• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

दशैं मनाउँदैन खोकना, मनाउँछ ‘सिकाली’ र ‘मोहनी’


मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

काठमाडौं- हिन्दू धर्मालम्बीहरूको महान् चाड बडादशैंको रौनक देशभर छाइसकेको छ। घटस्थापनाको दिनदेखि हरेक नेपालीको घर-घरमा जमरा राखिएको छ।

Advertisement

बडादशैंलाई हर्षाेल्लासका साथ मनाउने गरिन्छ। यस अवसरमा देश, विदेशमा रहेका नेपालीहरू आफ्नो जन्मघर फर्किन्छन्। टाढा-टाढा रहेका साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण बडादशैंले जुराइदिन्छ।

दशैंमा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो गर्नुका साथै एकअर्कासँग सुखदुःख साटासाट गरिन्छ। त्यसको बेग्लै मज्जा छ। दशैंमा दक्षिणा, टीका, जमरा र पिङको रमाइलोलाई भिन्नै अर्थ र महत्त्वका साथ हेरिन्छ।

चाडपर्वहरूले घर-घरमा खुशी हुने वातावरण सिर्जना गर्छ। बडादशैंले वर्षभरिको पीडालाई भुलाएर केही समय खुशी हुने माहोल बनाइदिन्छ। दशैं भन्नेबित्तिकै एउटा छुट्टै आनन्द आउँछ। यसले भिन्नै खुशी र सुख प्रदान गर्छ।

दशैंले घर, परिवार, छरछिमेकको वातावरणलाई परिवर्तन गरी हर्ष, उल्लास र रौनकमा परिणत गर्छ। त्यसैले त बडादशैंलाई विशेष महत्त्वका साथ मनाइन्छ। दशैं मनाउन सरकारले नै पाँच दिन सार्वजनिक बिदा दिएको।

देशैभरि हर्ष, उल्लासका साथ आउने र मनाइने बडादशैं नेपालको कुनै एक भेगमा मनाइँदैन भन्दा कतिपयलाई अचम्म लाग्न पनि सक्छ। तर, यो सत्य हो। ललितपुरको लगनखेल बसपार्कबाट ५ किलोमिटरको दूरीमा रहेको खोकना गाउँको रहनसहन नै छुट्टै छ। ललितपुर वडा नम्बर-२१ मा पर्ने यो गाउँ कला, संस्कृति र सम्पदाले भरिपूर्ण छ।

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा यहाँ भने ‘सिकाली’ जात्रा धुमधामले चलिरहेको छ। हिन्दू धर्मावलम्बीहरू दशैंको रमझममा रमाइरहँदा यहाँका बासिन्दा भने सिकाली जात्रामा रमाइरहेका छन्।

खेतभरि लहलह झुलिरहेका धान। चारैतिर हरियाली, बीचमा छ खोकना गाउँ। नेपालीहरूले दशैंका लागि घटस्थापनाका दिनबाट घरघरमा जमरा राख्छन्। तर, यो समुदायले दशैंमा न त जमरा राख्छ, न त राटो टीका नै लगाउँछ।

यस गाउँले दशैं मनाउने मामिलामा छुट्टै परम्परा बोकेर अघि बढिरहेको छ। दशैंमा दशैं भनेर मनाउने चलन नरहेको नेपाल भाषा शिक्षक किरण महर्जन बताउँछन्। भन्छन्, ‘यहाँ जमरा राखिँदैन। खस समुदायले दशैं भनेर जमरा राख्ने गरेको भए पनि खोकनामा प्रायः नेवारहरूले दशैंको समयमा मोहनी र सिकाली जात्रा मनाउँछन्। दशैंमा खोकनामा सिकाली जात्रा र मोहनी धुमधामका साथ मनाइन्छ। यहाँ दशैंका दिन ‘मोहनी टीका’ भनेर दियो बाल्दा जम्मा हुने ध्वाँसोसँग चामल मुछेर कालो टीका लगाउने प्रचलन छ। जसलाई भगवती शक्तिको प्रतीकको रूपमा लिइन्छ।’

चारैतिर दशैंको रौनक छाइरहँदा खोकनामा भने जात्रा शुरु भइसकेको छ। खोकनावासी आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनबाट पूजापाठ गर्न शुरु गर्छन्। नेपालका अन्य समुदायले मनाउने दशैंजस्तै उनीहरूले फूलपातीकोे अघिल्लो दिनसम्म सिकाली जात्रा मनाउँछन्। किरणका अनुसार दशैं अवधिभर खोकनामा विभिन्न देवी देवताको रुप धारण गर्ने, सिकाली जात्रा, रुद्रायणी देवीको नाच, घ्याम्पो जात्रा, रुद्रायणी देवीको खट चल्ने गर्छ। यो खोकनावासीको मौलिक परम्परा पनि हो।

के के हुन्छ सिकालीमा ?

आश्विन शुक्ल चतुर्थीदेखि आश्विन शुक्ल सप्तमीसम्म मनाइने यस जात्राको आफ्नै छुट्टै विशेषता रहेको नेपाल भाषा शिक्षक किरण बताउँछन्। उनका अनुसार जात्राको पहिलो ३ गुठी (तः गुठी, जम्मू गुठी र सालाः गुठी)मा बडेमानका १-१ वटा राँगो काटिन्छ र गुठीमा जानेहरूको भोज हुन्छ। त्यस्तै, दोस्रो दिन खोकनावासीहरू घर-घरमा भोज गर्छन्।

तेस्रो दिन मुल जात्रा हुन्छ। त्यसदिन खोकनाको मुख्य मन्दिर श्री रुद्रायणी माईको मन्दिरमा राति करिब साढे ३ बजेदेखि श्री रुद्रायाणीमाईलाई खटमा राखी सिकाली चौर लगिने र ३ वटा गुठीका ध्याम्पो जुनमा कालो जाँड राखेको हुन्छ। त्यसलाई राति नै सिकाली मन्दिर लगिन्छ।

त्यससँगै चौथो दिनको जात्रा शुरु हुन्छ। ठूलो मैदानमा विभिन्न मुकुट लगाएका देवी देवताको जात्रा हुन्छ, जसलाई सिकाली जात्रा भनिन्छ। दिउँसो ४ बजेदेखि मुकुट लगाएका देवीदेवताहरूलाई नगर परिक्रममा गराई देवतालाई मन्दिरमा भित्र्याइन्छ।

अन्तिम अर्थात् पाँचौं दिन देवी देवताको नाच देखाउने प्रचलन छ। मुकुट लगाएका देवताहरू जस्तै भैरव, कार्की, कुमारी, ब्रह्मायणी, हनुमान, शक्ति आदिले दिनभर पौराणिक नाचहरू देखाउँछन् र यससँगै जात्रा सकिने शिक्षक किरणले जानकारी दिए। दशैंलाई विविध नामले नामाकरण गरे पनि मूलतः शक्ति उपासना गर्ने पर्वका रूपमा यसलाई लिइने गरेको किरणको भनाइ छ।

  • खोकना
  • मोहनी जात्रा
  • सिकाली जात्रा
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.