• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

सुनचाँदीको मूल्य बढ्यो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था


    Avatar photo
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–५ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ओआरएस तथा हिट वे सेन्टर सञ्चालनमा ल्याइएको छ।

Advertisement

गर्मी तथा वर्षायाममा हुने झाडापखाला, बान्ता, अत्यधिक पसिना तथा शरीरमा पानी र इलेक्ट्रोलाइटको कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा ओआरएस सेन्टर स्थापना गरिएको हो। निसर्ग अस्पतालको आर्थिक सहयोग तथा धनगढी उपमहानगरपालिका–५ को वडा कार्यालयको समन्वयमा सेन्टर स्थापना गरिएको विद्यालयले जनाएको छ।

ओआरएस (Oral Rehydration Salts) भनेको शरीरमा पानी तथा आवश्यक इलेक्ट्रोलाइटको कमी हुँदा पुनः पानी तथा लवणको सन्तुलन कायम गर्न प्रयोग गरिने जीवनजल हो। विशेषगरी अत्यधिक गर्मी, झाडापखाला तथा बान्ताका कारण शरीरमा पानीको कमी हुँदा ओआरएस उपयोगी हुने भएकाले विद्यालयमै यसको व्यवस्था गरिएको हो।

एक कार्यक्रमबीच निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त र धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष तथा पञ्चोदय माध्यमिक विद्यालयका अध्यक्ष गजेन्द्र शाहीले संयुक्त रूपमा ओआरएस तथा हिट वे सेन्टरको उद्घाटन गरेका हुन्।

उद्घाटनपछि वडाध्यक्ष शाहीले धनगढीमा गर्मीको समयमा अत्यधिक तापक्रम बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर विद्यार्थीको स्वास्थ्यमा समेत पर्ने गरेको बताए।

“धनगढीको गर्मी सामान्य गर्मी होइन। अत्यधिक तापक्रमका कारण विद्यार्थीहरू कमजोर हुने, चक्कर लाग्ने र कतिपय अवस्थामा बेहोससमेत हुने अवस्था देखिन्छ। यस्तो अवस्थामा विद्यालयमै तत्काल ओआरएस उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले यो सेन्टर सञ्चालन गरेका हौँ,” उनले भने।

विद्यार्थीलाई सुरक्षित वातावरणमा अध्ययन गर्ने वातावरण निर्माण गर्नु विद्यालयको जिम्मेवारी भएको बताउँदै शाहीले पढाइसँगै विद्यार्थीको स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए।

निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले विद्यालयमा सञ्चालन गरिएको यो अभियानलाई आवश्यकता र प्रभावकारिताका आधारमा धनगढी उपमहानगरपालिकाका अन्य विद्यालयमा समेत क्रमशः विस्तार गर्दै लैजाने बताए।

“विद्यार्थीको स्वास्थ्य सुरक्षामा विद्यालय र समुदायको साझेदारी आवश्यक छ। पञ्चोदयमा सुरु गरिएको यो पहलबाट विद्यार्थीलाई गर्मीका कारण तत्काल देखिने समस्यामा सहयोग पुग्ने अपेक्षा गरेका छौँ। आवश्यकता र सम्भावनाका आधारमा अन्य विद्यालयमा पनि यस्तो व्यवस्था विस्तार गर्ने हाम्रो योजना छ,” पन्तले भने ।

सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले गर्मीका कारण बालबालिकामा शरीरमा पानी तथा इलेक्ट्रोलाइटको कमी हुने समस्या देखिन सक्ने बताए।

“बालबालिकामा शरीरको पानीको मात्रा कम हुँदा कमजोरी, चक्कर लाग्ने, थकान हुनेलगायतका समस्या देखिन सक्छन्। झाडापखाला वा बान्ता भएको अवस्थामा यस्तो जोखिम अझ बढ्छ। त्यसैले पर्याप्त पानी पिउने, अत्यधिक गर्मीबाट जोगिने र आवश्यक अवस्थामा ओआरएसको उचित प्रयोग गर्ने विषयमा विद्यार्थीलाई सचेत गराउनु महत्वपूर्ण हुन्छ,” डा. मिश्रले बताए।

उनले ओआरएसलाई सामान्य अवस्थामा जथाभावी प्रयोग गर्नेभन्दा पानीको कमी भएको अवस्थामा सही विधि र सही मात्रामा प्रयोग गर्नुपर्नेमा जोड दिदै विद्यालयमा यस्तो सेन्टर राख्दा विद्यार्थीलाई तत्काल सहयोग पुग्नुका साथै स्वास्थ्यसम्बन्धी व्यवहारमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालयका प्रधानाध्यापक हरीषकुमार ओझाले पञ्चोदय माध्यमिक विद्यालयमा हाल करिब १ हजार ९ सय विद्यार्थी अध्ययनरत रहेको बताए।

“विद्यार्थीको संख्या ठूलो भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई पनि विद्यालयले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ। गर्मीको समयमा विद्यार्थीलाई अचानक कमजोरी हुने वा शरीरमा पानीको कमी हुने समस्या देखिन सक्छ। यस्तो अवस्थामा विद्यालयमै ओआरएस उपलब्ध हुने व्यवस्था हुनु निकै उपयोगी हुनेछ,” प्रधानाध्यापक ओझाले भने।

उनले विद्यालयमा ओआरएस तथा हिट वे सेन्टर स्थापना गर्न सहयोग गरेको निसर्ग अस्पताल र समन्वय गरेको वडा नम्बर ५ को कार्यालयप्रति धन्यवाद व्यक्त गरे।

सेन्टरमार्फत विद्यार्थीलाई आवश्यक परेको समयमा ओआरएस उपलब्ध गराउनुका साथै शरीरमा पानी तथा इलेक्ट्रोलाइटको कमी हुन नदिन पानी सेवन, गर्मीबाट बच्ने उपाय तथा ओआरएसको उचित प्रयोगसम्बन्धी आधारभूत जानकारीसमेत दिइने विद्यालयले जनाएको छ।

विद्यालयमा ओआरएस तथा हिट वे सेन्टर सञ्चालनमा आएपछि अत्यधिक गर्मीका कारण विद्यार्थीमा देखिन सक्ने कमजोरी, डिहाइड्रेसन लगायतका सामान्य समस्यामा तत्काल प्राथमिक सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति विद्यालय, अभिभावक तथा समुदायको साझा जिम्मेवारी र सचेतना बढाउनसमेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
सुनचाँदीको मूल्य बढ्यो
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

  • २.
    पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

  • ३.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ४.
    डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

  • ५.
    कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

  • ६.
    सुनचाँदीको मूल्य बढ्यो

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.