबखत इंगेज भएर बसिरहनु राम्रो कुरा हो। तर, त्यो सधैं सम्भव पनि छैन। सम्भव छैन भन्‍ने र हाम्रा बाध्यता मतदाताले नबुझिदिँदा जुन खासमा प्रश्‍न नै होइनन्, ती प्रश्‍नहरूको सामना गर्नुपर्छ।

यी प्रश्‍नहरूको एउटा जवाफ प्राप्त गरें, चुनावी अभियानको दौरानमै। मैले हिसाब निकालें, म पाँच वर्षमा ८० पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेको रहेंछु। एकदमै धेरै जिल्ला पुग्‍ने सांसदहरू पनि ८० देखि ८५ पटक नै पुगेका रहेछन्। काठमाडौंबाट नजिकका जिल्लाका सांसदहरूको जिल्ला दौडाहाको अनुपात त्यही हुने रहेछ। त्यसबाट म दुर्गम जिल्लामा पनि ठीकै अनुपातमा पुगेको रहेंछु भन्‍ने निष्‍कर्ष निस्कियो। त्यही तथ्यांक मैले मतदातासामु प्रस्तुत गरें।

फोन नउठ्नुको कारण पनि संसद, संसदीय समिति र पार्टीका बैठक, भेटघाट, छलफलमा हुन्छौं अनि दैनिक ६-७ घण्टा सुत्नु पनि पर्‍यो। केही घण्टा पढ्नु पनि पर्‍यो। यही कुरा हामीले मतदातालाई बुझायौं।

गएको पाँच वर्षमा एमालेले विकास र समृद्धिको जग बसाएको छ। शेरबहादुर देउवा या प्रचण्डले ताप्लेजुङ आएर त्यो जगमा संरचना खडा गर्न सक्दैनन्। संरचना खडा एमालेले नै गर्न सक्छ भनेर मतदातालाई बुझायौं। गएको पाँच वर्षमा जस्तो जग बसाएको छ, त्यो जगमा विकास र समृद्धिको संरचना खडा गर्न एमाले नै चाहियो भनेर बुझायौं।

त्यसपछि गएको दुई वर्षमा त शेरबहादुर देउवा नै प्रधानमन्त्री छन्, उनले के आकर्षण दिन सके त भन्दै मतदातालाई नै प्रश्‍न सोध्यौं। जनतामा के विश्वास दिलाउन सकेका छन् त भनेर सोध्यौं। जनताका सपना देउवाले जगाउँदै नजगाएको जवाफ प्राप्त गर्‍यौं। दुई वर्ष त मुलुक पछाडि परिसकेको अनि थप पाँच वर्ष देश अझ पछाडि धकेलिने विषयलाई मुखर भएर प्रस्तुत गर्‍यौं। शेरबहादुर देउवाको नेतृत्वमा यो मुलुक बन्‍नै नसक्ने सम्झायौं।

समृद्धि सपना पूरा गर्ने वाचा

ताप्लेजुङको ठूलो भूगोलमा सडककै समस्या प्रमुख छ। सबै वडामा सडकका ट्र्याक पुगेका छन्। मुख्य सडकहरूलाई कालोपत्रे गर्ने अनि ट्र्याक खुलेका सडकको स्तरोन्‍नती गर्ने प्रतिबद्धता जनायौं। हाम्रो एउटा मुख्य सडक तमोर करिडोर हो। त्यसले धनकुटाको मुलघाट हुँदै ओलाङचुङगोला र तिब्बतको टिप्ताला पास जोड्छ। करिब ५ किलोमिटर त्यसको ट्र्याक ओपन हुन बाँकी छ। त्यसलाई कम्प्लिट गर्ने मतदातालाई बुझायौं। पहिले ट्र्याक पूर्ण रूपमा खोलेर क्रमशः कालोपत्रे गर्दै लगिने बतायौं।

तेह्रथुमको वसन्तपुरबाट संखुवासभाको सिमाना चौकी, गुफा पोखरी हुँदै ताप्लेजुङ सडक (मन भण्डारी राजमार्ग)लाई कालोपत्रे गर्ने प्रतिबद्धता जनायौं। यस्तै, कञ्‍चनजंघा आधारशिविरसम्म पुग्‍ने पर्यटकीय मार्ग काबेली करिडोरलाई प्राथमिकता दिइने बतायौं। एमालेको सरकारको पालामा सबै पालिका केन्द्रलाई सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्ने कार्यक्रम शुरु भएको थियो। ताप्लेजुङका सबै पालिका केन्द्रबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गरिसक्ने प्रतिबद्धता व्यक्त गर्‍यौं। यी सडकहरू कालोपत्रे भइसक्दा ताप्लेजुङमा मुख्य सडकको समस्या हल हुन्छ। त्यसपछि सहायक सडकहरूको स्तरोन्‍नती गरिसक्दा ताप्लेजुङ पूर्ण रूपमा कनेक्टिभिटी भइसक्छ, जुन वडा र टोलसम्म पुगेका छन्।

म सांसद भएपछि मैले शिक्षामा फोकस गरेको थिएँ। नेपाल सरकारले विद्यालयको पूर्वाधारका निम्ति पैसा दिन सक्दैन। बजेट नै छैन, भोलि पनि दिन सक्दैन। त्यसका लागि विदेशी दाता नै खोज्‍नुपर्छ। हुमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थासँग मिलेर ताप्लेजुङमा ५९ वटा माविहरूको भवन निर्माण अगाडि बढाएका थियौं। तीमध्ये ४५ वटाको भवन निर्माण भइसकेको छ। बाँकी १४ वटा निर्माणाधीन छन्। त्यो पैसा नेपाल सरकारको होइन।

यस्तै, आधारभूत विद्यालयहरूको भवन निर्माणका लागि युनाइटेड वर्ल्ड स्कुल (यूडब्लूएस)लाई साथ माग्यौं। त्यसले संखुवासभा र गुल्मीमा पनि काम गरिरहेको छ। अहिले तीनवटा विद्यालय भवन निर्माण गरिसक्यो, त्यो संस्थाले। थप २५ वटा विद्यालय निर्माणको सम्झौता भएको छ।

जिल्ला अस्पताल दयनीय अवस्थामा थियो। विदेशी दाताकै सहयोगमा त्यसमा पनि सुधार भएको छ। बितेका वर्षमा ताप्लेजुङ जिल्ला अस्पताल प्रदेश-१ मा एक नम्बरमा परेको थियो।

ताप्लेजुङ एक मुख्य पर्यटकीय गन्तव्य हो। म आफैं पर्यटन मन्त्री हुँदा केही पूर्वाधार निर्माण गर्न बजेट पारेको थिएँ। पाथीभरा, तिम्बुङ पोखरी, मिल्के-जलजले, फुङफुङे झरना, कञ्‍चनजंघा ट्रेकिङ रुटलगायत पर्यटकीय क्षेत्रहरूको विकासमा ध्यान दिएको थिएँ। भविष्‍यमा पनि त्यसलाई निरन्तरता दिनुछ। हाम्रो जिल्ला सामाजिक विविधता भएको जिल्ला हो। भाषिक, सांस्कृतिक विविधता छ। हरेक जातिका धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण, संबर्द्धन र प्रबर्द्धनमा ध्यान दिनुछ। बितेका पाँच वर्षमा केही काम भइसकेको छ। र, अब त्यसलाई अझ अगाडि बढाएर लैजानु छ।

शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.