• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान


मङ्गलबार, असार २६, २०८० मा प्रकाशित

काठमाडौं- क्यान्सर भन्‍नेबित्तिकै हाम्रो मानसपटलमा रगत, फोक्सो, पाठेघरलगायत अंगमा हुने क्यान्सर भन्‍ने आउँछ। तर, आँखामा पनि क्यान्सर हुन्छ भन्‍नेमा अझै धेरै अनभिज्ञ छन्।

Advertisement

नेपालको परिप्रेक्षमा आँखा क्यान्सरबारे त्यति प्रचार-प्रसार भएको पाइँदैन। त्यसकारण अझै पनि नेपालको दूरदराजमा बस्‍ने मानिसहरू आँखा क्यान्सरबारे बेखबर हुँदा उपचारको दायरामा धेरै कम आउने गरेको विशेषज्ञहरू बताउँछन्। के हो आँखा क्यान्सर? किन हुन्छ? आँखा क्यान्सर हुँदा कस्ता लक्षणहरू देखापर्छन् र आँखा क्यान्सरबाट बच्न के गर्ने भनेर तिलगंगा आँखा अस्पतालकी विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितसँग गरिएको कुराकानीमा आधारित अंश।

के हो आँखा क्यान्सर?

आँखामा हुने क्यान्सरलाई आँखा क्यान्सर भनिन्छ। आँखा क्यान्सर भन्‍नेबित्तिकै सबै व्यक्तिमा एकै किसिमको हुन्छ भनेर भ्रममा भने पर्नु हुँदैन। यो भर्खरै जम्मेको शिशुमा पनि हुन सक्छ, बयस्क र वृद्धवृद्धा सबै किसिमको उमेर समूहका व्यक्तिहरूमा देखापर्न सक्छ।

आँखाको क्यान्सर आँखाको डिलमा, आँखाको नानीमा, आँखाको डल्लोमा हुन्छ। आँखा हाम्रो शरीरको निकै संवेदनशील अंग भएकाले हामीले यसको निकै हेरचाह र पटक-पटक जाँच गराउनु आवश्यक छ।

नेपालमा आँखा क्यान्सरको अवस्था कस्तो छ?

अहिले नेपालमा आँखा क्यान्सरको अवस्था जटिल नै छ। नेपालमा कति मानिस आँखा क्यान्सरबाट पीडित छन् भनिहाल्ने अवस्था छैन। किनभने, योसम्बन्धी अनुसन्धान नै भएको छैन र त्यसो गर्न हाम्रो स्रोत साधनले पनि भ्याउँदैन।

सन् २००४ देखि तिलगंगा आँखा अस्पतालमा आँखा क्यान्सरको उपचार हुन थालेको हो। सन् २०१७ देखि आँखाको क्यान्सर विभाग शुरू गरेका थियौं। शुरुवाती चरणमा सानो परिमाणमा मात्र आँखाको क्यान्सरको उपचार हुन थालेको थियो। अहिले वार्षिक तिलगंगा आँखा अस्पतालमा मात्रै २ देखि ३ जनासम्म आँखा क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।

अहिले नेपालमै आँखामा हुने सबै किसिमका क्यान्सरको उपचार सम्भव हुन थालेको छ, उपचारका लागि विदेश गइरहनु पर्दैन। आँखा क्यान्सर रोग विभाग भनेर तिलगंगा आँखा अस्पतालले शुरु गरेपछि यसका बिरामी बढ्न थालेका छन्। अहिले तिलगंगा मात्र नभई देशका अन्य आँखा अस्पतालहरूमा पनि यसको उपचार हुन थालेको  छ। आँखाको डिलको क्यान्सर भयो र त्यो ट्युमर निकाल्नुपर्‍यो भने अन्य आँखा अस्पतालहरूले पनि उपचार गर्छन्।

तर, आँखामा जटिलता छ र आवश्यक परामर्शको खाँचो परे अन्य आँखा अस्पतालले बिरामीलाई तिलगंगामै पठाउने गरेका छन्। नेपालमा आँखा क्यान्सर कुन उमेर समूहको मानिसलाई  बढी छ भनेर पनि भन्‍न सकिँदैन। रेटियो ब्यास्टोमा क्यान्सरमा बालबालिका बढी आउँछन् भने अन्य क्यान्सर सबै उमेर समूहका मानिसमा हुन सक्ने भएकाले यकिन तथ्यांक उपलब्ध छैन।

के-के हुन् आँखाको क्यान्सरका किसिम?

(१) आँखाको डिलको क्यान्सर- त्यसमध्ये एउटा किसिम हो आँखाको डिलको क्यान्सर। यसमा आँखाको डिलमा कोठी आउने वा पुरानो कोठी पलाउने हुन्छ।

(२) आँखाको नानीको  क्यान्सर- अर्को किसिममा आँखाको नानीको क्यान्सर हो। आँखाभित्रको नानीको सेतो र कालो भागमा देखिन्छ यो, जसलाई एसएसएन भनिन्छ।

(३) आँखाको पर्दाको क्यान्सर (रेटिनो ब्यास्टोमा)- आँखामा हुने क्यान्सरको तेस्रो प्रकार हो आँखाको पर्दाको क्यान्सर। यसलाई रेटिनो ब्यास्टोमा भनिन्छ। यो पाँच वर्षमुनिका बालबालिकामा हुन्छ। यो क्यान्सर भएको बालबालिकाको आँखा लामो समयसम्म रातो भइरहने या आँखाको नानी कालो हुनुको साटो सेतो  हुने गर्छ। नेपालमा वार्षिक ४०-५० जना बालबालिकामा रेटिना ब्यास्टोमा क्यान्सर मात्र देखिने अनुमान लगाउन सकिन्छ।

(४) आँखाको गेडीको पछाडि हुने क्यान्सर- यसलाई ‘मेलानोमा’ भनिन्छ।  यो क्यान्सर घाममा धेरै काम गर्ने वा बस्‍ने, आँखा सुक्खा हुनाले, चुरोट सेवन गर्नाले हुन सक्छ।

त्यसकारण आँखा क्यान्सर भन्‍नेबित्तिकै सबैलाई एकै किसिमको क्यान्सर हुदैन। यीमध्ये संसारभर धेरै देखिने आँखाको नानी र नानीको छेउमा हुने एसएसएन क्यान्सर हो।  त्यसपछि ५ वर्षमूनिका बालबालिकामा देखिने रेटिनो ब्यास्टोमा क्यान्सर हो। तिलगंगा अस्पतालमा आँखाको समस्या लिएर आउनेमध्ये तेस्रो नम्बरमा आँखाको डिलमा हुने क्यान्सरका बिरामी छन्।

आँखाको क्यान्सरका कारण के हुन्?

आँखाको क्यान्सरका प्रकारहरू फरक भएजस्तै यसको कारण पनि फरक हुन्छ।  तर, आँखाबाहेकका फोक्सोको क्यान्सर बढी चुरोट पिउँदा हुन्छ भनेझैं आँखा क्यान्सरमा यही कारणले नै भएको हो भनेर भन्‍न सकिने अवस्था छैन।

आँखाको डिल (बाहिरी) भागमा र आँखाको नानीमा हुने क्यान्सरको कारणमा भने केही मात्रामा समानता छ। आँखाको डिल र आँखाको नानीमा हुने क्यान्सरमा प्रमुख कारण घाममा धेरै बसेर हो भन्‍ने छ। यसको मतलव घाममा बस्‍नु नै हुँदैन भन्‍ने होइन। तर, जो व्यक्ति घाममा धेरै बस्छ, उसमा आँखाको डिल र आँखाको नानीको क्यान्सर देखापर्ने गरेको छ।

यस्तै, बच्चाहरूमा हुने आँखाको पर्दा (रेटिनो ब्यास्टोमा) क्यान्सरको बाहिरी कुनै तत्त्वले असर गर्दैन। यो भित्रबाट पलाउने गर्छ, जसको कारण वंशाणुगत हुन्छ।

आँखा क्यान्सरका लक्षणहरू के-कस्ता हुन्छन्?

क्यान्सरका प्रकारअनुसार लक्षणहरू पनि फरक हुन्छन्। आँखाको डिलमा हुने क्यान्सरमा नयाँ कोठी पलाउने वा पुरानो भएको कोठी छिटोछिटो बढ्नेजस्ता लक्षण देखापर्छन्। यस्तै, आँखाको नानीमा क्यान्सर भयो भने आँखाको कालो भाग कालो नभएर वा सेतो  भाग सेतो नभएर दुवै भागमा मासु बढेकोजस्तो रातो देखिन्छ।

रेटिनो ब्यास्टोमा क्यान्सर पाँच वर्षमुनिका बालबालिकालाई हुने क्यान्सर हो। यो बच्चा जन्मदा नै शुरु भइसकेको हुन्छ। सामान्यतया सबैको आँखाको नानी कालो हुन्छ। तर, रेटिनो ब्यास्टोमा भएको बालबालिकाको आँखाको नानी कालो हुनुको साटो सेतो टीकाजस्तो देखिन्छ।

अर्को लक्षण रेटिना ब्यास्टोमा भएका बालबालिकाको आँखा लामो समयसम्म रातो हुनु, आँखाको दृष्‍टि कम हुनु या बांगो हेर्नु, रेटिनो ब्यास्टोमा क्यान्सरका केही लक्षण हुन्। कालो नानीको सट्टा सेतो टीकाजस्तो देख्‍नेबित्तिकै उपचार शुरु गर्न सके निको पार्न सकिन्छ। तर, त्यो अवस्थामा पनि अभिभावकले बच्चालाई अस्पताल ल्याएन भने क्यान्सर बढ्दै गई आँखामा मासु पलाएर बस्छ र  जटिल अवस्था सिर्जना गर्छ।

अन्य क्यान्सरभन्दा आँखाको क्यान्सर कत्तिको जोखिमपूर्ण छ?

क्यान्सर सबैभन्दा खतरनाक रोग हो। हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंग आँखामै क्यान्सर हुनु झनै जोखिमपूर्ण मानिन्छ। आँखा क्यान्सरको पहिचान र उपचार पद्धति समयमै चलाउन सके यो अन्य क्यान्सरभन्दा चाँडो निको हुन्छ। तर, समयमै स्वास्थ्य संस्था  पुर्‍याइएन र उपचार पद्धति पनि ठीक समयमा चलाइएन भने क्यान्सर आँखाबाट बाहिर फैलिँदै अनुहार तथा ब्रेनसम्म पुग्छ र बिरामीको ज्यानै जान्छ।

क्यान्सरको उपचार पद्धति नै शल्यक्रिया गरी क्यान्सर भएको भाग निकालेर फाल्ने र औषधि चलाउने हो। यदि आँखाको नानी या भित्री भागमा क्यान्सर छ र जटिल अवस्थामा पुगिसक्यो भने त्यस्तो अवस्थामा आँखा नै निकालेर फाल्नुपर्ने हुन्छ। तर, सममै डायग्‍नोसिस गर्न सके आँखा क्यान्सरलाई शतप्रतिशत निको पार्न सकिन्छ।

आँखा क्यान्सरको आफूलाई शंका लागेमा नजिकैको आँखा अस्पतालमा गई आँखा जचाउनुपर्छ। र, उपचार शुरु गर्नुपर्छ। तत्कालै उपचार गर्न आएमा निको हुन्छ। र, आँखा र ज्यान दुवै जोगाउन सकिन्छ।

कुन अवस्थामा उपचार सम्भव हुन्छ?

पहिलो स्टेजमै आँखाको क्यान्सर भएको छ भने त्यस्तो अवस्थामा अप्रेसन गरेर निकालेर फालिन्छ। कुनै क्यान्सरमा आँखा नै निकालेर फाल्नुपर्ने पनि हुन्छ। आँखा नै निकालेर फाल्दा शरीरको अन्य भागमा फैलिन पाउँदैन।

माथि नै भनियो आँखा क्यान्सर हुन नदिन हाम्रो हातमा छैन। तर, भइसकेपछि समयमै उपचार थाल्ने र चिकित्सकले भनेअनुसार गर्न सके आँखा क्यान्सरलाई जित्‍न सकिन्छ।

यसको उपचार पद्धति कुन ठाउँको क्यान्सर हो, त्यहीअनुसार हुन्छ। कुनैको अप्रेसन, कुनैको केमोथेरापी चलाउनुपर्छ। बिरामी कुन अवस्थामा उपचारका लागि आएको छ, त्यसको अवस्था हेरी उपचार पद्धति पनि लम्बिन्छ। अप्रेसन गरेरै निको हुने भए धेरै समय लाग्दैन। अप्रेसन गरेर पनि किमो दिनुपर्‍यो भने २ देखि ४ वर्ष लाग्‍न सक्छ र खर्च पनि बढी हुन्छ।

मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.