• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

तरकारीको विषादी परीक्षण बढाइँदै


    Avatar photo
बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

चितवन- किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो ।

Advertisement

यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो ।

सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका (उपभोग्य) एक हजार १५८ नमुना छन् ।

यस्तै, १० वटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ । यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चार वटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि बिर्सजन गरिएको उहाँले जानकारी दिनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी बिर्सजन गरिएको हो ।

आव २०८१/८२ मा प्रयोगशालाले ९०७ तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा बिर्सजन गर्नुपर्ने पाँच वटा, केही दिनपछि उपभोग गर्न सकिने आठ वटा र उपभोग गर्न सकिने ८९४ वटा नमुना रहेका थिए ।

यस्तै, आव २०८०/८१ मा ५९० नमुनाको परीक्षण गरिएको थियो । चार वटा नमुना बिर्सजन गर्नुपर्ने, नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ वटा नमुना उपभोग्य भेटिएको थियो । यस प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारीको तथा फलपूmलमा बढीमात्रामा विषादी परीक्षण गर्ने गरिन्छ । कँडेलका अनुसार परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बिक्री गर्न ल्याउनेक्रम घटेको छ । किसानलाई विषादी प्रयोग गरेसँगै मानव स्वास्थ्यमा असर पर्नेगरी बजारमा नल्याउन सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.