• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !


    Avatar photo
आइतबार, असोज ११, २०८३ मा प्रकाशित

काठमाडौं- आज २७ सेप्‍टेम्बर। विभिन्‍न विश्‍व घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८३३- भारतीय सुधारवादी राममोहन रायको निधन

सती प्रथाविरुद्ध पहिलोपटक विद्रोहको बिगुल फुकेका भारतका सुधारवादी नेता राममोहन रायको आजकै दिन निधन भएको थियो। २२ मे १७७२ मा जन्मेका उनलाई बीबीसी मत सर्वेक्षणका आधारमा सन् २००४ मा ‘ग्रेटेस्ट बंगाली अफ अल टाइम’ घोषित गरिएको थियो। सती प्रथाविरुद्ध विद्रोहका लागि उनले ‘ब्राह्मो सभा’ गठन गरेका थिए। सोहीमार्फत भारतीय उपमहाद्विपमा उनले सामाजिक-सांस्कृतिक सुधार अगाडि बढाएका थिए। मुगल बादशाह अकबर द्वितीयले उनलाई राजाको उपाधि प्रदान गरेका थिए। उनी नै बालविवाह विरोधी पहिलो अभियन्ता पनि हुन्। उनलाई इतिहासकारहरूले ‘भारतीय पुनर्जागरणका जनक’को संज्ञा पनि दिएका छन्। उनी हालको पश्‍चिम बंगालको हुग्ली जिल्लामा कुलीन ब्राह्मण परिवारमा जन्मेका थिए।

– सन् १९३७- बाली टाइगर लोप

इन्डोनेसियाको बाली द्विपको रैथाने बाघ ‘द बाली टाइगर’ आजकै दिन धर्तिबाट लोप भएको आधिकारिक घोषणा गरिएको थियो। ठूलो मात्रामा मानिसले गरेको शिकारका कारण उक्त बाघ लोप भएको थियो। आजकै दिन उक्त प्रजातिको अन्तिम सदस्यलाई तस्करहरूले गोली हानी मारेका थिए।

– सन् १९६२- यमन अरबिक रिपब्लिक स्थापना

सन् १९६२ मा आजकै दिन पश्‍चिम एसियाली मुलुक यमनलाई अरबिक रिपब्लिक घोषणा गरिएको थियो। राजा मुहम्मद अल-बदरलाई गद्दीच्युत गर्दै गमाल अब्देल नासेरले गणतन्त्र घोषणा गरेका थिए।

– सन् १९९६- काबुलमाथि तालिबानको पहिलो कब्जा

सन् १९९६ मा आजकै दिन तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएको थियो। राजधानी काबुलमाथि नियन्त्रण जमाएलगत्तै मुस्लिम अतिवादी संगठन तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गरेको थियो।

– सन् २०१२- मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

अमेरिकी अन्तरिक्ष अभियान नासाले पठाएको क्युरियोसिटी रोभरले मंगल ग्रहमा कुनै समयमा तीव्र गतिमा बग्‍ने नदी रहेको तथ्य फेला पारेको थियो। मंगल ग्रहमा जीवनको विगत र भविष्‍यबारे खोजीमा जुटेका वैज्ञानिकहरूका लागि यो निकै ठूलो उपलब्धिको विषय थियो।

– सन् २०१८- चीनमा ‘मी-टु’को पहिलो मुद्दा

सन् २०१८मा आजकै दिन चीनमा पनि महिला हिंसाविरुद्धको ‘मी-टु’ अभियानमा पहिलो मुद्दा दायर भएको थियो। टेलिभिजन प्रस्तोता चुन जुनमाथि महिलामाथि हिंसा गरेको मुद्दा चलाइएको थियो।

– सन् २०२४- मारिए हेज्बोल्लाह नेता

सन् २०२४ मा आजकै दिन इजरायली हवाई आक्रमणमा आतंककारी संगठन हेज्बोल्लाहका नेता हसन नसरल्लाह मारिएका थिए। उनी ३० वर्षभन्दा बढी समयदेखि हेज्बोल्लाहका प्रमुख नेता थिए। बेरुतस्थित हेज्बोल्लाहको मुख्यालयमा इजरायली हवाई आक्रमणमा उनी मारिएका थिए।

– सन् २०२५- अमेरिकामा रक गायकको अग्लो प्रतिमा

सन् २०२५ मा आजकै दिन अमेरिकाको टेनेसीको ब्रोन्सभिल्लेमा रक गायक टिना टर्नरको अग्लो प्रतिमा स्थापित गरिएको थियो। स्थानीय समुदायले उनको १० फिटको प्रतिमा निर्माण गराएको थियो।

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल
राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ
नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

  • ३.
    राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ४.
    नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ५.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • ६.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ७.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ८.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.