• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !


    Avatar photo
आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित

भक्तपुर- मध्यपुर थिमीस्थित बालकुमारी देवी काठमाडौं उपत्यकाका चार कुमारीमध्ये एक हुन्। बालकुमारी मन्दिरलाई स्थानीय बासिन्दाले ‘क्‍वालाखु द्यः’को नामले चिन्छन्।

Advertisement

यो मन्दिर मध्यपुर थिमीको क्‍वलाखु टोलको मुख्य सडकमा अवस्थित छ। र, यो टोल मध्यपुर थिमी-४ मा पर्छ।

स्थानीय समुदायका लागि बालकुमारी केवल मन्दिरभित्रकी देवी मात्र होइनन्, उनलाई एक अभिभावकका रूपमा पूजा गरिन्छ। यहाँका बासिन्दाले उनलाई आफ्नो संरक्षक मान्छन्।

मानिसहरू यस मन्दिरलाई सुरक्षाको प्रतीक मान्छन्। र, दैनिक जीवनका महत्त्वपूर्ण पक्षहरूमा उनको आशीर्वाद लिन्छन्। विवाह, व्रतबन्धजस्ता संस्कारहरू यही मन्दिरमा गरिन्छ।

बालकुमारी मन्दिरको संरचना पनि अत्यन्तै विशेष र कलात्मक छ। यो मन्दिर तीन तलाको छ। र, प्यागोडा शैलीमा बनाइएको छ। मन्दिरको प्रांगण इँटाले बनेको छ। र, मन्दिरको वातावरण शान्त छ। मन्दिर वरिपरि विभिन्‍न साना-ठूला देवी देवताहरूका मूर्ति राखिएको छ। तीमध्ये विशेष र महत्त्वपूर्ण छ, डिगु भैरवको मूर्ति।

मन्दिरको मूल संरचना तीनतले छाना, प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मन्दिरको अगाडिको भाग उत्तरतिर फर्र्किएको छ। र कुनाकाप्चामा कलात्मक काठका बुटाहरूले भरिएका पाताहरू सजाइएको छ। मन्दिरको छानाको चारैतिर स-साना घण्टीहरू झुन्ड्याइएको छ, जसले हावासँगै मिठो स्वर दिइरहेका हुन्छन्।

मन्दिर अघिल्तिर एउटा स्तम्भ छ, जसमा कलात्मक रूपमा मयूरको आकृति कुँदिएको छ। पहिले मन्दिरको चारैतिर यस्तै स्तम्भ थिए। तर, तीमध्य धेरै चोरी भएको स्थानीय बासिन्दा बताउँछन्। र, अहिले केवल एउटा बाँकी छ।

बालकुमारी मन्दिर धार्मिक, सांस्कुतिक, ऐतिहासिक र कलात्मक दृष्‍टिले मध्यपुर थिमीको गौरवको प्रतीक बनेको छ।

यसको इतिहास पनि निकै पुरानो छ। यो मन्दिर १७ औं शताब्दीमा निर्माण भएको मानिन्छ। किंवदन्तीअनुसार त्यतिबेला मध्यपुरका एक व्यापारी व्यापार गर्न ललितपुरको लुभू जाने गर्थे। सोही क्रममा लुभूकी राजकुमारीसँग ती व्यापारीको प्रेम सम्बन्ध कायम भयो। र, राजकुमारीले पनि ती व्यापारीलाई मन पराउँथिन्।

केही समयपछि उनीहरूको प्रेम सम्बन्धका कारण राजकुमारी गर्भवती भइन्। त्यसपछि राजकुमारीले ती व्यापारीलाई उनीसँगै थिमी लैजाऊ भनिन्। व्यापारीले पनि प्रस्ताव स्वीकारे। र, राजकुमारीसामु एउटा शर्त राख्दै भने, ‘यदि तिमी थिमी आउन चाहन्छौ भने बालकुमारी देवीलाई पनि साथमा ल्याउनुपर्छ।’

राजकुमारीले व्यापारीको शर्त स्वीकारिन्। र, बालकुमारी देवीलाई लुभूबाट थिमीमा ल्याइन्। त्यस दिनदेखि बालकुमारी देवीले थिमीलाई आफ्नो बासस्थान बनाएको किंवदन्ती छ। आज पनि मन्दिरमा देवीको मूर्तिको माथि गर्भजस्तो देखिने संरचना छ।

बालकुमारी बिस्का जात्राको सन्दर्भमा सधैं चर्चामा रहने मन्दिर हो। बिस्का जात्राको दिन विभिन्‍न ठाउँबाट रथमा भगवान् विराजमान गराई बालकुमारी मन्दिरको परिक्रमा गराइन्छ। स्थानीय रत्‍नहरि कायस्थका अनुसार बिस्कामा रथहरू बालकुमारी मन्दिर परिक्रमा गराउने चलन पराम्परादेखिकै हो। सोही कारण मध्यपुर थिमी नगरपालिकाले यसको जगेर्ना र संरक्षणका लागि सहयोग गर्दै आएको छ।

बालकुमारी मन्दिरको पश्‍चिमपट्टि पोखरी छ। भनिन्छ, बालकुमारी देवीको वाहन मयूर हो। त्यसकारण मन्दिरको दक्षिणपट्टि देवीको वाहन मयूरको मूर्ति राखिएको हो। यहाँका बासिन्दाले बालकुमारी देवीलाई आफ्नो मुख्य इष्‍टदेवीको रूपमा पूजा गर्छन्। विशेषगरी बडादशैं र बिस्का जात्राको समयमा यहाँ विशेष पूजा गरिन्छ।

स्थानीय हीराकाजी बज्राचार्य भन्छन्, ‘अहिले यहाँ विदेशी पर्यटक पनि पहिलेभन्दा बढ्दै गएका छन्। नगरपालिका र वडाका विभिन्‍न कार्यक्रम यहीं हुने भएकाले पनि अहिले धेरै चहलपहल देखिन्छ।’

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.