काठमाडौं- भोटेकोशी बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शोक व्यक्त गरेका छन्।
Advertisement
“नेपालको रसुवा जिल्ला र अन्य प्रभावित क्षेत्रहरूमा बाढी र पहिरोबाट भएको बहुमूल्य जीवनको क्षति र व्यापक विनाशबाट गहिरो दुःख लागेको छ,” उनले भनेका छन्, “यस विपत्तिबाट प्रभावित सबै शोकसन्तप्त परिवार र सबैप्रति मेरो हार्दिक सहानुभूति छ। यस कठिन समयमा पाकिस्तान नेपाल सरकार र जनतासँग ऐक्यबद्धतामा उभिएको छ। हामी प्रभावित क्षेत्रका सबैको सुरक्षा र कल्याणको लागि प्रार्थना गर्दछौं।”