• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

हात्तीको हमलाले सिकाएको वैकल्पिक जीवन


    Avatar photo
शनिबार, पुष ३०, २०७९ मा प्रकाशित

आफ्नो थातथलोमा बस्‍न चाहनेहरूका लागि शहर त विकल्प थिएन नै, त्यसैले यहाँका बासिन्दाहरूले जीवन धान्‍ने विकल्पको खोजीमा परम्परागत खेतीबालीहरू परिवर्तित गर्ने क्रम बढ्दो छ।

Advertisement

बाहुण्डाँगी (झापा)- विगत ४५ वर्षदेखि भारतीय क्षेत्रबाट आउने जंगली हात्तीका कारण मेचीनगरको बाहुण्डाँगीका बासिन्दा प्रताडित छन्। त्यहाँका कतिपयले शहरतिर बसाइँ सारिसके, शहरमा समायोजन हुन नसक्ने कमजोर आर्थिक अवस्थाका परिवार हात्तीसँगै लड्दै भिड्दै बाहुण्डाँगीमै बस्‍न विवश छन्। तर, अब उनीहरू पनि कम छैनन्, हात्तीले मन नपराउने बाली छानेर जीवीकोपार्जन गर्न थालेका छन्।

आफ्नो थातथलोमा बस्‍न चाहनेहरूका लागि शहर त विकल्प थिएन नै, त्यसैले यहाँका बासिन्दाहरूले जीवन धान्‍ने विकल्पको खोजीमा परम्परागत खेतीबालीहरू परिवर्तित गर्ने क्रम बढ्दो छ।

चियामा कृषकको आँखा

कतिपय विदेश बसेर केही रकम जोड्न सक्षमहरूले व्यावसायिक पशुपालनको अभ्यास थालेको देखिन्छ। केही कृषकले भने व्यावसायिक रूपमा चिया, कागती खेतीतर्फ आफ्नो कर्म बढाएका छन्। जंगली हात्तीको आतंक र आक्रमणका कारण देशभरि नै पहिचान बनाएको साविक वाहुण्डाँगी गाविस (हालको मेचीनगर नगरपालिका-१, २, ३ र ४) मा मात्रै १५ सय बिगाहामा चिया खेती फस्टाएको छ। स्थानीय उद्यमी विनोद रञ्‍जितकार तिनै कृषकमध्येमा पर्छन्, जसले विगत ३० वर्षदेखि चिया खेती गरिरहेका छन्। उनी हालका चिया उद्यमी हुन्। चिया खेती फस्टाएकै कारण यस क्षेत्रमा मात्रै ४ वटा चिया मिलहरू सफल रूपमा सञ्‍चालनमा छन्।

अन्‍नबाली भित्र्याउने समयमा हात्तीका कारण बाली र आफ्नो ज्यानको समेत जोखिम हुने गर्छ, बाहुण्डाँगीमा। तर, चिया तथा कागतीमा हात्ती आकर्षित हुँदैन। सोही कारण अन्‍नबालीको तुलनामा यी खेती तुलनात्मक रूपमा सुरक्षित र लाभदायी हुने स्थानीय कृषकहरूको अनुभव छ।

यसै क्षेत्रमा स्थापित चिया मिलका कारण कृषकले उत्पादन गर्ने हरियो चिया पत्तीको बजारसमेत कठिन छैन। ज्यामी र अन्य उत्पादन खर्चको तुलनामा अन्‍नबालीभन्दा लाभदायक हुने भएकाले कृषकहरू व्यावसायिक चिया खेतीतर्फ अगाडि बढेको पाइन्छ।

हात्तीले विनाश नगर्ने सुपारी

विगत लामो समय घरको आसपास र कोठेबारीमा समेत गरिँदै आएको सुपारी खेती पनि यहाँका कृषकको रोजाइमा परेको छ। हाल अन्‍नबाली उत्पादन हुने खेतमा समेत यहाँका कृषकहरूले सुपारी खेती गर्न थालेका छन्। सुपारी खेती हात्तीबाट बचाउन अन्‍नबालीभन्दा सजिलो, अन्‍नबालीको तुलनामा उत्पादन खर्च कम, सुपारी खेतीसँगै मरिच, तेजपत्ता, बेसार लगायतका मिश्रित बाली लगाउने सुविधाका कारण पनि कृषक यता मोडिएको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष तथा पूर्वगाविस अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन्।

तिवारीले उपलब्ध गराएको तत्कालीन जिविस र कृषि विकास कार्यालय झापाको आव ०६५-६६ को सुपारीसम्बन्धी तथ्यांक हेरौं। त्यतिबेला ८३५ सय बिगाहा ९ कठ्ठा ५ धुरमा सुपारी खेती गरिएको पाइन्छ। र, ५९६ विगाहा १३ कठ्ठा ६ धुरमा सुपारी फलेको देखिन्छ। त्यसबाट जम्मा ३३ हजार ४०५ क्विन्टल सुपारी उत्पादन भएको थियो।

करिब १४ वर्षपछि उत्पादनको परिमाण बढेकाले पर्याप्त सुपारी प्रशोधन केन्द्रहरू समेत यस क्षेत्रमा स्थापना भएका छन्। हाल सुपारी प्रशोधन केन्द्रमा सिजनमा दैनिक ५०० जनाले रोजगारी पाइरहेका छन। यसका अलावा सुपारीको बोटबाट निस्कने बोक्राबाट थाल, बटुका बनाउने उद्योग सञ्‍चालन भएका र यसमा समेत रोजगारी उपलब्ध हुने र भारतबाट आउने प्लास्टिक तथा थर्मोकोलका सामानहरू समेत विस्थापित हुन गई वातावरणीय लाभ पुगेको तिवारीको भनाइ छ। यस्तै, मरिच र तेजपत्ताको उत्पादनसमेत उल्लेख्य परिमाणमा बढेको छ।

कागतीले बदल्दै जीवन

हात्तीका कारण अन्य बाली खेतबारीबाट घर पुर्‍याउनै कठिन भएको बताउने मेचीनगर-४ का करुण अधिकारीले आफ्नो २ बिगाहा जमिनमा कागती लगाएका छन्। काँडादार वनस्पती भएका कारण सानोमा हात्तीले कुल्चिने जोखिम भए पनि ठूलो भएपछि हात्तीबाट विनाश हुने सम्भावना छैन। किनकि, हात्ती कागती खेतीमा पस्दैन। उत्पादनसमेत अन्‍नबालीको तुलनामा लाभदायक हुने भएकाले अन्य कृषक पनि यसतर्फ आकर्षित हुन थालेको मेचीनगर-४ आमडाँगीका डम्वर रञ्‍जितकारको भनाइ छ। भारत र नेपालमा कागती उत्पादन हुने समय फरक छ। सोही कारण बाहुण्डाँगीमा उत्पादित कागतीलाई बजारको समस्या छैन।

गाई पालन, बजारमा दूध

पछिल्लो समय यस क्षेत्रका युवा व्यावसायिक पशुपालनमा आकर्षित हुनु पनि हात्तीकै समस्या कारक रहेको स्थानीय केशव सुवेदी बताउँछन्। उनी पनि अहिले व्यावसायिक गाई पालन गरिरहेका छन्। र, दूध बजारमा पुर्‍याइरहेका छन्। उनका अनुसार यस क्षेत्रमा मात्रै २४ वटा गाई फर्म छन्। हरेक गाई फर्ममा ५० देखि १५० को संख्यामा गाई छन्। र, दैनिक करिब ३ हजारदेखि ३ हजार ५०० लिटर दूध उत्पादन हुने गरेको छ। सुवेदीको फर्ममा मात्रै ११० वटा गाई छन्। उनी दैनिक २०० देखि २५० लिटर दूध उत्पादन गर्छन्।

नेपियर घाँसको बढ्दो बजार

अन्‍न उत्पादन हुने खेतहरूमा हाल गाईका लागि सुपर नेपियर जातको घाँस उत्पादन हुन्छ। सुवेदीले मात्रै आफ्नो र भाडामा गरी जम्मा ४० बिगाहामा सुपर नेपियर घाँसको खेती गरेका छन्। सानो बिरुवा छँदा कहिलकाहीं हात्तीले घाँस खाइदिन्छ। तर, खासै ठूलो नोक्सानी बेहोर्नु नपरेको सुवेदीको भनाइ छ। यस क्षेत्रमा मात्रै २०० बिगाहा क्षेत्रमा सुपर नेपियरको खेती गरिएको व्यावसायिक कृषक केशव सुवेदी बताउँछन्।

छैन सरकारको ध्यान

कृषकले जीवनयापनका लागि विकल्प खोजे पनि तीनै तहका सरकारले भने कृषकका समस्या समाधानमा ध्यान दिने गरेको देखिँदैन। व्यावसायिक तथा निर्वाहमुखी पशुपालन गरेका कृषकहरूले यस वर्ष पशुमा लाग्ने लम्पी स्किन नामक रोगबाट धेरै चौपाया गुमाए। तर, स्थानीय सरकारले उपचारका लागि ध्यान दिनु त कता हो कता, यस रोगबाट कति पशु मरे भन्‍ने तथ्यांकसमेत संकलन गर्न सकेन। पशुपालनलाई सहयोग पुर्‍याउने उद्देश्यले नियुक्ति गरेका स्थानीय सरकारका पशु प्राविधिकहरू कृषकको गोठसम्म पुग्न नसकेको कृषकहरूको गुनासो छ। यस क्षेत्रका कृषकहरू बरु भारतका भेटेनरी प्राविधिकहरूको सहयोग लिन बाध्य भए।

कृषकहरूले विकल्पको शुरुवात गरेको अवस्थामा नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार जिम्मेवार बन्‍ने हो भने हात्तीका कारण बाँझो छोडिएका जमिनको समेत पूरा उपयोग हुन सक्छ। र, कृषि तथा पशुपालनले यो क्षेत्रको नै पहिचान बदल्ने देखिन्छ। तर, दुःखको विषय- स्थानीय तहको कृषि शाखामा कृषि तथा पशुपालनसम्बन्धी तथ्यांक संकलन र अद्यावधिक गर्ने कुनै अभ्यास छैन।

यसका लागि कृषकलाई अनुदानभन्दा पनि मुख्य रूपमा प्रभावकारी प्राविधिक सहयोगको खाँचो छ। अध्ययन, अनुसन्धान गर्ने र विभिन्‍न सम्भाव्य बालीको पहिचान गर्ने, उत्पादन सुरक्षा र बजारीकरणका लागि आवश्यक प्रबन्ध मिलाउनतिर स्थानीय सरकारको ध्यान जाने हो भने कृषि उत्पादनकै माध्यमबाट स्थानीय तहको पहिचान बन्‍ने देखिन्छ।

शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.