• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

०३७ सालको त्यो पहिलो नेपाल बन्द !


शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

२०३७ साल चैत १४ गते भएको हड्ताल नेपालकै इतिहासमा पहिलो हड्ताल हो। हड्ताल गर्ने भनेपछि विद्यालयको सबै कक्षाकोठा बन्द गर्नुपर्ने भयो। कक्षाबाट मात्र निस्किएनौं, कुम्लो बोकेर घरतिरै लाग्यौं। पछि मात्र थाहा भयो, त्यो एक दिनको हडताल मात्र रहेछ।

Advertisement

मेरो जन्म ताप्लेजुङको तत्कालीन साँघु गाविस (हाल मैवा खोला गाउँपालिका)मा भएको हो। बाल्यकाल त्यहीँ बित्यो। घर नजिकैको धुले स्कुलमा क, ख सिकियो। खासमा, त्यो स्कुल नै पनि थिएन। मान्छेहरू जम्मा हुने, एकजनाले सिकाउने, धुलोमा लेखेर सिकिन्थ्यो। सुकुलमा बस्ने अनि अघिल्तिर धुलोमा लेख्ने चलन थियो। पछि गाउँमा सात कक्षासम्म पढाइ हुने स्कुल खुल्यो। त्यसबेला ‘मिडिल स्कुल’ भनिन्थ्यो। घरबाट हिँडेर जाँदा आधा घण्टा लाग्थ्यो। कक्षा सातसम्म त्यहीँ पढेँ।

सात कक्षासम्म पढ्दा कुनै राजनीतिक चेतना थिएन। हुने कुरा पनि भएन। हर्कराज चोङबाङ हेडसर हुनुुहुन्थ्यो। अहिले बितिसक्नुभयो। धेरै अनुशासनमा राखेर पढाउनुहुन्थ्यो। बदमासी गरेपछि स्कुलको चाबी राख्ने झुत्ताले हान्ने गर्नुहुन्थ्यो। इन्द्र भट्टराई सर हुनु हुन्थ्यो, उहाँ पनि बितिसक्नुभयो। धरणी घिमिरे सर अहिले पनि हुनु हुन्छ। बोलिनन्द फागो सरले पनि पढाउनु हुन्थ्यो। उहाँ पनि बितिसक्नुभयो।

सात कक्षा सकेपछि माध्यमिक विद्यालय पढ्न कहाँ जाने भनेर घरमा सल्लाह हुँदा संखुवासभाको मादी जाने भयौं। स्कुलमा पढ्ने हामी तीनजना विद्यार्थी अरूभन्दा जान्ने थियौं। म, प्रकाश सुवेदी र केशव भट्टराई तीनजनै मादीमा पढ्न जाने भयौं। मादीमा प्रकाश सुवेदीको दाइ राम सुवेदी, मेरो दाइ मातृका भट्टराई पनि पढ्नुभएकाले त्यहाँ पढाइ राम्रो छ भन्ने बुझाइ थियो। र, त्यस भेगबाट मादी पढ्न जाने चलन थियो। बिहेबारी पनि चल्थ्यो मादी, चैनपुरतिर। मेरो मावली पनि चैनपुर नै हो।

तथापि, घरबाट मादी टाढा थियो। बिहान सबेरै हिँड्दा राति मात्रै पुगिन्थ्यो। डाँडा काटेर जानुपर्ने। मिल्के डाँडा काटेर जानुपर्ने। मादीमै डेरा लिएर बसेका थियौं। सात कक्षा पढ्दै गरेको भनेपछि हामी सानै थियौं।

मादीमा कक्षा ८, ९, १० र एसएलसीसम्म पढ्यौं। पीताम्बर दाहालको घरमा बसेका थियौं। उहाँले पनि हामीलाई पढाउनुहुन्थ्यो। हामी तीनजना साथी एउटै कोठमा बस्थ्यौं। आफैं खाना पकाएर खान्थ्यौं। विद्यार्थी जीवन, गाउँको मध्यम वर्गको भइकन पनि अभाव हुने नै भयो। प्रायः भात र गुन्द्रुक धेरै खाइयो। कहिलेकाहीं दाल, तरकारी पनि पकाउँथ्यौं। त्यतातिर दाहालका घरमा गाइभँैसी पाल्थे। बेला–बेलामा दूध दही पनि दिन्थे।

२०३५ सालतिर अलि–अलि राजनीतिक हल्ला गाइँगुइँ चल्न थालेको थियो। त्यही बेला बन्द, हड्ताल भन्ने पनि सुनियो। किन हड्ताल हुन्छ भन्ने थाहा थिएन। तर, बन्द गर्ने भनिएको थियो। कहिले गर्नेभन्दा ०३७ साल चैत १४ गते।

नेपालमा पहिलोपटक अनेरास्ववियुले नेपाल बन्द आह्वान गरेको रहेछ। त्यो हल्ला हाम्रो स्कुलमा पनि पुग्यो। त्यतिबेला टेलिफोन सम्पर्क हुने कुनै माध्यम गाउँ–गाउँमा पुगेको थिएन। खाली हड्तालको हल्ला मात्र पुगेको थियो। तर, किन हडताल गर्ने भन्ने थाहा भएन। हामीलाई पढाउने सरहरू पनि राजनीतिमा जोडिएका रहेछन्। उनीहरूले हड्ताल गर्नुपर्छ भनेर उक्साए। हड्ताल गर्न लगाए। कति दिन गर्ने केही पनि थाहा थिएन।

२०३७ साल चैत १४ गते भएको हड्ताल नेपालकै इतिहासमा पहिलो हड्ताल हो। हड्ताल गर्ने भनेपछि विद्यालयको सबै कक्षाकोठा बन्द गर्नुपर्ने भयो। कक्षाबाट निस्कियौं। एकजना पियुष दाहाल भन्ने थिइन्। उनी लीलानाथ दाहालको कान्छी छोरी हुन्। लीलानाथ दाहाल ०१५ सालमा नेपाली कांग्रेसबाट चुनाव लडेको नेता हुन्। त्यतिबेला सूर्यबहादुर थापासँग उनले चुनाव लडेका थिए। पियुष भने कक्षा कोठाबाट निस्किनन्। उनी राजनीतिक परिवारकै भएका कारण हड्तालबारे बुझेकी थिइन् होला। त्यो हड्ताल कम्युनिस्टको नजिकको संगठन अखिलले गरेको हुनाले उनीहरू कांग्रेसको भएकाले समर्थन जनाउनु हुन्न भन्ने बुझेको भएर निस्किइनन् सायद। त्यसपछि तानेर नै बाहिर निकाल्यौं। मानेकी त थिइनन्। भोलिदेखि स्कुल बन्द भनेपछि घरतिर कुम्लो बोकेर हिँडियो। पछि थाहा भयो कि त्यो एकदिनको मात्र हड्ताल थियो। अनिश्चितकालीन होला भनेर हामीचाहिँ घर हिँड्यौं। १०–१५ दिनपछि स्कुल लाग्छ भन्ने जानकारी पाएर फर्कियौं।

त्यो पहिलो हड्तालले सामान्य राजनीतिक चेतना दियो। त्यो हड्ताल पञ्चायतविरुद्ध विद्यार्थी संगठनले गरेको थियो। त्यसपछि हाम्रो अलिअलि राजनीतिक चेतना शुरु भयो। एकजना हामीलाई पढाउने गोपालराज पहाडी भन्ने सर थिए। उनी कांग्रेस नेता थिए। हामी गोपाल पहाडी सरको घरभन्दा माथिल्लोपट्टिको घरमा बसेका थियौं। गोपाल सरले हामीलाई कहिलेकाहीं बेलुका बोलाउँथे। हामी जाँदा घिउमा मुछेको चिउरा चिनी हालेर खान दिन्थे। उनी माथि खाटमा बस्थे, हामीलाई तल राखेर बीपी कोइरालाका भाषण सुनाउँथे क्यासेट प्लेयरबाट। बीपीले जनमत संग्रह हुँदा ठाउँ–ठाउँमा गरेका भाषणहरू थिए ती। उनको उद्देश्य हामीलाई कांग्रेस बनाउने रहेछ। दिनदिनै बोलाउने चिउरा खान दिने त्यही भाषण सुनाउने गरेपछि विस्तारै त्यो व्यवहार मन परेन। त्यसपछि गएनौं। शायद हामी कांग्रेसतिर नलागेर अखिलतिर लाग्ने टर्निङ पोइन्ट नै त्यही थियो। शायद गोपाल सरले हामीलाई त्यसबेला राम्रोसँग सम्झाएको भए, त्यस्तो व्यवहार नगरेको भए कांग्रेस नै हुन पनि सक्थ्यौं। किनभने, हामीलाई त्यति जानकारी नै थिएन, राजनीतिबारे।

दिमागमा के प¥यो भने कांग्रेस भनेको ठालुहरूको पार्टी हो, यसमा लाग्नु हुँदैन। त्यसपछि अनेरास्ववियूतिर लागियो। हरि वैरागीहरू कम्युनिस्टतिर भएकाले उनीहरूकै प्रशिक्षणमा लागियो। त्यसपछि साइन्स पढाउने शिक्षक परशुराम मेघी गुरुङ थिए। उनले बेलुकीतिर अखिलतिर लाग्न सिकाउँथे। त्यो बेलाको सिकाइ भनेको नेपालको अवस्था यस्तो छ, सामन्तहरू छन्, शोषण छ। यो शोषणलाई फाल्नुपर्छ, हाम्रो व्यवस्था ल्याउनुपर्छ भन्ने खालको हुन्थ्यो। कलिलो दिमागमा यो कुरा छिट्टै घुस्यो। अर्का शिक्षक अम्बिका दाहाल भन्ने थिए। उनी कम्युनिस्ट विचारधाराकै थिए। उनीहरूले नै हामीलाई अलिअलि गरेर त्यतातिर मोडे। अर्काे एकजना भोजराज दाहाल भन्ने पनि थिए। धनकुटाबाट इन–सर्भिसमा बीएड पढ्नेहरू हामीलाई पढाउन आउँथे। उनीहरू कम्युनिस्ट धारकै थिए। त्यसरी हामी विस्तारै विस्तारै अखिलतिर लाग्यौ।

एसएलसी दिएपछि नतिजा आउन केही समय लाग्थ्यो। म गाउँ फर्केर त्यही निमावि स्कुलमा पढाउन थालें, स्वयंसेवकको रूपमा। त्यसक्रममा पार्टी संगठन पनि भयो। त्यतिबेला बोलिनन्द फागो सर पार्टीको सम्पर्कमा आइसकेका रहेछन्। हरि घिमिरे सर, डिल्ली घिमिरे पनि पार्टी कमिटीमा आबद्ध भइसके छन््। राम सुवेदी सर पनि तत्कालीन मालेको सम्पर्कमा आएछन्। यसरी साँझतिर हामीलाई बोलाएर अब मालेमा लाग्नुपर्छ भन्थे। शुरुमा युथ लिग, सक्रिय दलहरू हुन्थे। पार्टी सदस्य नभएसम्म सक्रिय दलमा आबद्ध गराइन्थ्यो। त्यसरी संगठित भइयो।

२०४० सालमा काठमाडौं पढ्न आएँ। महेन्द्ररत्न क्याम्पसमा भर्ना भएँ। त्यहाँ कुन–कुन जिल्लाबाट को–को पढ्न आए, त्यो जिल्लाको पार्टीले यहाँ खबर पठाउने रहेछ, यहाँको हेडक्वार्टरलाई। फलानो यहाँको जिल्ला पार्टीमा सम्पर्क भएको हो भनेर खबर पठाएपछि फेरि यहाँ त्यहीअनुसार जोडियो। महेन्द्ररत्न क्याम्पसमा आएपछि सक्रिय रूपमा लाग्यौं। युथ लिगमा बस्यौं। अनेरास्ववियूको बैठकमा राखियो। त्यो बेला दोलखाको छिरिङ ठिलेन शेर्पा थिए बैठक राख्ने। अहिले बितिसके।

२०४१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो। अलि खुल्ला गतिविधि गर्नुपर्ने सबै विद्यार्थीले भोट हाल्ने। आजकल पनि हुन्छ। त्यसभन्दा पहिला महेन्द्ररत्न क्याम्पसमा अखिल पाँचौ र छैटौं मिलेर चुनाव लडेका रहेछन्। अखिल छैटौं पनि बलियो संगठन नै थियो, जुन तत्कालीन मसाल निकट थियो। क्रमशः अखिल पाँचौं बलियो हुँदै गएको थियो र छैटौं कमजोर।

२०४१ सालको स्ववियू चुनावमा तत्कालीन माले निकट अखिल पाँचौंले एक्लै उम्मेदवारी दिने निर्णय गरियो। अन्य क्याम्पसमा पनि एक्लै उठ्ने निर्णय गरियो। निर्वाचन हुने भएपछि अब को उठ्ने भनेर छलफल हुँदा धेरैले मलाई सभापति उठ्नुपर्छ भने। म सानो सिकुटे थिएँ। भर्खर गाउँबाट आएको त्यति केही पनि थाहा थिएन। त्यतिबेला महेन्द्र क्याम्पसमा पढ्न आउने कस्ता थिए भने इन–सर्भिसमा पढ्न आउने विद्यार्थीहरू। गाउँका स्कुल पढाउने शिक्षकहरू यहाँ आईएड, बीएड पढ्न आउने। तालिम जस्तो। उनीहरू पाका थिए। उनीहरूले यो भर्खर गाउँबाट आएको छ, सानै पनि छ यहाँ ठूलाठूला विद्यार्थीहरू छन्, उमेर पनि भएका, त्यसैले उसलाई अहिले उपसभापतिमा उठाऊ भनेर मलाई उपसभापतिमा उठाए।

छिरिङ ठिलेन शेर्पा पहिला पनि सभापति थिए फेरि निरन्तर भए। उनी सभापति भए पनि केही समयपछि पढाइ सकेर क्याम्पस छोडेर गए। उपसभापति भए पनि मैले नै सभापतिको काम गरें। यसरी क्याम्पसमा पहिलोपटक निर्वाचित भएको ०४१ सालमा हो। त्यसपछि पार्टीसँगको सम्पर्क निरन्तर हुँदै गयो। बेलुका–बेलुका नेताहरूले प्रशिक्षण दिने गर्थे। त्यो बेला प्रदीप नेपाल (सञ्जय थापा), ईश्वर पोखरेल (कमरेड मिलन), माधवकुमार नेपाल (कमरेड रञ्जन), झलनाथ खनाल, मदन भण्डारी (पार्थ)हरू रहेछन् प्रशिक्षण दिने। कोड नाम लिएर उहाँहरू आउनु हुन्थ्यो। विद्यार्थी अगुवाहरूलाई राखेर दिनमा २–३ घण्टा प्रशिक्षण कक्षा हुन्थ्यो।

त्यही सिलसिलामा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन अगाडि बढ्दै थियो। महँगीलगायत अन्य विषयमा जुलुसहरू बढ्दै थिए। एकपटक पोल्यान्डबाट विषादी दूध नेपाल भित्रिएको छ भन्ने हल्ला चल्यो। सरकारले विषाक्त दूध खुवाएर मान्छे मा¥यो भन्ने हल्ला चलेपछि अनेरास्ववियूले त्यसविरुद्ध जुलुस निकाल्यो। विषाक्त दूध खुवाउन पाउँदैन फिर्ता गर भन्दै। त्यो जुलुसमा जाँदा म समातिएँ। काठमाडौंमा पहिलोपटक समातिएको त्यसैबेला हो। त्यतिबेला १८ वर्षको मात्र थिएँ। त्यसअघि बुवा–आमाले पनि एक थप्पड नहानेको मानिस समातिएको थिएँ। विद्यालयमा शिक्षकले अलिअलि मात्रै पिटेको थियो। पुलिसले सामातेर मार्छ कि पिट्छ भनेर तर्सिएँ। अनि हनुमानढोका लगेर थुनियो।

पहिलोपटक भाषण कलेजमा गरें। नयाँ आउने विद्यार्थीलाई स्ववियूले स्वागत कार्यक्रम गर्थे। नव आगन्तुकबाट पहिलो भाषण मैले गरे। पहिलोपटक माइक अगाडि बोल्दा एकदम गाह्रो भएको थियो। सिनियरहरूले राम्रो बोल्यो भनेपछि अलि हिम्मत आयो। त्यहाँ प्रगतिशील शिक्षक महेन्द्र पाण्डे, कलाधर पौडेलले पनि राम्रो कुरा गरे भनेर प्रोत्साहन गरे। त्यसपछि अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीमा बसें। काठमाडौं जिल्ला कमिटीमा बस्दा त्यो बेला रामेश्वर श्रेष्ठ काठमाडौं जिल्लाको अनेरास्ववियूको जिल्ला अध्यक्ष थिए। उनी महालक्ष्मी नगरपालिकाका पूर्वमेयर हुन्। पछि हालका स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. झलक गौतम अध्यक्ष हुँदा म सदस्य भएँ। कैलाश ढुंगेल अध्यक्ष हुँदा पनि म सदस्य थिएँ।

२०४४ सालतिर म वागमती क्षेत्रीय सदस्य भए, सचिव पनि भए। अध्यक्षमा गोकर्ण विष्ट थिए। ०४६ सालको भदौ–असोजतिर अनेरस्ववियुको केन्द्रीय सदस्य भएँ। ०४६ सालपछि अनेरास्ववियुको दशौं राष्ट्रिय सम्मेलन भयो, जसबाट म प्रचार विभागको प्रमुख भएँ। त्यसपछि पोखरामा अनेरास्ववियुको ११ औं राष्ट्रिय सम्मेलन भयो, त्यो सम्मेलनबाट सचिव भए। हेटौंडामा १२औं सम्मेलन भयो म महासचिव भएँ। रामनाथ ढकाल अध्यक्ष थिए। त्यो सम्मेलनपछि रामनाथ ढकाल चुनाव लड्न गए, ०५१ सालमा गुल्मीमा। चुनाव जितेर उनी सांसद भए र अनेरास्ववियूबाट बिदा भए। त्यसपछि म अखिलको अध्यक्ष भएँ। विराटनगरमा १३ औँ सम्मेलन भयो, त्यहाँबाट पनि म अध्यक्ष भएँ। पछि माले र एमाले विभाजन भयो। अनेरास्ववियू पनि विभाजन भयो। मालेतिरको पनि अध्यक्ष भएँ। पार्टी एकतापछि अखिलमा लागिनँ, पार्टीतिरै सक्रिय बनें।

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.