गाेदावरी : सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दार्चुलाका विष्टलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले जानकारी दिए।
Advertisement
विष्ट यसअघि आयोगको सदस्यमा नियुक्त भएका थिए। मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुर निवासी जगत्बहादुर रावललाई आयोगको सदस्यमा नियुक्त गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले गत वर्षको असोज ८ गते पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।