मेष- सापटी दिएको रकम फिर्ता मिल्न सक्छ । रमाइलो यात्रा हुनेछ । शुभ कामको चर्चा चल्नेछ ।
वृष- खानपानमा सावधानी अपनाउँदा वेश । अपजस मिल्नेछ । सेयर कारोबारमा रुचि बढ्नेछ ।
मिथुन- राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्त हुनेछ । लगानी डुब्ने डर छ ।
कर्कट- रमाइलो यात्राको योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आजको दिन मध्यम खालको छ ।
सिंह- नयाँ कामको थालनी हुनेछ । बोलीको प्रभाव बढ्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोला ।
कन्या- कार्यमा अवरोध आउन सक्छ । तनाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला- परोपकारी काममा संलग्न भइनेछ । पूँजीबजारमा रुचि बढ्नेछ । राम्रो अवसर हात लाग्नेछन् ।
वृश्चिक- विभिन्न अवसर जुट्नेछन् । पढाईलेखाईमा प्रगति हुनेछ । बोलीको विपरित अर्थ लाग्न सक्छ सचेत रहनुहोला ।
धनु- एकपछि अर्काे अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । धन लाभ हुनेछ ।
मकर- चोटपटकको भय छ सचेत रहनुहोला । रोकिएको काम शुरु हुनेछ । समाजसेवामा मन लाग्नेछ ।
कुम्भ- रोजगारको अवसर मिल्नेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन् ।
मीन- मान प्रतिष्ठामा वृद्धि हुनेछ । जीवनशैलीमा परिवर्तन आउनेछ । आजको दिन शुभ छ ।