• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

नेपाल विवेकशीलको वैकल्पिक राजनीति


बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

विवेकशील नेपाली दललाई आस्था राख्‍ने व्यक्ति र त्यस दलका सदस्यहरू कता छन्? छोटकरीमा भन्‍नु पर्दा तितरबितर भएका छन्। तर, सानो नै भए पनि एउटा यस्तो समूह छ, जसले विवेकशीलको शुरुवाती मर्म बचाइराखेको छ- नेपाल विवेकशील पार्टी!

Advertisement

 

भूकम्पदेखि गत स्थानीय चुनावसम्मको यात्रा गरेर, जुट्ने र फुट्ने नेपाली राजनीतिको नियतिलाई झेल्दै यहाँसम्म आइपुग्दा चुनौतीहरू कम भएका छैनन् । तर, विवेकशील निखारिएको छ, परिपक्व भएको छ। विवेकशील यात्रुहरू अब अभियन्ता मात्र रहेनन्, राजनीतिज्ञ भए। पढेरभन्दा पनि परेर प्राप्त गरेको अन्तर्दृष्‍टिबाट इमान्दारिताको राजनीति गर्न सिके।

नेपाल विवेकशीलको इतिहास

विवेकशील अभियानलाई धेरैले अहिले पनि सकारात्मक रूपमा लिन्छन्। हाल बालेनको जित पनि विवेकशील अभियानको निरन्तरता हो भन्‍ने अधिकांशको बुझाइ छ। रवि लामिछानेले स्वर्गीय उज्वल थापालाई पार्टी दर्ता गर्दा सम्झेका हुन् र विवेकशीललाई वैकल्पिक राजनीतिको शुरुवातकर्ता मानेका छन्। ती विवेकशीलका अभियन्ताहरू कता छन् ? विवेकशील नेपाली दललाई आस्था राख्‍ने व्यक्तिहरू र त्यस दलका सदस्यहरू कता छन् ?

छोटकरीमा भन्‍नु पर्दा तितरबितर भएका छन्। कोही विवेकशील साझामा छन्, कोही बालेनको टिममा, कोही रवि लामिछानेको पार्टीमा, कोही तटस्थ। तर, सानो नै भए पनि एउटा यस्तो समूह छ, जसले विवेकशीलको शुरुवाती कालदेखिको मर्म बचाइराखेको छ – नेपाल विवेकशील पार्टी !

जब ०७४ सालमा पहिलोचोटी साझा पार्टी र विवेकशील नेपालीको एकीकरण भयो, विवेकशील भित्रका कतिपय साथीहरूको असहमति भए पनि एउटा उत्साह थियो। त्यो उत्साह र आशा १८ महिनाभित्र निराशामा बदलियो र विवेकशील नेपाली दल छुट्टियो। निर्वाचन आयोगले दल दर्ता गर्न नमाने पनि आफ्नै तरिकाले अघि बढियो। मिलन पाण्डे जनकपुरबाट अध्यक्ष भए। त्यसको ६ महिना नबित्दै उनी र अरू केही साथीहरू साझा सँग फेरि एकीकरण गर्नुपर्छ भन्‍नेतिर लागे। बाँकी साथीहरूको त्यही गल्ती दोहोर्‍याउनु र पहिले छुट्टिनुको कारणहरू नसुल्झाइकन फेरि मिल्नु ठीक होइन भन्‍ने विचार थियो।

लोकतन्त्रको सौन्दर्य नै आ-आफ्नो आस्थाअनुरूप अघि बढ्न पाउनु हो। मिलन पाण्डेजीको समूह फेरि विवेकशील साझा हुन पुग्यो, अर्को समूह नेपाल विवेकशील पार्टीको छाताभित्र एकीकृत भयो।

नेपाल विवेकशील पार्टीले कस्तो वैकल्पिक राजनीति गर्छ?

विवेकशीलको आधारभूत चरित्र भनेको ‘मुद्दामा आधारित तथा मूल्य-मान्यतामा आधारित’ राजनीति हो। कानून जतिसुकै राम्रो भए पनि के सही र के गलत भन्‍ने मार्गदर्शन गर्न मूल्य मान्यताले निर्धारण गर्छ। हाम्रो मौलिक एजेन्डा भनेको हरेक नागरिकलाई अवसरहरूमा समान पहुँच हुनु हो, जसले गर्दा हरेक नेपाली सम्मानपूर्वक बाँच्न सकून् र संसारमा जहाँ भए पनि सम्मानित भनेर चिनून्। विवेकशील संगठनले पार्टी, अभियान र आर्थिक तीनै पाटोलाई सम्बोधन गर्नेछ। यो भनेको पार्टीले सदस्यहरूलाई जागिर दिने होइन, जागिर दिन सक्ने कम्पनीहरू स्थापना हुन सक्ने वातावरण बनाउनेछ।

हाम्रो चलिआएको सोचाइ के छ भने सदस्य र कार्यकर्ताहरूले नै भोट हाल्ने हो। त्यो होइन। दल भनेको एउटा संस्था हो र जसरी हरेक संस्थामा पैसा दिएर वा स्वयंसेवक राखेर व्यवस्थापनको काम गरिन्छ, दलमा कार्यरतहरूलाई कार्यकर्ता भनिनु पर्ने हो। सदस्यले संगठन बनाउँछ, शुभचिन्तकले यसमा सहयोग गर्छ। तर, भोट हाल्ने भनेको नागरिकले हो। नेपाली नागरिकले राम्रो जो कोही उम्मेदवारलाई भोट हाल्ने मौलिक अधिकार छ। नेपाल विवेकशीलको राजनीतिले सदस्य वा कार्यकर्ता बन्‍नुअघि नागरिक बन्‍न प्रेरित गर्छ।

नेपाल विवेकशील पार्टीले नेपाललाई कसरी अघि बढाउँछ?

विवेकशीलले नेपाललाई दिशानिर्देश गर्ने भनेको लोकतन्त्रको पूर्ण अभ्यास गर्ने हो। लोकतन्त्रले नागरिकबाट धेरै माग गर्छ। हरेक नागरिकको अधिकार र दायित्व दुवै हुन्छ। हामी नेपाली आफ्नो अधिकारको धेरै ठाउँमा प्रयोग गर्दैनौं र कतिपय ठाउँमा दायित्व पनि वहन गर्दैनौं। विवेकशीलले पहिलादेखि नै उठाउँदै आएको मुद्दा उद्यमशील समाज हो। यसलाई परिष्‍कृत गर्दै आर्थिक पाटोमा ध्यान दिनेछौं। साथै, संविधानले नेपाली नागरिकलाई दिएको मौलिक हकहरू जस्तै शिक्षा (धारा ३१), स्वास्थ्य (धारा ३५) र सामाजिक सुरक्षा (धारा ४३) सम्बन्धी विषयहरूमा काम गर्नेछौं।

नेपाल विवेकशील पार्टीको समाज रूपान्तरण गर्ने एजेन्डा के हो?

कुनै पनि राजनीतिक दलको जन्म एउटा लक्ष्‍य लिएर भएको हुन्छ। नेपालको हाल मूलधारका राजनीतिक दलहरू राणा शासनको र राजतन्त्रको अन्त्यको लागि बनेका हुन्। देशमा लोकतन्त्र त आयो तर संस्थागत हुन सकेको छैन, आम नागरिकले अझै पनि तात्त्विक रूपमा सकारात्मक परिवर्तनको महशुस गर्न सकिरहेका छैनन्। विभिन्‍न कमी कमजोरीले गर्दा पुराना दलहरूले काम गर्न नसकेकोले विवेकशील नेपाली दलको जन्म भएको थियो र आज नेपाल विवेकशील पार्टीको रूपमा अघि बढ्दैछ। सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता विषयहरूलाई अहिंसाको बाटो रोजेर पूर्ण रूपमा संस्थागत गर्नु समाज रूपान्तरण गर्ने ठोस आधार हो। यसलाई नेपाली माटो सुहाउँदो र मौलिक रूपमा कार्यान्वयन गर्नु नेपाल विवेकशीलको एजेन्डाभित्र पर्छ।

सबै आफू इमान्दार छु भन्छन् तर पारदर्शी छैनन्, किन?

पारदर्शिता भनेको अर्थको कुरा मात्रै होइन। वाचा गरेका कुन कामहरू भए र कुन कामहरू भएनन्, त्यो देखाउन सक्नु पारदर्शिता हो। कामहरू भएनन् भने किन भएनन्, त्यो कारण खुलाउनु र आवश्यक परे नैतिकताको आधारमा राजीनामा दिनु जवाफदेहिता हो। गलत काम भए, आफ्नै मान्छेलाई पनि सजाय दिलाउनु वा जेल हाल्नु पारदर्शिता हो। यो सबै दल, संघ संस्थाहरू, सरकारभित्र, हामी सबैमा लागू हुनुपर्छ। यो हाम्रो संस्कार बन्‍नुपर्छ।

निःशुल्क शिक्षा र स्वास्थ्य बारे नेपाल विवेकशील पार्टीको के छ धारणा?

संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्नु हरेक सरकारको कर्तव्य हो। यद्यपि, अंग्रेजीमा एउटा भनाइ छ, , ‘नथिङ इज फर फ्री’। कुनै पनि कुरा निःशुल्क भन्‍ने हुँदैन किनकि कसै न कसैले मूल्य चुकाएको हुन्छ। राज्यले जे छ त्यो मात्र जनतालाई दिन सक्छ र ‘सरकार’ भनेको नै नागरिकले तिर्ने करको सदुपयोग गर्ने संस्था हो। त्यसैले नेपाल विवेकशीलले प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राख्छ। राज्यले अर्थ व्यवस्था गर्ने तीनवटा बाटो छन्- कर, अनुदान र ऋण।

तसर्थ, विवेकशीलले अर्थतन्त्र कसरी बलियो बनाउने, त्यसमा काम गर्छ। नागरिकलाई कसरी सीपमूलक बनाउने, त्यसमा काम गर्छ। उत्पादनलाई कसरी बजार व्यवस्थापन गर्ने, त्यसमा काम गर्छ। विदेशबाट आएको अनुदान कसरी पूर्वाधारमा लगानी गर्ने, त्यसमा काम गर्छ। साथै दीर्घकालीन रूपमा, विदेशी कम्पनीहरूले पनि नेपालमा सहज रूपमा लगानी गर्न सक्ने र बहुपक्षीय व्यापार सम्झौताको वातावरण बनाउनमा काम गर्छ, जसले गर्दा आयातभन्दा निर्यात बढाउने काम गर्नेछ। कुनै पनि राजनीतिक दल वा राज्यले जागिर दिने होइन, सित्तैमा यो त्यो दिने पनि होइन, काम गर्ने वातावरण बनाउने हो, व्यवस्थापन- विशेष गरी प्रशासनिक संयन्त्र चुस्त बनाउने हो र यसको लागि आवश्यक कानून, नीति नियम बनाउने हो।

खै त नेपाल विवेकशील पार्टी अघि बढ्न सकेको?

एउटा विषयमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्न त न्यूनतम पाँच वर्ष लाग्छ भने यदि कसैले आजको दिनमा म सरकारमा पुग्‍नेबित्तिकै सबै ठीक हुन्छ भन्छ भने त्यो सरासर झुट हो। लोकतन्त्रको पूर्ण अभ्यास भएका विकसित देशहरूमा साक्षरता लगभग शतप्रतिशत छ। नेपालको वयस्क साक्षरता ६७.९ प्रतिशत (२०१८) छ। भने पछि नेपालमा गर्नुपर्ने कामहरू धेरै छन्। अहिलेको संविधानलाई कार्यान्वयन गर्न, यानिकि कानूनहरू बनाउन ढंग मिलाएर काम गरे पनि अझै ५-७ वर्ष लाग्‍न सक्छ। यो कुरा हामीले नागरिकलाई बुझाउन सक्नुपर्छ। झुटो आश्‍वासन दिनु गलत हो। तर समृद्धि असम्भव होइन। पहिला ३० वर्ष लाग्‍ने कुरा विभिन्‍न प्रविधिले गर्दा अहिले १५ वर्षमा नै सम्भव छ। हामीले १० वर्षपछि प्रयोग गर्ने कतिपय कुरा अहिले आविष्‍कार नै भएका छैनन्। नेपालले सदुपयोग गर्ने भनेको नेपालको लगभग तीन करोड मानव संशाधन हो। सिपालु र दक्ष नेपालीहरू निर्माण गर्ने र उहाँहरूलाई नेपालमा नै बसेर काम गर्ने वातावरण बनाउनुपर्छ।

नेपाल विवेकशील पार्टी अरू दलभन्दा किन फरक?

हामी जातीय तथा कुनै पनि विभेदविरुद्ध बुलन्द आवाज उठाउँछौं। जातीय विभेदले गर्दा सयौं वर्षदेखि उत्पीडनमा परेका समुदाय र वर्गलाई राज्यले क्षमा मागेर र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ भन्‍ने हाम्रो एजेन्डा हो। हाल कायम रहेको सामन्ती कुलीनतन्त्र हट्नुपर्छ। विवेकशीलले समावेशीतालाई उच्च प्राथमिकतामा राखेको छ। योग्यतामा आँच नआओस् भन्‍ने हेतुले प्रशिक्षणमा ध्यान दिइनेछ। समाजको कमी कमजोरी विवेकशीलमा नहुने भन्‍ने होइन किनकि विवेकशील पनि यही समाजको प्रतिबिम्ब हो। त्यसैले विवेकशीलले सामाजिक रूपान्तरणसहितको राजनीतिक रूपान्तरण गर्नेछ। शताब्दियौंदेखि जकडिएका कतिपय सामाजिक विकृतिहरू नसुधारेसम्म हामीले खोजेजस्तो राजनीतिक परिवर्तन तत्काल आउने छैन। त्यसैगरी, केही राजनीतिक परिवर्तन नभएसम्म समाजमा सकारात्मक परिवर्तनहरू आउँदैनन्। यी दुवै दुई पाइलाजस्तै हुन् र सँगै लग्‍नु आवश्यक छ।

अन्त्यमा

लोकतन्त्रमा सरकार चलाउने भनेको राजनीतिक दलहरूले नै हो र दलहरू लोकतान्त्रिक नभएसम्म नागरिकले न लोकतन्त्रको अनुभूति गर्न पाउनेछन् न लोकतन्त्र संस्थागत हुनेछ। यसै क्रममा दलहरू जुट्ने र फुट्ने भइरहन्छ। अहिलेको स्वतन्त्रको लहर पनि यसैको एक पाटो हो। नेपाल विवेकशील पार्टीको अबको बाटो भनेको वैकल्पिक भन्‍ने होइन, विकल्प बन्‍ने हो।

(लेखक नेपाल विवेकशील पार्टीकी अध्यक्ष हुन्)

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.