• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु

वर्षा रोकिएसंगै बेनी–दरवाङ सडक मर्मत थालियो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

वर्षा रोकिएसंगै बेनी–दरवाङ सडक मर्मत थालियो


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

म्याग्दी- पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो ।

“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,” उहाँले भन्नुभयो, “बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ ।”

सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्ड÷खण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरु परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताउनुभयो ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ ।

कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्र श्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीहरुले पितृ तर्पण दिने गर्छन् । शरद्याम पर्यटकको याम पनि हो ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल
राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ
नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

भर्खरै

  • १.
    दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु

  • २.
    वर्षा रोकिएसंगै बेनी–दरवाङ सडक मर्मत थालियो

  • ३.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

  • ५.
    राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६.
    नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ७.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • ८.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.