• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

खोलाले बगाएर महिलाको मृत्यु

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

लागुऔषधसहित पाँच जना पक्राउ

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ७. दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

विश्‍व घटना : फ्रान्सका पूर्व राष्‍ट्रपति ५ वर्षलाई जेलमा


    Avatar photo
शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २५ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १५१३- प्रशान्त महासागर देख्‍ने पहिलो युरोपेली

५१३ वर्षअघि आजकै दिन एक स्पेनी खोजकर्ता पहिलोपटक प्रशान्त महासागर पुगेका थिए। भास्को नुनेज डे बाल्बोआ नामका उनी प्रशान्त महासागर देख्‍ने पहिलो युरोपेली बनेका थिए।

– सन् १९६२- पिपुल्स डेमोक्रेटिक रिपब्लिक अफ अल्जेरिया स्थापना

आजकै दिन पिपुल्स डेमोक्रेटिक रिपब्लिक अफ अल्जेरिया स्थापना भएको हो। अल्जेरियन नेसनल एसेम्ब्लीको पहिलो प्रमुख बनेका थिए, फर्हाट अब्बास। र, बेन बेल्लालाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएको थियो।

– सन् १९९२- नासाले पठायो मंगल ग्रहमा अब्जर्भर

नासाले आजकै दिन मंगल ग्रहमा रोबोटिक अब्जर्भर पठाएको थियो। मंगल ग्रहको अध्ययनका लागि उक्त मिसन पठाइएको थियो। वर्षदिनपछि उक्त यान सम्पर्कविहीन भएको थियो।

– सन् २००८- चीनले अन्तरिक्षमा पठायो खगोलशास्त्री

चीनले आजकै दिन अन्तरिक्षमा तीनजना खगोलशास्त्रीलाई पठाएको थियो। सेन्चोउ नामक अन्तरिक्ष यानमा उनीहरूलाई पठाइएको थियो। यो चीनको तेस्रो मानवयुक्त अन्तरिक्ष मिसन थियो।

– सन् २०२०- सिंगापुरमा अनुहारबाटै नागरिक पहिचान

सन् २०२० मा सिंगापुरले आजकै दिन अनुहारबाटै नागरिक चिन्‍न सकिने प्रणाली अपनाएको थियो। यस्तो प्रणाली अपनाउने सिंगापुर विश्‍वको पहिलो मुलुक हो। राष्‍ट्रीय परिचय पत्र कार्यक्रमअन्तर्गत सिंगापुरले उक्त अभ्यास सफलतापूर्वक लागू गरेको हो।

– सन् २०२०- प्रतिष्‍ठित पुरस्कार पाउने संसारकै पहिलो मुसा

सन् २०२० मा आजकै दिन कम्बोडियामा एक मुसालाई प्रतिष्‍ठित ‘पीडीएसए हिरो अवार्ड’ दिइएको हो। त्यति प्रतिष्‍ठित पुरस्कार पाउने उक्त मुसा संसारकै पहिलो हो। ‘मगावा’ नाम दिइएको अफ्रिकी विशालकाय थैलीदार उक्त मुसालाई बारुदी सुरुङ सुँघेर पत्ता लगाउने उत्कृष्‍ट कामका लागि सम्मानित गरिएको थियो।

– सन् २०२३- इन्धन डिपो विष्‍फोटमा मारिए ६८

सन् २०२३ मा आजकै दिन अजरबैजानमा भएको इन्धन डिपो विष्‍फोटमा ६८ जनाको ज्यान गएको थियो। उक्त समयमा नागोर्नो काराबाख क्षेत्रबाट भाग्‍ने प्रयास गरिरहेका आर्मेनियाली मुलमा मानिस सोही क्षेत्रमा एकत्रित भएका थिए।

– सन् २०२५- फ्रान्सका पूर्व राष्‍ट्रपति ५ वर्षलाई जेलमा

सन् २०२५ मा आजकै दिन फ्रान्सका पूर्व राष्‍ट्रपति निकोलस सार्कोजीलाई ५ वर्षको कारावास सजाय सुनाइएको थियो। सन् २००७ मा आफ्नो चुनावी अभियानका क्रममा लिबियाबाट प्राप्त रकम उपयोगको मामिलामा आपराधिक षडयन्त्र गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए। सोही वर्ष १० नोभेम्बरमा ३ साताको जेल बसाइपछि उनी रिहा भएका थिए।

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !
राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति
खोलाले बगाएर महिलाको मृत्यु
पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

  • ३.
    राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ४.
    खोलाले बगाएर महिलाको मृत्यु

  • ५.
    पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

  • ६.
    खोलाले बगाउँदा एक जनाको मृत्यु

  • ७.
    लागुऔषधसहित पाँच जना पक्राउ

  • ८.
    वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.