काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि भारतले १० टन राहत सामग्री पठाएको छ।
Advertisement
भारतका विदेश मन्त्री एस. जयशंकरले त्यसबारे जानकारी दिएका हुन्।
“विनाशकारी बाढीको सामना गर्न नेपालको प्रतिक्रियालाई सहयोग गर्न १० टन मानवीय सहाषता तथा विपद राहतअन्तरणगत सहायता र आवश्यक औषधि पठाइयो,” उनले भनेका छन्, “हामी शोकसन्तप्त परिवार र प्रभावितहरूका साथमा छौं। यस चुनौतीको सामना गर्दै, भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ।”