• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !


    Avatar photo
मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित

भक्तपुर- ६५ वर्षीय नारायणभक्त था बोडेका स्थायी बासिन्दा हुन्। उनी बोडेको हरेक जात्रा पर्वमा सहभागी हुन्छन्। र, आफूले सक्दो सेवा दिन्छन्। उनी बोडेको लाछी टोलमा बस्छन्। र, जात्रालाई पर्वका रूपमा मात्र नलिई जीवनकै अमूल्य अंग मान्छन्।

Advertisement

उनको बुझाइमा बिस्का जात्रा नयाँ वर्षमा नयाँ सपना र नयाँ युग लिएर आउने उत्सव हो। भन्छन्, ‘नेवारी चाडपर्वहरू सबै तिथिअनुसार मनाइन्छ। तर, बिस्का जात्रा मात्र एउटा यस्तो चाड हो, जुन मितिअनुसार मनाइन्छ।’

उनका अनुसार बोडेमा सातवटा रथको जात्रा गरिन्छ। तीमध्ये कुमारीको एउटा, गणेशका तीन, वाराहीका दुई, महालक्ष्‍मी र भैरवका १-१ रथ हुन्छन्। सातै रथहरूको जात्रा भव्य हुन्छ।

बोडेमा मुख्यतया कुमारीलगायत देवताहरूको जात्रा गरिन्छ। यहाँ जात्राका लागि चैत मसान्तको ४ दिन अगाडि नितः वानेगु गर्ने चलन छ। नितः वानेगुको अर्थ शुरुवात हो। यस दिनदेखि बोडेमा जात्राको माहोल शुरु भएको संकेत दिइन्छ।

यस दिन वाराही भगवानको नेतृत्वमा जात्रा शुरु हुन्छ। नारायणभक्त भन्छन्, ‘बोडेको खासी टोलस्थित वाराही मन्दिरमा आबद्ध गुठियारहरू जात्राको निम्तो दिन जान्छन्। र, त्यसरी नै मन्दिरमा पूजाआजाका लागि भेला हुन्छन्। यी पूजाहरूको जिम्मेवारी मुख्यतया गुठीयारहरूको हुन्छ। नित्यपूजाका रूपमा पूजा लैजाने चलन रहिआएको छ। शुरुको दिन भव्य तरिकाले जात्रा गरिँदैन। र, बाजाहरू पनि बजाइँदैन। जात्रा शुरु भयो भन्‍ने भाव मात्र मानिसहरूमा जगाइन्छ।’ त्यस दिन पूजा सकिएपछि गुठीयारहरूबीच भोज खाने चलन छ।

त्यसपछि चैतको अन्तिम दिन गसि छ्वेकेगु गर्ने चलन छ। १ वैशाखमा महालक्ष्‍मी स्थानको अगाडि लिंगो उठाइन्छ।

बोडेकै सुरेन्द्र था श्रेष्‍ठका अनुसार १ वैशाखमा यहाँ रथ पूजाका लागि स्थानीय बासिन्दाहरू नेवारी पोशाकमा बाजागाजासहित नगर परिक्रमा गर्छन्। यस दिन मानिसहरू बोडेबाट रथ पूजाका लागि भनेर नगदेश, थिमी र तिगणीका कोर बस्तीहरूमा द्यो म्हुहिकेगु (परिक्रमा) गरिन्छ।

यो परिक्रमाका लागि पनि एउटा छुट्टै रथ पूजा समिति बनाइएको छ। यदि कसैले व्यक्तिगत आयोजना गर्ने इच्छा देखाएका उनलाई पनि सहभागी हुने अनुमति दिइन्छ। र, इच्छुक व्यक्तिले आफ्नो गच्छेअनुसार दान पनि दिन सक्छन्।

परिक्रमामा जान रथ पूजा समूहले बोडेका हरेक घरमा निमन्त्रणा दिन बर्सेसन कार्ड छाप्ने र घरमा चुल्है निम्तोको कार्ड पुर्‍याउँछ।

 

०००

 

२ वैशाख बिहानीपख १ बजेदेखि बोडेमा कुमारीको जात्रा गरिन्छ। बोडेका बासिन्दाले घर-घरबाट चिलाग बाल्दै जात्रालाई स्वागत गर्छन्। त्यस दिन रथमा कुमारीलाई विराजमाज गराएपछि स्थानीय कुमारी मन्दिरमा लगिन्छ। र, कुमारीलाई रथबाट निकाली मन्दिरमा राखिन्छ। त्यसपछि करिब ५ बजेसम्ममा अरू देवताका ६ वटा रथ बोडेको ल्याकु दरबारमा राखिन्छ। अन्तिममा कुमारीको रथलाई ल्याउन गुठीयारहरूले पूजा गर्नुपर्ने चलन छ। पूजापछि कुमारीको रथ पनि ल्याकु दरबारमा ल्याइन्छ।

२ वैशाखमा स्थानीयवासीहरू बिहानै ल्याकु दरबारमा भगवानहरूको पूजा गर्न भेला हुन्छन्, जसलाई किगकी छावानेउ (पूजा गर्न जानु) भनिन्छ। पूजामा चामल, फूल, टीका र ऐला चढाइन्छ। यस दिन बोडेका बासिन्दाहरूको घरमा भोज हुँदैन। त्यसैले सबै स्थानीयवासी भगवानहरूको पूजा गर्न मन्दिरमा घुइँचो लाग्छन्।

करिब एक हजार वर्षअघि लिच्छवी वंशको शासनकालमा यस पर्वको शुरुवात भएको मानिन्छ। त्यतिबेला बोडे नगर नीलवाराही जंगलको छेउमा थियो। नीलवाराही वनका दुष्‍ट आत्माले बोडेमा बसोबास गर्न थालेपछि त्यहाँबाट बसाईं सर्नुपरेको किंवदन्ती छ। यद्यपि, दुष्‍ट आत्माहरूले उनीहरूलाई पछ्याए र बोडेका मानिसलाई आघात पुर्‍याउन छाडेनन्।

त्यसपछि स्थानीय बासिन्दाले एक विद्वानसँग मद्दत मागे। ती विद्वानले अदृश्य पर्खालहरू खडा गरेर शहरका चारवटा ढोकामा दुष्‍ट आत्माहरूलाई रोक्न मद्दत गरे। दुष्‍ट आत्माहरू तिनै पर्खालमा अड्किए। र, बोडेका मानिसहरूले ती आत्मालाई पके्रर जिब्रो छेडी शहरभरि परेड गराए। र, स्थानीयवासीलाई कदापि दुःख नदिने शर्तमा ती दुष्‍ट आत्माहरूलाई मुक्त गरियो।

त्यसपछि नै बोडे खडेरी, भोकमरी र महामारीबाट मुक्त भएको किंवदन्ती छ। बोडेका बासिन्दालाई विपद् र दुष्‍ट आत्माबाट जोगाउने उद्देश्यले नै बोेडे जात्रा मनाउन थालिएको मानिन्छ।

एक फिट लामो सुईलाई लगभग एक महिनासम्म भिजाइन्छ। र, त्यसपछि स्वयंसेवकको जिब्रो छेडिन्छ। जात्रामा श्रेष्‍ठ परिवारका बोडेका बासिन्दाले मात्र स्वयंसेवा दिन पाउँछन्। ती स्वयंसेवकले जात्रा हुनुअघि ३ दिन व्रत बस्‍नुपर्ने चलन छ। र, जिब्रोबाट रगत बग्‍न नहुने मान्यता छ। यदि त्यसो भयो भने यो समुदायको लागि दुर्भाग्य हुने मान्यता छ।

 

०००

 

३० वर्ष अगाडिसम्म नगदेशको रथ पनि यहाँ जात्राका ल्याइन्थ्यो। र, बोडेको रथ पनि जात्रा गर्दै नगदेश, थिमी, मनोहरा पारिसम्म लगिन्थ्यो। सुरेन्द्रका अनुसार विगतमा आपसमा एकदम मैत्रीपूर्ण भावना राखेर श्रद्धा, भक्ति र विश्‍वासका भगवानको जात्रा गरिन्थ्यो। तर, बीचको एउटा पुस्ता अर्थात् ३० वर्षअघिका मानिसहरूको खराब स्वभावका कारण जात्रामा बिघ्न आएकोजस्तो उनलाई लाग्छ।

 

०००

 

४ वैशाख बिहानीपख १ बजेतिर न्यातेहरूले छुटै जात्राको एउटा परम्परालाई निरन्तरता दिइरहेका छन्। त्यसक्रममा नो लुयाहैउ (बाँसलाई तानेर लैजाने) गरिन्छ। यो जात्रा न्याहरूले मात्र गर्छन्। र, नो लुयाहैऊ गर्ने बेलामा कसैले पनि हेर्न नहुने मान्यता छ। यस दिनमा मानिसहरू आफ्नो घरका झ्याल, ढोकाहरूमा चुकुल लगाएर छिट्टै सुत्छन्। कोही सुतेको छैन भने पनि घरबाहिर हेर्दैनन्।

सुरेन्द्र युवावयमा छँदा जात्रामा एकदमै रमाउँथे। आफ्ना साथीभाइसँग मिलेर नगदेश र थिमीका जात्राहरू सकेर बोडेको जात्रामा सहभागी हुन्थे। भन्छन्, ‘यो समयमा कुनै न कुनै ठाउँमा जात्रा भइराख्‍ने हुँदा हामी रातभर सुत्दैनथ्यौं। हामी युवा हुँदा भगवानको रथलाई लडाउने, ठोक्काउने, बिसाउनेजस्ता गतिविधि एकदमै कम हुन्थे। र, सकेसम्म नरोक्ने टार्गेट हुन्थ्यो।’ उनका अनुसार उनीहरू युवा छँदा दिनभर रथ बोक्ने ताकत हुन्थ्यो। तर, अहिलेका युवामा त्यति ताकत देखिँदैन।

भन्छन्, ‘अहिले त युवा नै छैनन्। हाम्रो यही टोलमा मान्छे गन्‍ने हो भने ५० जना पनि छैनन् होला। सबैजना विदेश पलायन भए।’ उनी आफ्नो संस्कृति र सभ्यता जोगाउन आफ्नो गाउँ-ठाउँका बासिन्दाहरू काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउँछन्।

मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

भर्खरै

  • १.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • २.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ३.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ४.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ५.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

  • ६.
    राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

  • ७.
    सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८.
    एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.