स्टकहोम- यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्।
Advertisement
पुरस्कार पाउनेहरूमा क्यारोलिन बर्टोजी, मोर्टोन मेल्डल र बेरी सार्पलेस छन्। अणुहरूलाई स्निपिङ गर्ने क्लिक केमेस्ट्रीमाथि शोध गरेवापत उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो।
उनीहरूले एक करोड स्विडिस क्रोनर बाँडेर लिने छन्। गत वर्ष दुई वैज्ञानिकले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए।