काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्।
Advertisement
खाना पकाउने ग्यासको चरम अभावबीच मन्त्री यादवले पदबाट राजीनामा दिएको हुन्।
मन्त्री यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
मन्त्री यादवले बुधबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। त्यसयता उनको विरोध चुलिएको थियो।