• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पूर्वप्रहरीसँग बहालवाला प्रहरी बिच्किने १० कारण


    Avatar photo
शनिबार, माघ २८, २०७९ मा प्रकाशित

यो संसारमा कोही पनि ‘पर्फेक्ट’ छैन। ‘पर्फेक्सनिस्ट’ हुन खोज्‍नु हुँदैन भनिन्छ। त्रुटि आम हो र सफलता दुर्लभ। बढाइचढाइ पनि छैन र ढाकछोप पनि छैन भने सम्बन्ध सरल बन्छ। 

Advertisement

 

यसपटक पनि आत्मपरक शैलीमा लेख्‍न पुगें। ‘म’ वा ‘मेरो’ शब्द प्रयोग गरी लेख्‍ने इच्छा नहुँदानहुँदै फेरि लेख्‍ने बाध्यता आइपर्‍यो। यो अब उप्रान्त दोहोरिने छैन। मैले यो शीर्षक रोज्‍नुको कारण ‘पूर्व’ र ‘वहालवाला’बीच फुट-कलह निम्त्याउन होइन, बरु एकापसमा सामन्जस्यता कायम भई मुलुकको शान्ति सुरक्षा दह्रो होस् भन्‍ने नै हो।

म निरीक्षक पदमै छँदा भर्खर अवकाशप्राप्त एकजना प्रहरी महानिरीक्षकसँग आमनेसामने परियो। मैले परिचय दिन नपाउंदै ‘तपाईंलाई चिन्छु, धेरै राम्रो अफिसर’ बताउनुभयो। कहिल्यै देखभेट नभएको ‘ठूलो मानिस’ले विनाकारण मलाई ‘राम्रो अफिसर’को ट्याग दिनुको कारण मैले धेरै पछि बुझें। कारण रहेछ पूर्वहरूको मनमा रहेको असुरक्षाको भावना।

म जिल्ला प्रहरी कार्यालय प्रमुख छँदा लोकसेवा आयोगको क्षेत्रीय कार्यालयलाई भनसुन गरी कुनै व्यक्तिलाई पास गराउनपर्ने आग्रह आयो। परीक्षाका दौरान ड्युटी पठाउनपर्ने बाहेक लोकसेवा आयोगसँग मेरो कुनै चिनापर्ची थिएन र भएकै भए पनि त्यसप्रकारको अनुरोध गर्ने मेरो सामर्थ्य थिएन। पूर्व ‘ठूलो मानिस’हरूलाई के लाग्दो रहेछ भने प्रहरीले गरेदेखि जे पनि सम्भव हुन्छ।

म बहालमा छँदा ‘पूर्व’हरूलाई देख्‍ने-भेट्नेबित्तिकै स्वागत-सम्मान-सहयोग गर्न पाइयोस् भन्‍ने ठान्दथें। मलाई मित्रवत् व्यवहार गर्ने र मबाट कुनै सहयोगको अपेक्षा नगर्ने ‘सर’हरू धेरै हुनुहुन्थ्यो। कोहीचाहीं नहुँदो र नचाहिँदो आग्रह गरिरहने ‘सर’हरू पनि हुनुहुन्थ्यो, जसका फोन नउठाउन म बाध्य भएको थिएँ। अहिले पनि कतिपय बहालवालाहरूलाई यो समस्या परिरहेको हुनसक्छ।

‘पूर्व’हरूले ‘बहालवाला’लाई सहयोग गरेको राम्रो। सहयोगको विषयचाहीं ‘दैनिक पुलिसिङ’मा होइन, नीतिगत तहमा। व्यक्तिगत अपेक्षा कम गरेको राम्रो। गुनासाहरू शून्य भएको राम्रो। ज्वाईंले ससुराली जाँदा आफ्नो मर्यादामा रहेजस्तो। ससुरालीमा ज्वाईंहरूको कुनै हक लाग्दैन भनेकोजस्तो। ज्ञातव्य छ कि ससुरालीमा उच्चस्तरको व्यवहारसमेत प्रदर्शित गर्नपर्ने हुन्छ, हाम्रो संस्कारका ज्वाईंहरूले। यसै सिलसिलामा ‘पूर्व’सँग बहालवाला प्रहरी बिच्किने १० वटा कारणहरू प्रस्तुत गर्छु। यो नितान्त रूपमा मेरो व्यक्तिगत अनुभवमा आधारित छ। यसमा विमतीहरू हुन सक्छन्। किनभने हरेक मानिसहरू अलग-अलग प्राणी हुन्। र, हरेकका अनुभूतिहरू फरक रहने गर्छन्।

कारण नं. १ सनातनी प्रवचन दिने :

‘पूर्व’हरू कुनै काम लिएर प्रहरी कार्यालय जाँदा आफ्ना निजी अपेक्षाहरू पूरा नहुने अवस्था आइपरेमा सनातनी खालको प्रवचन दिने गर्छन्। ‘बुझ्‍नोस् सा’ब हो तपाईंहरू पनि एक दिन भूपू हुने हो। सधैं बहालमा रहन्छु भन्‍ने नसोच्‍नोस्। ‘वास्तवमा बहालवालाहरूले ‘म भोलि भूपू बन्छु’ भन्‍ने सोचेर काम गर्न सक्दैनन् र मिल्दैन पनि। पूर्वप्रहरीले प्रहरी कल्याणकोष पारदर्शी होस् भन्‍नु एउटा कुरा हो तर त्यसमा हक खोज्‍नुचाहीं मलाई उचित लाग्दैन।

कारण नं. २ आफ्नो हिरोइजमको बयान गर्ने :

कतिपय पूर्व प्रहरीलाई ‘म अझै सान्दर्भिक छु’ भन्‍ने लाग्छ। आफूमा त्यस्तो क्षमताको विकास गर्न सकिन्छ र पाइन्छ। पूर्वप्रहरीहरूले आफ्ना समयमा गरेका राम्रा कामहरू इतिहास भइसक्यो भन्‍ने बुझ्‍नुपर्छ। नयाँ पिँढीलाई त्यस्तो विचार रुचिकर हुँदैन। हाम्रा घरका सन्तानले हाम्रा पालाका अनुभव र भोगाइहरू सुन्छन् र ?

कारण नं. ३ अर्ति उपदेशको आवरणमा गुनासो गर्ने:

यो पनि नचाहिँदो तरिका हो। यसले बहालवालाहरूलाई दिक्क पार्छ। हिजोको प्रहरीले काम गर्ने शैली आज मिल्दैन। यो धर्तिमा अर्ति उपदेशको कुनै महत्त्व रहन्छ भन्‍ने मलाई लाग्दैन। यद्यपि यो मेरो व्यक्तिगत विचार हो।

कारण नं. ४ अति सम्मानको आकांक्षा प्रकट गर्ने :

केही ‘पूर्व’ सरहरूलाई आफू अति सशक्त, सक्षम र उच्चस्तरको भन्‍ने लाग्छ। आफू हमेशा अग्लो कुर्सीमा रहेको भ्रममा बाँच्‍नु हुन्छ उहाँहरू। तर, वास्तविक जीवनमा जो सरल छ, त्यो बाँच्‍ने गर्छ। चार्ल्स डार्बिनको ‘द ओरिजिन अफ स्पाइसेज’मा भनेजस्तो डाइनासोरहरू लोप हुने कारण छन्। सबै कुरा गतिशील छन्, ढुंगो पनि। र, सबै कुरा परिवर्तशील छन् ‘बिगब्याङ’ को सिद्धान्तले।

कारण नं. ५ आफ्नै ब्याचमेटसँग रिसइवी गर्ने :

जागिर सकिएपछि सबै कुराहरू सकिनुपर्ने होइन र? अब कोही कसैको प्रतिस्पर्धी छैन। जागिरको क्रममा कसैले कसैलाई धोका दिएको वा खुट्टा तानेको हुनसक्छ। पूर्वप्रहरीहरू बीचको व्यक्तिगत कुण्ठा बहालवालाहरूले किन सुन्‍नुपर्ने ? त्यसैले ‘पूर्व’हरू अब आममाफीमा जान सक्नुपर्छ। आपसमा बोलचाल हराएको भए अब त्यो खोल्न पर्छ।

कारण नं. ६ इर्ष्‍यालु भावना पोखिने :

‘पूर्व’हरू हिजोका दिनमा हाकिम थिए। त्यतिबेलाका अधिकृतहरू वर्तमानमा नेतृत्व तहमा पुगेका हुनसक्छन्। अहिलेको पुस्ताले थप सुविधाहरू ‘इन्ज्वाय’गरेको हुनसक्छ। त्यो खुशीको कुरा हो। तर, दु:खद् त्यतिबेला हुन्छ, जतिबेला ‘पूर्व’हरूले इखालु नजर लगाउने गर्छन्। बेहोसीमा।

कारण नं. ७ कुनै कार्यालयमा छिर्दा अग्राधिकार खोज्‍ने, सो नपाउँदा चित्त दुखाउने, कुण्ठित हुने :

‘पूर्व’हरूले हिजोका दिनमा म यहाँको हाकिम थिएँ भन्‍ने सोच्‍न हुँदैन। मेरो अधिकार छ भन्‍ने सोचाइले बहालवालाहरूलाई अप्ठेरोमा पार्छ।

कारण नं. ८ पेशागत तवरको भाइचारा खोज्‍ने :

भाइचारा र राष्‍ट्रवाद भाषणमा या लेखनीमा मात्र हुन्छन्। वास्तविक जीवनमा हुँदैनन्। मानव-मानवबीचका धेरैजसो सम्बन्धहरू अप्रत्यक्ष रूपमा ‘ट्रान्ज्याक्सनरी’ अर्थात् लेनदेनमा आधारित हुन्छन् भनिन्छ। आफ्नो कुरा सीधा राख्‍ने र फजुलको दाइभाइ नाता लगाउनु (मलाई व्यक्तिगत रूपमा) उचित लाग्दैन।

कारण नं. ९ आफ्नो अनुभव र योगदानको कदर भएन, राष्‍ट्रले चिन्‍न सकेन भन्‍ने :

कतिपय ‘पूर्व’हरूले आफूलाई राष्‍ट्रियस्तरको ठानेर कुरा गरिदिनाले बहालवालाहरूको दिमाग तताउँछ भन्‍ने हामीले बिर्सन हुँदैन।

कारण नं. १० आफ्ना गल्तीहरूका बारेमा प्रष्‍टीकरण दिने :

कति ‘सर’हरूले आफू बहालमा छँदा भएगरेका कामहरू जो बिग्रेको वा संगठनलाई हानी नोक्सानी पुगेका थिए, त्यसबारेमा प्रष्‍टीकरण दिने गरेका हुन्छन्। त्यस्तो प्रष्‍टीकरण सुन्‍ने धैर्य बहालवालाहरूसँग हुँदैन।

निष्‍कर्ष

यो संसारमा कोही पनि ‘पर्फेक्ट’ छैन। ‘पर्फेक्सनिस्ट’ हुन खोज्‍नु हुँदैन भनिन्छ। त्रुटि आम हो र सफलता दुर्लभ। बढाइचढाइ पनि छैन र ढाकछोप पनि छैन भने सम्बन्ध सरल बन्छ। मानवीय कमजोरीहरूलाई मैले यहाँ खिल्ली उडाएको होइन। पूर्वहरूले नयाँ पुस्तालाई सजिलो हुनेगरी प्रस्तुत भइदिँदा सबैलाई राहत हुन्छ, वातावरण सहज हुन्छ।

शनिबार, माघ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.