• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

टिपरको ठक्करबाट मृत्यु

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !


    Avatar photo
बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित

भक्तपुर- दिलबहादुर प्रजापती थिमीका स्थायी बासिन्दा हुन्। ७२ वर्ष उनी थिमीको चपाचो टोलमा बस्छन्। उनलाई बिस्का रमाइलो पर्व मान्छन्। भन्छन्, ‘हामीले साथीभाइ भेटेर खुशीयाली आदानप्रदान गर्न सक्छौं। यो जात्रा रङको उत्सव हो। र, भगवान छन् भन्‍ने अटुट विश्‍वास पनि हो यो जात्रा।’

Advertisement

उनका अनुसार थिमीमा बिस्का जात्रा कहिले शुरु भयो भन्‍ने कतै अभिलेख भेटिँदैन। भन्छन्, ‘यो जात्रा पहिले हाम्रा बा, बाजेहरूको पालादेखि नै थियो। हामीले अहिले यसलाई जोगाइरहेका छौं।’

०००

प्रजातिका अनुसार बिस्काको पहिलो दिन अर्थात् चैत मसान्तमा थिमीमा सुगां द्य (विष्‍णुवीर मन्दिरको) परिसरमा गुसी छ्‍वेकेगु गर्छन्। सुगां द्यः विष्‍णुवीर भगवानलाई जात्राको मालिक मानिन्छ। जात्राको शुरु नै विष्‍णुवीर मन्दिरबाट हुन्छ। गुसी छ्‍वेकेगु भन्‍नाले भगवानलाई रथमा राख्‍न ल्याउनु हो। त्यसदिन द्यो गुठीका सदस्यहरूले आ-आफ्नो जिम्मामा भगवान रथमा राख्‍न ल्याउने गर्छन्। र, समेबजी खाएर विष्‍णुवीर मन्दिर परिसरमा काठ बालिन्छ।

०००

दोस्रो दिन थिमीमा एकै समयमा २ वटा जात्रा हुन्छन्- विष्‍णुवीर र अर्को सिद्धिकाली मन्दिरमा। यस दिनको जात्रालाई बायलिसिया (साँझको जात्रा) भनिन्छ। यस जात्रामा सुंगा द्यः विष्‍णुवीरको खट कयकूतातर्फ लगिन्छ। यस ठाउँबाट खट लग्दा भूतप्रेतलाई थाहा नहोस् भनी कयकूताको पोखरीमा सि बाजा (नेवारी परम्पराअनुसार मरेको मान्छे मसानघाट लग्दा बजाइने) बजाउँदै लैजाने चलन छ। मानिसहरू यतिबेला सबैले आफूले लगाएका टोपी पनि फुकालेर आउँछन्।

सोही दिन बेलुका सिद्धिकाली परिसरमा बायलिसिया (साँझको जात्रा) गरिन्छ। सिद्धिकाली (चामुण्डा)को नेतृत्वमा चोडे गणे द्यः (नील वर्ण¬), क्वासि इनायद्यः (कोसिना गणेश), विश्‍व विनायक, दु इनायद्य (अष्‍टनारायण), दिगु इनायद्यः, गाँचाननि गणेद्य, इनायलाछी गणेद्य (राज गणेश) र सिबा गणेद्यको जात्रा गरिन्छ।

त्यस दिन साँझको जात्रा हुनुअघि बालकुमारी मन्दिरको पूर्वी भागस्थित पाटीको कौसीबाट गुठीयारहरूले योमरी बालकुमारी मन्दिरभित्र छिराउने चलन छ। यदि मन्दिरभित्र योमरी छिर्‍यो भने त्यस व्यक्तिको जीवनमा सुख आउने विश्‍वास रहिआएको छ। थिमीमा दोस्रो दिनदेखि नै सिन्दुर जात्राको माहोल शुरु हुन्छ।

०००

तेस्रो दिन जात्रामा मानिसहरू थिमीका विभिन्‍न भगवानसहितका रथहरू बोकेर कोर बस्तीहरू हुँदै बालकुमारी मन्दिरमा भेला हुन्छन्।  मानिसहरूले आफ्नो कुममा रथ बोकेर ल्याउने र एकअर्कालाई सिन्दुर दल्दै, खुशीका साथ जात्रामा रमाउँछन्। परम्परागत बाजा धिमे, झ्यालीमा नाच्छन्। खट बोक्दै सबैजना बालकुमारी मन्दिरको परिक्रमा गर्छन्।

स्थानीय तुल्सीराम श्रेष्‍ठ भन्छन्, यस दिनमा ३० वर्षअघि नगदेश सिद्धिगणेशको रथ ल्याउने बेलामा बालकुमारी मन्दिर अगाडि रोक्ने ठाउँ बनाइएको थियो। नगदेश सिद्धिगणेश बालकुमारीमा आइसकेपछि मात्र थिमीको जात्रा शुरु हुन्थ्यो। तर, विगतमा केही अकल्पनीय घटनाका कारण नगदेशको जात्रा बालकुमारीमा ल्याउन छाडियो।’

स्थानीय चन्द्रबहादुर श्रेष्‍ठका अनुसार बालकुमारीमा नगदेश सिद्धिगणेशप्रति एकदमै श्रद्धा हुनुको मुख्य कारण सिद्धिगणेश बालकुमारीका पिल्कु द्यो (कुमार)  भएकाले हो। त्यस ठाउँमा नगदेशको रथ नआए पनि भक्तिका साथ पूजाआजाका विधिहरू अहिले पनि गरिन्छ। तुल्सीराम भन्छन्, ‘पहिले मध्यपुरका विभिन्‍न स्थानबाट ल्याइएका ३२ देवताका रथलाई बालकुमारी मन्दिर परिक्रमा गराइन्थ्यो।’

३२ रथमा विराजमान भगवानहरू

१) क्वालाखु द्यः बालकुमारी
२) वालाखुची द्यः कालिका
३) क्वाछे द्यः दक्षिण बाराही
४) हिंचो द्यः हरिसिद्धी
५) सुंगा द्यः विष्‍णुवीर
६) पर्सिको गणेद्यः प्रथम गणेश
७) वामुने गणेद्यः
८) गांता गणेद्यः
९) दथुत्वा गणेद्यः
१०) थासमा गणेद्यः
११) चपाचो गणेद्यः
१२) दु इनाय द्य (अष्‍ट नारायण)
१३) सिद्धिकाली चामुण्डा
१४) चोडे गणेद्यः नील कर्ण
१५) क्वसिना इनाय द्यः
१६) गांचाननि गणेद्यः
१७) सिवा गणेद्यः
१८) इनायलाछी गणेद्यः राज गणेश
१९) अजिमा गणेद्य
२०) अष्‍ट विनायक
२१) नत्रा द्यः (नारायण)
२२) दिगु गणेद्य
२३) गामछानी गणेश
२४) महालक्ष्‍मी
२५) तां धि बाराही
२६) बोरीखा गणेश
२७) हसिमला गणेश
२८) मोहन गणेश
२९) बोटुक गणेश
३०) चिडी गणेश
३१) सिद्धि गणेश (नगदेश)
३२) नील बाराही गणेश (तिगनी)

०००

स्थानीय हरिशरण श्रेष्‍ठका अनुसार विगतमा ३२ रथको जात्रा भव्य हुन्थ्यो। तर, समय बित्दै जाँदा कुनै झगडाका कारण सबै रथहरूको जात्रा एकै ठाउँमा हुन सम्भव भएन। हाल थिमीमा करिब २० वटा रथको जात्रा गरिने चलन रहेको उनी बताउँछन्।

तेस्रो दिनको भव्य जात्रा सकेपछि पनि छैटौं दिनसम्म सानो जात्रा हुने गर्छ। स्थानीय चन्द्रबहादुर श्रेष्‍ठका अनुसार पहिले जात्रामा बाजा बजाउने मान्छे कम हुन्थे र प्रायः सबैले रथ बोक्न रुचाउँथे। अहिले भने जात्रामा बाजाको आवाज धेरै र रथ बोक्ने मानिसहरूको संख्या घटेको उनी बताउँछन्।

थिमीमा चिलाग बाल्ने गुठी पनि निर्माण गरिएको छ, जसले बाटोमा मनोरम दृष्‍यका साथ बाटो देखाइरहेको हुन्छ। थिमीमा चिलाग सयौं मानिसले बोकेर आउँछन्। थिमीमा चिलाग बालेको परपरसम्म देखिन्छ, जसले गर्दा मानिसहरूले थिमीमा जात्रा शुरु भएको जानकारी पाउँछन्।

स्थानीय रत्‍नहरि कायष्‍थका अनुसार मानिसहरूले विगतमा जात्रा मनाउँदा भगवान नै प्रकट हुन्छन् भन्‍ने विश्‍वास गर्थे। अहिले भने त्यो विश्‍वास कम हुँदै गएको छ। ‘तर, लोपचाहीं भएको छैन र हुँदैन पनि,’ उनी भन्छन्, ‘यदि जात्रा गर्दैगर्दा भगवानको रथबाट केही खस्यो भने हामीले त्यसलाई अमूल्य चिज हो भनी घर लिएर जानेजस्ता काम गर्नु हुँदैन। भनिन्छ- यदि घर लिएर गएमा दशा लाग्‍ने विश्‍वास छ।’

स्थानीय हीराकाजी बज्राचार्यका अनुसार यहाँका बिस्का जात्रालगायत अमूल्य सम्पदामा स्थानीय सरकारले पनि सहयोग गर्दै आएका छन्।

स्थानीय राम श्रेष्‍ठका अनुसार जात्रामा प्रयोग हुने सिन्दुरको गुणस्तर पछिल्ला वर्षमा घट्दै गएको छ। भन्छन्, ‘पहिले सिन्दुर लगाइदिँदा शीतल महशुस हुन्थ्यो, अहिलेको रङले छालामा असर गर्छ।’

उनका अनुसार विगतमा मानिस खर्पन बोकेर खेत जाने-आउने गर्थे। शारीरिक व्यायाम प्रशस्त हुन्थ्यो। र, मानिस पनि तन्दुरुस्त रहन्थे। अहिले भने सवारी साधनको प्रयोगले मानिसको त्यो तन्दुरुस्ती घटेको छ। र, पहिलेजस्तो धेरैबेरसम्म रथ बोकेर हिँड्न सक्दैनन्।

बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टिपरको ठक्करबाट मृत्यु
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    टिपरको ठक्करबाट मृत्यु

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.