• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

सुनचाँदीको मूल्य घट्यो

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

मनाङ पुगेका पर्यटक फर्किन थाले

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

काठमाडौं- आज २८ सेप्‍टेम्बर। विश्‍व इतिहासका धेरै घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९२४- संसारभर पहिलो उडान

६ अप्रिल १९२४ मा अमेरिकी सेनाको एयर सर्भिसका पाइलटहरूको चारवटा टिम संसारको फेरो मार्न सियाटल र वासिङ्टनबाट निस्किएका थिए। चारवटा डगलस वर्ल्ड क्रुजर जहाजहरूको नाम सियाटल, सिकागो, बोस्टन र न्यू ओर्लिन्स राखिएको थियो। १७५ दिनपछि सिकागो र न्यू ओर्लिन्स सियाटल फर्किए। बोस्टन र सियाटलले संसारभर २७ हजार ५०० माइलको यात्रा पूरा गर्न सकेनन्।

– सन् १९६१- युनाइटेड अरब रिपब्लिकको विघटन

हालको सिरियाको राजधानी दमास्कसमा भएको सैन्य ‘कु’का कारण संयुक्त अरब रिपब्लिकको विघटन भएको थियो। यो सिरिया र इजिप्‍टबीचको एक अल्पकालिक संघ थियो।

– सन् १९८०- कार्ल सेगनको कसमस

खगोलशास्त्री कार्ल सेगनको विख्यात टेलिभिजन शृंखला ‘कसमसः अ पर्सनल भोएज’ आजकै दिनदेखि प्रसारण आरम्भ भएको थियो। यो शृंखला १३ एपिसोडको थियो। यो शृंखलाको प्रस्तोता सेगन आफैं थिए भने लेखकहरू सेगन, एन ड्रुयन र स्टेभन सोटर थिए। यो संसारभर सबैभन्दा बढी हेरिएको साइन्स-बेस्ड टीभी वृत्तचित्रमध्ये एक हो।

– सन् १९९५- इजरायल र पीएलओबीच ओस्लो-२ सम्झौता

वेस्ट बैंक र गाजापट्टीसम्बन्धी दोस्रो ओस्लो सम्झौतामा आजकै दिन हस्ताक्षर भएको थियो। यस सम्झौतामार्फत गाजा र वेस्ट बैंकलाई तीन क्षेत्रमा विभाजित गरिएको थियो। तीमध्ये केही क्षेत्रमाथि प्यालेस्टिनीहरूलाई सीमित नियन्त्रण दिइएको थियो। उक्त सम्झौतामा इजरायली प्रधानमन्त्री यिज्याक रविन र प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)का अध्यक्ष यासेर अराफातले हस्ताक्षर गरेका थिए। त्यससँगै प्यालेस्टिनमा निर्वाचनका लागि आह्वान गरिएको थियो।

– सन् २००८- फाल्कन-१ प्रक्षेपण

अमेरिकी अन्तरिक्ष यान निर्माता स्पेस-एक्सले निर्माण गरेको फाल्कन-१ आजकै दिन प्रक्षेपण गरिएको थियो। एलन मस्कको यो कम्पनीले अन्तरिक्ष यान निर्माणमा आफूलाई अग्रणी रूपमा स्थापित गरेको छ। चौथो प्रयासमा उक्त अन्तरिक्ष यान प्रक्षेपणमा सफलता मिलेको थियो।

– सन् २०१८- इन्डोनेसिया भूकम्पमा १६४९ मारिए

सन् २०१८ मा आजकै दिन इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पमा परी १ हजार ६४९ जनाको ज्यान गएको थियो। ७.५ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु सुलावेसी टापु थियो। भूकम्पपछि डोंगाला र पालु क्षेत्रमा सुनामी पनि आएको थियो।

– सन् २०२२- चक्रवातले अमेरिकामा लियो डेढ सयको ज्यान

अमेरिकाको फ्लोरिडा राज्यमा आएको शक्तिशाली समुद्री चक्रवातका कारण १४८ जनाको ज्यान गएको थियो। ‘आयन’ नाम दिइएको चक्रवात १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो। त्यसबाट भारी वर्षा र पहिरो गएको थियो।

– सन् २०२३- बंगलादेशमा डेंगुले लियो १ हजारको ज्यान

सन् २०२३ मा बंगलादेशमा डेंगु संक्रमणमा परी १ हजारजनाको ज्यान गएको थियो। केही दिनभित्रै भएको उक्त मानवीय क्षतिलाई सरकारले गम्भीर संकट बताएको थियो।

– सन् २०२५- चीनमा संसारकै अग्लो पुल

सन् २०२५ मा चीनको गुइचोऊमा संसारकै अग्लो पुल सर्वसाधारणका लागि खुला गरिएको थियो। बेइपान नदीमाथि निर्माण गरिएको ‘हुआजियाङ क्यान्योन पुल’ ६२५ मिटर अग्लो छ। यसअघि चीनकै गुइचोऊ र युनान प्रान्तलाई जोड्ने २६९ मिटर अग्लो डुगे पुल संसारकै अग्लो मानिन्थ्यो।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना
सुनचाँदीको मूल्य घट्यो
यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति
भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

भर्खरै

  • १.
    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

  • २.
    चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

  • ३.
    सुनचाँदीको मूल्य घट्यो

  • ४.
    यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

  • ५.
    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

  • ६.
    भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

  • ७.
    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

  • ८.
    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.