• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

टिपरको ठक्करबाट मृत्यु

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )


    Avatar photo
आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित

काठमाडौँ- नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा/चुड्का गीत सार्वजनिक गरिएको छ। गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा–तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ।

Advertisement

गीतमा गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द सिर्जना गणेश गुरुङकै हो। संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका हुन्। गीतको एरेञ्ज तेजेन्द्र दुराले गरेका छन्।

दुई दशकभन्दा बढी समयदेखि नेपाली मौलिक गीत–संगीतमा सक्रिय गणेश गुरुङ ‘कौडा किङ्ग’का रूपमा परिचित छन्। औपचारिक रूपमा मौलिक गीतलाई अवार्ड दिने प्रचलन सुरु भएपछि नेपालमै पहिलोपटक कौडा गीतमार्फत ‘राप्ती म्युजिक अवार्ड’ (सुनको औंठी) प्राप्त गर्न सफल भएका उनी पछिल्लो समय रैथाने भाकाको संरक्षण अभियानमा केन्द्रित छन्।

सामान्यतया चुड्का गीत वैशाख पूर्णिमादेखि सुरु हुने परम्परासँग जोडिएको मानिन्छ। क्षेत्रअनुसार सतीघाटु र चुड्का गीतबीच विशेष सम्बन्ध रहने बताइन्छ। कौडा/चुड्का गीत गण्डक क्षेत्रका गुरुङ, मगर, दुरा र दराई समुदायमा बढी प्रचलित छ।

म्युजिक भिडियोतर्फ हितमान  गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन्। कोरियोग्राफी तथा निर्देशन मनाङ गुरुङले सम्हालेका छन्।

गायक  गणेश गुरुङका अनुसार ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानी’जस्ता चर्चित दोहोरी गीतपछि ‘पियारी’लाई व्यावसायिक भन्दा पनि मौलिक सांस्कृतिक सम्पदाको संरक्षण अभियानका रूपमा प्रस्तुत गरिएको हो। भिडियो गायक गुरुङकै युट्युव च्यानल “गणेश गुरुङ” मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/T_bdZIJ2T9Q?si=VkGuM12ERsocukqF

आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टिपरको ठक्करबाट मृत्यु
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    टिपरको ठक्करबाट मृत्यु

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.