• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रिटायर्डहरूले लेखेर के हुन्छ?


    Avatar photo
सोमबार, माघ ०२, २०७९ मा प्रकाशित

समाज आफैंमा एउटा ब्रह्माण्ड हो, एउटा प्रणाली हो। ‘स्ट्रकचरल फंक्सनलिजम’ले के भन्छ भने समाजका विभिन्‍न आयाम र पाटाहरू हुन्छन्, ती आपसमा अन्तरक्रिया गरिरहन्छन्। आपसी अन्तरक्रियाले आपसी सहमतिको बिन्दु भेट्टाउँदा त्यो समाज चलायमान हुन्छ।

Advertisement

यसपटकको सौराहा बसाइ अर्थपूर्ण रह्यो। अर्थपूर्ण यस मानेमा कि ‘वनमा बस्‍ने जनावर’का साथै ‘घरमा बस्‍ने मान्छे’ समेतको अध्ययन गर्न पाइयो। आनीबानीका कारण ‘फिल्ड अध्ययन’मा म आफू अल्छी स्वभावको भए पनि हेमन्त सरलगायत रेग्मी सर, खतिवडा सर, प्रसाईं सरहरूको अनुभव सुनेर ज्ञान हासिलचाहीं मैले गरेकै हुँ। झिसमिसे बिहानै उठेर बाक्लो कुहिरो र शीत झेल्दै गरेको मर्निङ् वाकमा जंगली गैंडासँग ठोक्किन पुग्‍ने म होइन, वहाँहरू नै हो।

सौराहामा वन्यजन्तुको संख्या कम र मानिसको संख्या बढी भएको प्रष्‍ट देख्‍न सकिन्थ्यो। मेची-महाकालीबाट आएका विद्यार्थी, आमा समूह, सहकारी समूहहरू देखिने सौराहामा पर्यटक भने फाटफुट मात्र देखिए। यति सानो एरिया भएको यो सौराहामा घुमफिर गर्न जति मानिस ओइरिन्छन्, त्यसको ३ गुना क्षमतायुक्त होटलहरू भएको अनुमान लगाइयो। कुन आम्दानीले चल्छन् यतिका होटेलहरू, भन्‍न सकिँदैन।

अब जाऔं माथिको शीर्षकतिर। जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि। यसको अर्थ के भने सबै मानिसको घुम्‍ने रहर हुँदैन या त्यस्तो रहर भए पनि घरबाट निस्किहाल्न सक्दैनन्, एक (स्पष्‍टीकरणः यसमा कति जनाको आर्थिक कारण हुनसक्ला, कतिको मानसिक वा शारीरिक; कति जनाको घरमा वृद्ध बाआमालाई छाडेर जान नमिल्ला; कति जनाले साथी नपाएका कारण घुम्‍न नजालान् आदि आदि। यी सबैका बावजुद कतिपयको घुम्‍नेफिर्ने आदत हुँदैन)। घुमफिर गर्दैमा कतिपयमा नौला चिजबीज ‘नोटिस’ गर्ने क्षमता हुँदैन, दुई। नौला चिजबीज देख्दैमा त्यसको अनुभूति गर्ने क्षमता जो कोहीमा हुँदैन, तीन। अनुभूति गर्दैमा प्रष्‍फुटन क्षमता हुँदैन, चार। प्रष्‍फुटन अर्थात् लेख्‍ने-बोल्ने क्षमता। त्यो नहुँदैमा के हुन्छ? केही हुँदैन। सबैले लेख्‍न, पढ्न, बोल्न सक्नुपर्छ भन्‍ने छ यो दुनियाँमा? छैन। के लेख्‍ने-पढ्ने-बोल्ने मात्र ‘ह्युमन क्‍वालिटी’ हो? होइन। अनि के त? लेख्‍ने किन?

घुम्‍नेफिर्ने कुरा छाडौं। समाज आफैंमा एउटा ब्रह्माण्ड हो, एउटा प्रणाली हो। ‘स्ट्रकचरल फंक्सनलिजम’ले के भन्छ भने समाजका विभिन्‍न आयाम र पाटाहरू हुन्छन्, ती आपसमा अन्तरक्रिया गरिरहन्छन्। आपसी अन्तरक्रियाले आपसी सहमतिको बिन्दु भेट्टाउँदा त्यो समाज चलायमान हुन्छ। जस्तो कि नेपालको समाज एकात्मकबाट बहुलवादमा गयो, गणतन्त्र स्थापित भयो; सीमान्तकृत समुदाय, महिला, आदिवासी, जनजातिका (अपेक्षित व्यवस्था नभए पनि) सुनुवाइ हुँदै गएको अवस्था विद्यमान छ।

मानवअधिकारका कुरा, मौलिक हकका कुरा, व्यक्तिगत अधिकारका कुरा सतहमा आए। र, समाज निरन्तर रूपमा अघि बढ्दै आयो। नेपाली समाजमा उत्पन्‍न भएका विवादहरूमा एकखालको सहमति हुँदै आएको छ, भलै त्यो अपर्याप्त किन नहोओस्। त्यसैले समाज सन्तुलनमा उभिएको छ। नत्र भने समाज छिन्‍नभिन्‍न भई सुडान, कंगो वा हाइटी मार्गमा गइसकेको हुने थियो। यी सबै फलाक्न पर्नुको कारण के हो भने सामाजिक अन्तरक्रियाका लागि समाजमा के भइरहेको छ भन्‍ने कुरा देख्‍न सुन्‍न सक्नुपर्छ। यो देख्‍ने-सुन्‍ने कुरा जो कसैको पहुँचमा हुँदैन।

लेख्‍न किन पर्‍यो? जथाभावी टिप्पणी गर्दै किन हिँड्नपर्‍यो? चुप लागेर बस्‍न सकिँदैन? धेरैले यस्तो कुरा गर्छन्। आफ्नै ब्याचमेट एकजना मित्रले मित्रवत् सल्लाह दिनुभयो, ‘तिम्रो लेखाइबाट कोही खुशी छैन, कसैलाई मन परेको छैन।’ धेरै सिनियर सरहरूले लेखिरहन, लेख्‍न नछोड्न प्रोत्साहित गर्नुभएकै थियो तर पछिल्ला दिनमा लेख्‍ने जाँगर हराउँदै गयो। गर्ने काम केही नपाएर लेख्‍न बसेको जस्तो लाग्‍न थाल्यो आफैंलाई। तर, उपेन्द्र पोखरेलजीले छोड्नुभएन, झकझक्याइरहनु भयो। हेमन्त सरले पनि ‘के हो, किन नलेखेको’ भनी सम्झाउनुभयो।

पदमा बहाल छँदा केही नलेख्‍ने, नबोल्ने, कुनै पहल नलिने, पदीय ग्लेमरमा हराएर आफ्नो समय व्यतित गर्ने रिटायर्डहरूले किन लेख्‍ने भन्‍ने प्रश्‍नले टाउकोमै हान्यो। यसको पहिलो जवाफ सिनियर सर राजेन्द्रसिंह भण्डारीले दिइसक्नुभएको छ। दोस्रोपटक जवाफ दिनेमा मेरा मित्र रविन्द्रनाथ रेग्मी हुनुहुन्छ। वहाँहरूले आफ्नो जवाफमा भन्‍नुभएको छ कि त्यतिबेला भएगरेका कामहरू खोज्‍नु, पढ्नु वा सोध्नु। यसमा मेरो थप जवाफ यसप्रकार छ कि सबै मानिस क्रान्तिकारी हुन सक्दैनन् र यो आवश्यक पनि छैन। ‘कडा’ देखिन राजीनामा दिन पर्दैन। टेबलको सिसा फुटाउन पर्दैन। फाइल च्यात्न पर्दैन। लडाईं-झगडा गर्नुपर्दैन। हरेक मानिसको आ-आफ्ना दायरा हुन्छन्, सीमा हुन्छन्, स्वभाव हुन्छन्। आफ्नो समयमा शिष्‍टतापूर्वक नयाँ कामको पहलकदमी लियो कि लिएन भन्‍ने मात्र महत्त्वपूर्ण हुन्छ।

यो पंक्तिकार एक वर्ष नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत रहँदा बहालवाला र अवकाशप्राप्त अधिकृतहरूसँग भेट्ने अवसरहरू जुट्दा आफ्ना जिज्ञासाहरू राख्‍न छाडिनँ। अवकाशवालाहरूको भनाइमा सके सार्वजनिक अभियन्ताका रूपमा रमाउनुस् वा ‘रिसोर्स पर्सन’ बन्‍नुस् वा अध्ययनमा लाग्‍नुस् वा अध्यात्ममा। केही अवश्य गर्नुस्; मानव जीवनको अर्थ हरदम क्रियाशील रहनु हो भन्‍ने आशय पाउँथें। कतिपय रिटायर्डहरू पत्रपत्रिकामा लेख्‍ने, टीभीमा बोल्ने गरेर आफ्नो धर्म निभाइरहेका हुन्थे अनि कोही पुस्तक लेखेका हुने गर्थे। सरकारकै मुख ताकेर वा कसैलाई आक्षेप लगाएर, धारे हात लगाएर, अकर्मण्य समय बिताउने महापुरुषहरू मैले त्यहाँ भेटिनँ।

नेपालमा पूर्व आईजीपीहरूको एउटा संस्था छ, जो बेलाबखत सकृय हुने गर्छ। हालै मात्र यसको सभाले पारित गरेर सरकारले चाल्न खोजेको गैरकानूनी, अनैतिक कदमलाई जसरी ब्रेक लगाउन सफल भयो, त्यो सदा स्तुत्य छ। यसको थप सकृयताको कामना पनि गर्छु।

समाजमा घटेका वा सम्भावित कुनै घटना देख्‍नु, अनुभूत गर्नु र अभिव्यक्ति दिनु एउटा परोपकारी कार्य हो भनी ठान्दछु- निस्पृह भावले भए गरेसम्म। कुत्सित मनसायले केही हासिल गर्ने अभिप्रायले गरेको कार्य परोपकार होइन। तर, सबैले परोपकार गर्नुपर्छ वा समाजसेवा गर्नपर्छ, लेख्‍नबोल्न पर्छ भन्‍नेचाहीं होइन।

अब मुल प्रश्‍नमा जाऔं। रिटायर्डहरूले लेखेर के हुन्छ? यसको सीधा जवाफ हो- केही पनि हुँदैन। त्यसो भए किन लेख्‍ने? सार्वजनिक अभिमत तयार गर्नका लागि। यो एउटा’अपिनियन बिल्डिङ प्रोसेस’ मात्र हो। लेख्‍नेबोल्ने कार्यले कुनै उत्पादन गर्दैन, न त कसैको सार्वजनिक व्यवहारमा गुणात्मक विकास हुने गर्छ। मैले वा कोही रिटायर्ड सरहरूले लेख्दैमा नेपालमा कुनै परिवर्तन हुने गुन्जायस छैन। अर्को दृष्‍टिकोणबाट हेर्दा लेख्‍नुबोल्नु फगत् आत्मसन्तुष्‍टीको कार्य मात्र हो।

तर, लेखन कस्तो हुनुपर्छ भन्‍ने प्रश्‍नचाहीं सतहमा सुस्ताएको छ। के मनसायले लेख्‍ने? कसैको दोहोलो काढ्न? वा पूर्व रिसइवी साँध्‍न? बिगार्न? भत्काउन? त्यसोचाहीं होइन। मेरो आफ्नो कुरा गर्नुपर्दा नेपाल प्रहरी मेरो मातृ संस्था हो र म सदैव यसलाई माया गरिरहेको हुनेछु। यस उपर भएगरेका हस्तक्षेप, व्यवधान, अकर्मण्यताको म सधैं विरोध गरिरहनेछु। मैले अभिव्यक्त गरेका कुराहरू कोही व्यक्तिविरुद्ध छैनन्। संस्थाको हित र विकास एक मात्र लक्ष्‍य हो, मेरो र सबै ‘रिटायर्ड’ सरहरूको। अस्तु।

सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.