• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

भारतले पठायो १० टन राहत सामग्री

भोटेकोशी बाढीबाट भएको क्षतिव्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा शोक व्यक्त

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मंगलमा गुञ्‍जियो पहिलो मानव स्वर !

राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ४. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ७. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ८. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

विश्‍व घटना : मंगलमा गुञ्‍जियो पहिलो मानव स्वर !

    Avatar photo
बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

काठमाडौं- आज २७ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६२- नासाको ‘मरिनर २’ प्रक्षेपण

सन् १९६२ मा आजकै दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘मरिनर २’ नामक यान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान अन्य ग्रह नजिकबाट गुज्रिएको पहिलो मानव निर्मित वस्तु थियो। यो १४ डिसेम्बर १९६२ मा शुक्र ग्रह नजिक पुगेको थियो। उक्त अन्तरिक्ष यान पृथ्वीमा वैज्ञानिकहरूसँग ३ जनवरी १९६३ सम्म मात्र सम्पर्कमा रह्यो।

– सन् २००३- मंगल ग्रह पृथ्वीको सर्वाधिक निकट

सन् २००३ मा आजकै दिन मंगल ग्रह पृथ्वीको सर्वाधिक निकट आएको थियो। उक्त घटना ५७ हजार ६१७ ईसापूर्वपछि पहिलोपटक भएको हो। र, २६३ वर्षपछि सन् २२८७ मा मात्र दुवै ग्रह एकअर्काका नजिक हुने छन्।

– सन् २००३- पृथ्वीकै ठूलो ब्याट्री

सन् २००३ मा आजकै दिन पृथ्वीकै ठूलो ब्याट्री सञ्‍चालनमा आएको थियो। उक्त ब्याट्रीले २ हजार वर्गमिटर ओगटेको छ। र, त्यसको तौल १ हजार ३०० टन छ। अमेरिकाको अलास्कास्थित फेयरब्यांक्समा जडित उक्त ब्याट्रीले त्यस क्षेत्रका बासिन्दाका लागि ७ मिनट आपतकालीन बिजुली उपलब्ध गराउँछ।

– सन् २००६- केन्टकी जहाज दुर्घटनामा ४९ मारिए

सन् २००६ मा आजकै दिन अमेरिकाको केन्टकीमा भएको जहाज दुर्घटनामा ४९ जना मारिएका थिए। जहाजमा सवार एकजनाको भने ज्यान जोगिएको थियो। कमएयरको बम्बार्डियर सीआरजे-१००ईआर जहाज कन्टकीको लक्सिङ्टनबाट जर्जियाको एटलान्टातर्फ उड्ने क्रममा दुर्घटनामा परेको थियो।

– सन् २००८- बाराक ओबामा राष्‍ट्रपति उम्मेदवार

सन् २००८ मा आजकै दिन बाराक ओबामालाई डेमोक्र्याट पार्टीले राष्‍ट्रपति उम्मेदवार चयन गरेको थियो। उनी त्यसरी मनोनित हुने पहिलो अफ्रिकी-अमेरिकी नागरिक थिए। अमेरिकाको ४४औं राष्‍ट्रपति ओबामा २० जनवरी २००९ देखि २०१७ सम्म दुई कार्यकाल पदमा रहे।

– सन् २०१२- मंगलमा पहिलो मानव स्वर

सन् २०१२ मा आजकै दिन मंगल ग्रहमा पहिलो मानव स्वर प्रसारण गरिएको थियो। क्युरियोसिटी रोभरमा पठाइएको मानव स्वर आजकै दिन मंगल ग्रहको सतहमा प्रसारण गरिएको थियो।

– सन् २०२०- तुफान लौराले लियो १६ को ज्यान

सन् २०२० मा आजकै दिन अमेरिकाको लुजियानामा समुद्री तुफान लौराले १६ जनाको ज्यान लिएको थियो। १५० माइल प्रतिघण्टा गतिको उक्त तुफानलाई श्रेणी-४ को तुफानमा वर्गीकरण गरिएको थियो।

– सन् २०२४- पडकास्टका लागि १० करोड डलरको डिल

जेसन केल्सी र उनका भाइ ट्राभिसले आजकै दिन अमेजनको वन्डरीका साथ आफ्नो पडकास्ट ‘न्यु हाइट्स’का लागि २० करोड अमेरिकी डलरको डिल गरेका थिए।

– सन् २०२५- टोकियोमा लगातार १० दिन ३५ डिग्री

सन् २०२५ मा जापानको राजधानी टोकियोमा लगातार १० दिनसम्म ३५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। सन् १८७५ यता प्रचण्ड गर्मीको यो श्रृंखला पहिलोपटक रेकर्ड भएको थियो।

बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो
भारतले पठायो १० टन राहत सामग्री
भोटेकोशी बाढीबाट भएको क्षतिव्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा शोक व्यक्त
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

भर्खरै

  • १.
    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

  • २.
    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

  • ३.
    आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

  • ४.
    भारतले पठायो १० टन राहत सामग्री

  • ५.
    भोटेकोशी बाढीबाट भएको क्षतिव्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा शोक व्यक्त

  • ६.
    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : मंगलमा गुञ्‍जियो पहिलो मानव स्वर !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.