• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

योगेश्वर अमात्य: सांगीतिक तलाउको किनारमा बसेर सुसेल्ने गायक


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

‘जब सन्ध्या हुन्छ’ बोलको गीत १३ वर्षको उमेरमै लेखेको थिएँ। त्यसमा संगीत पनि आफैंले भरेको हुँ। त्यतिवेला दार्जिलिङमा पढ्दै थिएँ। देशबाहिरको भिन्न माहोलमा अलि बेसी ‘सेन्टिमेन्टल’ भइने रहेछ। त्यही समयमा बनेको हो, यो गीत।

Advertisement

मेरो गाउने शैली फरक छ- आधा गाउने र आधा बोल्ने। यो मेरो स्टाइलभन्दा ‘नेचर’ हो। गाउँदा मेरो शरीरका पुरै अंग चल्छन्। अरूका गीत गाउँदामा पनि जिउ त्यसरी नै चलिरहेको हुन्छ। सोही कारण मेरा गीतलाई स्रोता-दर्शकले मन पराउँछन् भन्ने महशुस गर्दा आफैंलाई अचम्म लाग्छ। पहिले त स्रोता-दर्शकले मेरा गीत मन पराउँछन् भन्ने कुरामा शंका लाग्थ्यो। विदेशमा बस्ने नेपालीले मेरा गीतलाई माया गरेको देखेपछि शंका हट्यो। म कहिल्यै संगीतको क्षेत्रमा डुबेको छैन। म त संगीतको तलाउको किनारमा बसेर सुसेल्ने मान्छे मात्र हुँ।

मेरा लागि संगीत एउटा थेरापी हो। गीत गाएपछि मलाई हल्का हुन्छ। गाउँदै गर्दा आफू राम्रो गायकभन्दा पनि राम्रो मान्छे हुँ भन्ने महशुस हुन्छ। संगीत नै यस्तो चिज हो, जसको साथ पाउँदा जुनसुकै काम रमाइलोसँग र लामो समय गर्न सकिन्छ। जस्तो– संगीतको साथमा परेड गराउँदा सिपाहीहरूमा ऊर्जा नै बेग्लै हुन्छ।

एकल र सामुहिक गरी हालसम्म २०-२२ वटा गीत गाएँ होला। संगीतमा म लेखाजोखा राख्दिनँ। ‘करै करले’ मेरो पहिलो एल्बम हो। त्यो पनि ब्रजेश खनाल र प्रभात रिमालको करकापमा निकालेको थिएँ। करकापमा निकालेको भएर नाम पनि ‘करै करले’ नाम जुराएँ। पाँच वर्षअघि ‘द्रव्यको आशा’ नामको एल्बम ल्याएँ।

सानैदेखि गीत सुन्थें। कन्र्सटमा जानुपर्ने र गायक-गायिकालाई आफ्नो गाडीमा राखेर घुमाउने सोख थियो। त्यसरी नै संगीत क्षेत्रसँग ‘कनेक्सन’ बन्यो। करिब आठ वर्षदेखि गीत ल्याएको छैन। सामाजिक काममा बढी व्यस्त छु। अहिले संगीतलाई निरन्तरता दिन केही झर्को लागेको छ। केही समयका लागि संगीतबाट आराम लिइरहेको छु। मेरा लागि संगीत ख्याती र आम्दानीको स्रोतभन्दा पनि साथीभाइसँग बिताइने रमाइलो पल हो।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.