• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

भारतले पठायो १० टन राहत सामग्री

भोटेकोशी बाढीबाट भएको क्षतिव्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा शोक व्यक्त

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ४. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ७. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ८. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय

    Avatar photo
मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

दमास्कस- सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो ।

Advertisement

दमास्कसको चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल–आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग र व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताउनुभयो । अदालतले यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको ठहर गरेको छ ।

सन् २००५ देखि २०२१ सम्म ग्रान्ड मुफ्ती रहनुभएका हसन असदका निकट समर्थक हुनुहुन्थ्यो । उहाँले सरकारका नीतिको सार्वजनिक रूपमा समर्थन गर्दै आउनुभएको थियो । फैसला सुनाउँदा उहाँ हिरासतमा रहनुभएको र अदालतमा उपस्थित हुनुभएको थियो ।

असद र उहाँका भाइ माहेर असदसहित शासनकालका अन्य वरिष्ठ अधिकारीलाई पनि पछिल्ला सातामा कडा सजाय सुनाइएको छ । तीमध्ये धेरैलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला गरिएको छ ।

हसनविरुद्धको मुद्दा हतारमा अघि बढाइएको र निष्पक्ष सुनुवाइको पर्याप्त सुनिश्चितता नभएको भन्दै केही मानव अधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन् । तर असद शासनको दमनबाट पीडित धेरै सिरियालीले फैसलाको स्वागत गरेका छन् ।

सन् २०११ मा सुरु भएको सरकारविरोधी प्रदर्शनमाथि भएको कठोर दमन गृहयुद्धमा परिणत हुँदा करिब १४ वर्षमा पाँच लाख मानिसको मृत्यु भएको अनुमान छ । युद्धका कारण युद्धपूर्व करिब दुई करोड ३० लाख जनसङ्ख्याको आधाभन्दा बढी विस्थापित भएका थिए ।

डिसेम्बर २०२४ मा इस्लामवादी नेतृत्वको विद्रोही समूहको आक्रमणपछि असद सत्ताच्युत हुनुभएको थियो । त्यसयता नयाँ सरकारले असद शासनसँग सम्बन्धित अधिकारीविरुद्ध कानूनी कारबाही अघि बढाउँदै आएको छ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो
मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै
आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

भर्खरै

  • १.
    अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन

  • २.
    भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

  • ३.
    मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै

  • ४.
    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

  • ५.
    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

  • ६.
    आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

  • ७.
    भारतले पठायो १० टन राहत सामग्री

  • ८.
    भोटेकोशी बाढीबाट भएको क्षतिव्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा शोक व्यक्त

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.