मेष- नयाँ कामको अवसर मिल्नेछ। तर, आफ्नो मिहिनेताबाट अरूले लाभ उठाउने प्रयास गर्लान्। शत्रुहरू किनारा लाग्ने छन्। इश्र्या गर्नेहरू पछाडि छाडिने छन्।
वृष- आम्दानीका नयाँ स्रोतहरू फला पर्ने छन्। अध्ययनमा सफलताको योग छ। प्रतिस्पर्धामा विजयी हुनु होला।
मिथुन- आवेशमा निर्णय नलिनु होला। आफ्नो योजनालाई गोप्य राखेर अगाडि बढ्दा मात्र सफलता प्राप्त गर्न सकिएला। आफन्तजनको साथ सहयोग मिल्ला।
कर्कट- चिताएको काम रोकिने समय छ। त्यसैले काम थाल्नुअघि राम्ररी योजना बनाउनु होला। सेवामुलक काममा भने लाभ प्राप्त हुनेछ।
सिंह- आत्मविश्वासमा कमी होला। शुभचिन्तकहरूको भावनालाई ध्यान दिनु होला। गोपनीयतामा ध्यान दिएर अगाडि बढ्नुहोला। जबर्जस्ती गर्ने बानी छ भने हटाउनु होला।
कन्या- बेसुरमा निर्णय गर्ने बानीले समस्या निम्त्याउला। शरीर कमजोर रहने र अल्छीले सताउने योग छ। पाहुलाले अल्मल्याउन सक्ने भएकाले छिटै पाहुनालाई बिदा गर्नु होला।
तुला- परिश्रम बढी, प्रतिफल कम हुने योग छ। चोटपटक लाग्न सक्ने भएकाले सतर्कता अपनाउनु होला। इष्टमित्रसँग मनमुटाव हुन सक्छ। सावधानी अपनाउनु होला।
वृश्चिक- आज मिहिनेतको फल प्राप्त हुने समय छ। श्रमको मूल्य प्राप्त हुनाले मन प्रशन्न रहला। रोकिएको काम बन्ने योग पनि छ।
धनु- आज मान सम्मानमा कमी आउने योग छ। तत्कालको लाभ नहेर्नु होला, भविष्यमा ठूलो घाटा बेहोर्नु पर्नेछ। स–साना काममा अल्झिँदा ठूला काम अधुरा रहलान्।
मकर- धर्म र परोपकारमा मन जानेछ। तपाईंको मिहिनेती स्वभावले सम्मानित स्थान दिलाउने छ। तर, अरूको भर नपर्नु होला।
कुम्भ- आफ्नो गोप्य सूचना बाहिरिन सक्छ, काम बिग्रिन सक्छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ध्यान दिनु होला। तथापि, शुभचिन्तकको निरन्तरको साथका कारण परिस्थिति सम्हालिने छ।
मीन- नयाँ व्यवसाय शुरु गर्ने मौका छ। यात्रामा निस्किनुभयो भने खर्च अत्यधिक होला। बोली र व्यवहारमा पनि सजगता अपनाउनु होला। मनोरञ्जनतिर अल्मलिनु नै आजको दिन राम्रो होला।