• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्रदेश-१ को अर्थतन्त्र, जसले ढालेको थियो राणा शासन


बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

Advertisement

दीपक नेपाल

एक सय चार वर्षे जहानियाँ राणा शासन ढालेको हालको प्रदेश-१ को अर्थतन्त्र त्यसपछि दरबारको कोपभाजनमा पर्‍यो र लामो समय दमित रह्यो। तर, विस्तारै यसले लय पक्रिँदैछ र भारत र चीनबीचको व्यापारको सेतु पनि बन्दैछ।

प्रदेश-१ नेपालमा पहिलोपटक औद्योगिक गतिविधि शुरु भएको क्षेत्र हो। विराटनगर जुट मिल, रघुपति जुट मिललगायत उद्योग नेपालमै पहिलोपटक विराटनगरमा खुले। तिनै उद्योग राणा शासन समाप्त पार्न क्रान्तिको जग र बलिया स्तम्भ बने।

राणा शासन अन्त्यका लागि प्रजा परिषद्जस्ता स-साना समूहले आन्दोलन नगरेका होइनन्। तर, ती आन्दोलन सफल भइरहेका थिएनन्। आन्दोलनले तब उचाइ प्राप्त गर्यो, जब विराटनगर तात्तियो। कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राणा शासन ढाल्यो।

नेपालमा विराटनगरबाटै शुरु भएको हो, औद्यागिक क्रान्ति। विराटनगरका उद्योगले सामान मात्र होइन, मजदुर नेता र देशकै नेता उत्पादन गरे। विश्‍वेश्‍वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला नै हुन्, विराटनगरबाट राणा शासनविरुद्ध आन्दोलनको अग्रसरता लिने नेताहरू। यसकारण पनि नेपालको औद्यागिक गतिविधिसँगै राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनामा प्रदेश-१ को भूमिका अहम् छ।

तर, त्यही विराटनगर लामो समयदेखि आर्थिक रूपबाट दमित अवस्थामा छ। यस प्रदेशको अर्थतन्त्रलाई दमित बनाउनमा तत्कालीन दरबारकै मुख्य भूमिका रह्यो। विराटनगरले अझ यहीँको आन्दोलनको जगमा उभिएको कांग्रेसले राणाहरूको पञ्‍जाबाट शाहवंशीय राजा र राजपरिवारलाई मुक्त गरायो। तर, तिनै राजाहरू विराटनगरलाई मात्र होइन, हालको समग्र प्रदेश-१ लाई खुम्च्याउने प्रपञ्‍चमा लागे। त्यही तत्कालीन पूर्वाञ्‍चल विकास क्षेत्र (हाल प्रदेश-१) लाई साथमा लिएर औद्योगिक क्रान्तिमा जुट्नुपर्नेमा यही क्षेत्रलाई खुम्च्याउँदा मात्र आफ्नो शासन सुरक्षित हुने बुझाइमा देखियो दरबार।

तथापि, विराटगरमा भएको औद्योगिक क्रान्तिले विश्‍वेश्‍वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र मनमोहन अधिकारीजस्ता लोकतन्त्रवादी प्रधानमन्त्रीहरू जन्मायो। भरतमोहन अधिकारीजस्ता दिग्गज नेताहरू पनि त्यही आन्दोलनबाट जन्मिएका हुन्।

विराटनगरले निरन्तर प्रजातान्त्रिक व्यवस्था र विचारधाराको वकालत गरिरह्यो। त्यही कारण दरबारले विराटनगरको औद्योगिक यात्रालाई रोक्यो। विराटनगरको विकल्पमा वीरगञ्‍ज, जनकपुरजस्ता औद्योगिक क्षेत्रहरू तयार गराइए। त्यसबाट वीरगञ्‍ज र जनकपुरमा उद्योग, कलकारखाना खुले, जसको लाभ त्यस क्षेत्रका बासिन्दा र समग्र देशले लियो। तर, विराटनगरको गति अवरुद्ध बनाइदिएर दरबारले प्रदेश-१ माथि अन्याय गर्‍यो। यहाँको प्रचुर सम्भावनालाई दमित बनाइदियो।

त्यसपछि नैै हो, प्रदेश-१ का ठूला व्यापारिक घराना पनि काठमाडौं केन्द्रित हुन पुगेको पनि। उनीहरू काठमाडौं हुँदै जनकपुर, वीरगञ्‍ज, भैरहवा, बुटवलजस्ता शहरतिर पनि फैलिए। विराटनगरप्रति दरबारको कर्के नजरका कारण यो क्षेत्र भने उपेक्षामा पर्‍यो।

२०४७ सालको परिवर्तनपछि पनि प्रदेश-१ ले समृद्धिको पाइला चाल्न पाएन। खासगरी, ‘अरुण तेस्रो’ जलविद्युत योजना रद्द गराइँदा फेरि एकपटक प्रदेश-१ को समृद्धि यात्रामा ब्रेक लाग्यो। त्यो ब्रेक प्रदेश-१ का लागि मात्र थिएन, समग्र मुलुककै लागि थियो। किनकि, ‘अरुण तेस्रो’जस्ता ‘गेम चेन्जर’ जलविद्युत् आयोजनामा भएको चरम राजनीतिका कारण मुलुकले लामो समय लोडसेडिङको अन्धकार झेल्नुपर्‍यो।

अरुण तेस्रो खारेजीसँगै प्रदेश-१ ले आर्थिक समृद्धि हासिल गर्ने विन्दुबाट एक कदम पछाडि धकेलिनुपर्‍यो। त्यसैले बहुदलकालमा पनि प्रदेश-१ को दमित आर्थिक स्थितिबाट बाहिर निस्कन पाएन।

तथापि, कृषि क्षेत्रले लामो समयदेखि प्रदेश-१ को अर्थतन्त्रका लागि भित्रभित्रै खम्बाको काम गरिरहेको थियो। अहिले पनि कृषि क्षेत्रले नै यस प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाएको छ। त्यसमा पनि अलैँची, अम्रिसो, अदुवाजस्ता मुख्य कृषि उपजले यहाँको अर्थतन्त्रलाई भरथेग गरिरहे। देशभरको ८६ प्रतिशतभन्दा बढी अलैँची प्रदेश-१ मै उत्पादन हुन्छ।

भविष्‍यमा जोगवनी-विराटनगर नाका यस प्रदेशको आर्थिक विकासको एक बलियो आयाम बन्न सक्छ। लामो समय रोकिएर निर्माणको अन्तिम चरणमा रहेको ‘अरुण तेस्रो’ आयोजनाले पनि विकासको एउटा नयाँ ढोका खोल्न सक्छ। जोगवनी-विराटनगर रलमार्ग, सिलिगुडी-काँकडभिट्टा रेलमार्ग पनि यस प्रदेशको समृद्धिका बलिया लिक बन्दैछन्। काँकडभिट्टा नाकाले अहिले पनि भारत, बंगलादेश र भुटान मात्र होइन, तेस्रो मुलुकसम्मको व्यापारमा ठूलो योगदान पुर्‍याइरहेकै छ। भविष्‍यमा ओलाङचुङगोला र किमाथांका नाकासम्म पहुँच पुग्दै गर्दा भारत-नेपाल-चीन त्रिपक्षीय व्यापारको केन्द्र बन्दैछ, प्रदेश-१।

कोशी करिडोर र तमोर करिडोरले त्रिदेशीय व्यापारमा सम्भावनाका अथाहा ढोका खोल्दै छन्। यसरी हेर्दा प्रदेश-१ मा आर्थिक समृद्धिको प्रचुर सम्भावना सन्निकट क्षितिजमा देखिन थालेको छ। पछिल्लो चरणमा बिजुली उत्पादनको दृष्‍टिबाट पनि प्रदेश-१ को सम्भावना बलियो देखिन्छ।

पूर्व-पश्चिम राजमार्ग फराकिलो बन्दै जाँदा काठमाडौं-तराई फास्ट ट्रयाकको प्रवेश विन्दु निजगढ पनि अहिलेझैँ धेरै टाढा रहने छैन। र, प्रदेश-१ मा उत्पादित वस्तुले काठमाडौंको ठूलो बजारसम्म सहज पहुँच पाउने छन्।

मुलुक संघीय शासन व्यवस्थाको अभ्यासमा छ। तथापि, केन्द्रीय राजधानी काठमाडौंले अझै केही वर्ष प्रभाव पारिरहने छ। देशको सबैभन्दा ठूलो शहरका रूपमा काठमाडौंको प्रभाव सुदूर भविष्‍यसम्म परिरहनेछ। र, त्यहाँको बजारसम्मको पहुँच विस्तार हुँदा प्रदेश-१ को अर्थतन्त्रको आयाम अहिलेभन्दा फरक हुनेछ।

पूर्व-पश्चिम रेलमार्ग निर्माण हुँदासम्ममा प्रदेश-१ को अर्थतन्त्रले गतिलै फड्को मारिसकेको हुनेछ। र, त्यो रेलमार्गले प्रदेश-१ लाई समृद्धिको नयाँ क्षितिजमा पुर्‍याउने छ।

प्रदेश-१ सँग के छैन ? सबैथोक छ। विश्‍वको सर्वोच्च शिखर सगरमाथा मात्र छैन, नेपालको सबैभन्दा होचो केचनाकवल पनि प्रदेश-१ मै छ। कञ्‍चनजंघा, मकालुजस्ता आठ हजार मिटरमाथिका हिमाल पनि यहीँ छन्। यी हिमालसँग पर्वतारोहण र पर्यटन मात्र गाँसिएका छैनन्, अथाहा जलस्रोत पनि जोडिएको छ।

पूर्वकी प्रसिद्ध देवी पाथीभरा माता मात्र होइन, खोटाङका हलेसी महादेव पनि धार्मिक-सांस्कृतिक पर्यटनका आधारस्तम्भ हुन्। खुम्बू क्षेत्र संसारभरका पर्यटकका लागि आकर्षणको केन्द्र हो।

प्रदेश-१ मै पर्ने तीनजुरे-मिल्के-जलजले क्षेत्रमा संसारमै सबैभन्दा बढी ३२ प्रजातिका गुराँस पाइन्छन्। गुराँसको राजधानीका रूपमा ख्याती कमाएको यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको सिमानामा पर्छ।

सांस्कृतिक पर्यटनका लागि लिम्बू र राई जातिको मुख्य बसोबास स्थल हो, प्रदेश-१। यी दुवै जातिको सबैभन्दा ठूलो हिस्सा यही प्रदेशमा बसोबास गर्छ। इलामदेखि पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बूसम्म फैलिएर बसेका छन्, यी जनजाति समुदाय। आदिवासी, जनजातिका सांस्कृतिक चालचलनमा विदेशी पर्यटक मोहित हुन गर्छन्।

यस्तै, झापा, मोरङ, सुनसरी प्रदेश-१ का लागि मात्र होइन, मुलुककै अन्न भण्डार हुन्। के फल्दैन प्रदेश-१ मा ? धानदेखि कोदोसम्म, अदुवादेखि अम्रिसोसम्म, आँप, लिची र किवि आदि इत्यादि।

त्यसैले, प्रदेश-१ ले अब आफ्नो उर्बर भूमिलाई उत्पादन र बजारीकरणसँग जोड्नु अत्यावश्यक छ। तराईमा मात्र होइन, पहाडी भेगमै पनि प्रशस्त अन्न फल्ने ठूला फाँट छन, हामीसँग। प्रदेश-१ का सबै जिल्ला त्यस्ता फराकिलो फाँटका धनी छन्। तिनै फाँटलाई हराभरा बनाउँदा प्रदेश-१ ले अन्न फलाउँछ मात्र होइन, देशभर र विदेशमा पनि निर्यात गर्न सक्छ।

प्रदेश-१ को अर्को बलियो पाटो हो, झापा, इलाम, पाँचथर, धनकुटामा उत्पादन हुने चिया। यहाँको चिया देशभर मात्र होइन, विदेश पनि निर्यात हुन्छ। संखुवासभामा चिया खेती असफल भयो। तर, अदुवा र तरकारी प्रचुर सम्भावना छ।

एक अनौपचारिक जानकारीअनुसार प्रदेश-१ सँग २० हजार मेगावाट विद्युत उत्पादन क्षमता छ। यसरी हेर्दा सिमानानजिक रहेको बंगलादेशलाई पनि प्रदेश-१ ले निकट भविष्‍यमै विद्युत निर्यात गर्न सक्नेछ। भारतका पश्चिमबंगाल, सिक्किम, दार्जिलिङ, बिहारसम्म प्रदेश-१ को पहुँच छ। अनि, बंगलादेशसँग छोटो दूरीमा छ। चीनतर्फ ओलाङ्चुङ्गोला र किमाथांका नाकासम्म सडक पुग्दैछ। निकट भविष्‍यमै यी दुवै नाकाबाट व्यापार शुरु हुने अपेक्षा गर्न सकिन्छ। त्यसैले भविष्‍य प्रदेश-१ सँगै बलियो छ।

(लेखक पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्)

बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.