काठमाडौँ । डान्स रियालिटी शो ‘डीआईडी सुपर मोम्स ३’को प्रोमो हालै सामाजिक सञ्जालमा शेयर गरिएको छ । जसमा अंकिता लोखण्डे र उषा नन्दकर्णी विशेष अतिथिको रुपमा देखा परेकी थिइन् ।
Advertisement
यस प्रोमोमा एक प्रतियोगीले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतलाई अभिनयमार्फत श्रद्धाञ्जलि दिए । प्रदर्शनको क्रममा सुशान्तको तस्बिर देखाइएको थियो । जसलाई देखेर अंकिता र उषा भावुक भएका थिए ।
शोमा आफ्नो र सुशान्तको सम्बन्धको बारेमा कुरा गर्दै अंकिताले भनिन्, ‘उनी मेरो एकदमै नजिकको मिल्ने साथी थिए, मेरा लागि उनी सबैथोक थिए, मलाई विश्वास छ, उनी जहाँ भए पनि धेरै खुसी छन् ।’
सुशान्त सिंहको १४ जुन २०२० मा ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा मृत फेला परेका थिए ।