• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कूल पूजा अर्थात् दिगू पूजा !


    Avatar photo
मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

भक्तपुर- ईश्‍वरीमाया बाडे ६५ वर्षकी भइन्। उनले सानैदेखि बा-आमाले गर्ने दिगू पूजा देखिन्। बाबुआमाबाटै उनले पनि यो परम्परा जोगाउनुपर्छ भन्‍ने सिकिन्।

Advertisement

उनका अनुसार नेवार समुदायमा दिगू पूजा भनेको आ-आफ्ना दाजुभाइ एकै ठाउँमा मिलेर भोज खाने र पछिल्लो पुस्तालाई पुराना संस्कृति हस्तान्तरण गर्ने एक मुख्य चाड मानिन्छ।

‘विगतमा दिगू पूजा आउनु ४ दिन अघिदेखि नै कुखुराको मासु र अण्डा नखाने चलन थियो। र, दिगू पूजाको समयमा पनि कुखुराको मासु चल्दैन,’ भन्छिन्, ‘बोकाको मासु मात्र प्रयोग गरिन्छ।’

उनका अनुसार अहिले भने ४ दिन अघिदेखि कुखुराको मासु र अण्डा खान नहुने नियममा कमै मात्र अडिग छन्। दिगू पूजाको दिनमा भने खाँदैनन्।

नेवार समुदायका लागि दिगू पूजा बर्सेनि गरिने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा आफ्नो कुल र इष्‍टदेवताप्रति सम्मान श्रद्धा प्रकट गरिन्छ। नेवार समुदायमा दिगू पूजालाई डुगु पूजा पनि भनिन्छ। र, यो परापूर्वकालदेखि चलिआएको सांस्कृतिक परम्परा हो।

 

०००

 

यसमा मानिसहरूले आफ्नो वंश र परम्पराअनुसार कुल देवताको पूजा गर्छन्। यस पूजालाई कसैले देवाली पूजा पनि भन्छन्। जानकारहरूका अनुसार यस पूजाको मुख्य उद्देश्य एउटै कुल वा वंशबाट आएका सदस्यहरू बीच एकता, आत्मीयता र पूर्वजप्रतिको श्रद्धाभाव कायम राख्‍नु हो।

यस पर्वमा पूजा गरिने देवतालाई कुल देवताको नाम दिइएको छ। कुल देवतालाई वंशको रक्षा गर्ने तथा मार्गदर्शकको रूपमा पुजिन्छ। र, यस पूजाले पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने विश्‍वास रहिआएको छ।

नेवार मात्र होइन, नेपालका अन्य समुदायमा पनि कुल पूजा गर्ने प्रचलन छ।

नेवार समुदायमा डुगूमा पुजिने देवतालाई दिगू द्यः नामले चिनिन्छ। डुगु भन्‍नाले नेवारी शब्दमा बोकालाई जनाउँछ। धार्मिक विधिअनुसार यस पूजामा सबैभन्दा पहिले बोकालाई पूजा गरेर त्यसलाई कुल देवताको नाममा बलि दिइने चलन छ।

दिगू पूजा खुला स्थानहरूमा गरिन्छ। तर, वास्तविक पूजा अर्थात बोकाको बलि गोप्य रूपमा गरिन्छ। र, अन्य वंशका मानिसहरूबाट लुकाइन्छ।

नेवार समुदायमा पनि विभिन्‍न जातीय वर्गहरू छन्। सोही कारण दिगू पूजा गर्ने मिति पनि जातिअनुसार फरक-फरक हुन सक्छन्। यी मितिहरू चन्द्र पात्रोअनुसार निर्धारण गरिन्छन्। सामान्यतया, दिगू पूजाको आरम्भ अक्षय तृतीयाबाट शुरु भएर सिति नखासम्म गरिन्छ।

यो धार्मिक परम्परा मल्लकालदेखि चलिआएको मानिन्छ। कतिपय अवस्थामा परिवारहरूले निर्धारित मितिमा पूजा गर्न नसकेमा सिति नखाको दिन पूजा सम्पन्‍न गर्ने चलन पनि छ।

यस पर्वको अवसरमा नयाँ बेहुलीहरू र अघिल्लो वर्ष इहि (छोरीको बेल विवाह संस्कार) र ब्रतबन्ध गरिएकाहरूलाई पनि वंशीय कुल देवताको अगाडि प्रस्तुत गराएर पूजा गराइन्छ। यसरी उनीहरूलाई आधिकारिक रूपमा आफ्नो वंशको सदस्यको रूपमा स्वीकार गरिन्छ। दिगू पूजाले परिवारमा एकताको भावना त जागृत गराउँछ नै, साझा पुर्खाको सम्झनामा समर्पणभाव पनि पैदा गर्छ।

 

०००

 

मध्यपुर थिमि-७ का ईश्‍वर बाडेले पनि सानैदेखि दिगू पूजा देख्दै आएका छन्। उनी भन्छन्, ‘यस पर्वमा सबै परिवार एकै ठाउँमा हुन्छन्। र, सानो छँदा आफ्नै उमेरका दाजुभाइ भेट हुन्थ्यो, धेरै रमाइलो गर्थ्यौं। हरेक वर्ष यस पर्वको लागि साथीभाइ भेट्ने प्रतीक्षामा रहन्थ्यौं।’

उनका अनुसार दिगूको मुख्य पूजालाई नेपाल भाषामा त दिँः भनिन्छ। त दिँः चाहीं आइतबार वा बिहीबार मात्र गर्नुपर्ने नियम छ। त्यस दिन खासगरी कुल देवताको पूजा अर्चना गरिन्छ। र, पूजामा दाजुभाइबाहेक बाहिरका अन्य वंशका मानिसहरूलाई भित्र्याइँदैन। यस पूजाका क्रममा दिइने बलि भने विस्तारै कम हुँदै गएको उनी बताउँछन्। भन्छन्, ‘जीवनको महत्त्व बुझ्दै जाँदा बलि प्रथा हट्दै गएजस्तो लाग्छ।’

दिगू पूजाका लागि मानिसहरू खुला स्थानमा जानछन््। र, त्यस ठाउँलाई दिगू खेल भनिन्छ। कतिपयले आफ्नै घरको कौशीमा पनि पूजा गर्ने गरेका छन्। बाडे भन्छन्, ‘भक्तपुर नगदेशका मानिसहरू प्रायजसो गठ्ठाघरको चौरमा दिगू पूजा गर्छन्। र, त्यहाँ समेबजी खाएर घर फर्किन्छन्।’

कोभिड-१९ महामारी अघिसम्म खुला चौरमा पूजा गरिन्थ्यो। त्यसयता भने घरको कौशीमै पूजा गर्न थालिएको बाडे बताउँछन्। भन्छन्, ‘त दिःको दिन देउ खेलमा गएर आउने बेलामा सानो झण्डा समाएर ‘झ्या कछि’ ‘बया कछि’ भन्दै घर फर्किने र रमाइलो गर्दै ठूल-ठूलो स्वरमा कराउँदै आएको अहिले पनि उनको दिमागमा ताजै छ।

दिगू पूजाको पहिलो दिनलाई छ्‍वेलाभ्ये भनिन्छ। र, दोस्रो दिनलाई त दिःको नामले चिनिन्छ। यी दिनहरूमा सबै मिलेर विभिन्‍न प्रकारमा भोजनहरू बनाउने र सबै सँगै बसेर खाने चलन छ। यसैगरी, ठूलाको आदर गर्दै बुहारी र छोरी मान्छेहरूले ठूलाको आशीर्वाद लिने चलन छ।

तेस्रो दिन भने देवता पालो दिने भन्‍ने चलन छ। यस दिनमा थकालीदेखि सानोसम्म पालैपालो देवता घरमा लाने र कुल देवताको सेवा गर्ने जिम्मेवारी सुम्पिने गरिन्छ। ती देवतालाई घरका सदस्यबाहेक कसैले पनि देख्‍नु हुँदैन। त्यस दिनमा देवता पालो दिन जाँदा घरका सबै सदस्यले पालैपालो ‘इय इय’ ‘पाय पाय’ ‘ह्याम थोः ह्याम थोः’ ‘ऐला ऐला’ भन्दै देवता पालो लागेको घरमा पुर्‍याउने गर्छन्।

दिगू पूजा मनाउने बखतमा घरका सदस्यहरूले नेवारी पहिरन लगाएर यस पर्वको मौलिकता र शोभा बढाइरहेका हुन्छन्।

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.