• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राजविराज सभाको त्यो त्रासदी, कत्लेआमबाट जोगिएको एमाले !


बुधबार, असार २२, २०७९ मा प्रकाशित

राजविराजको त्यस त्रासदीपूर्ण दिनलाई टाढा राख्‍ने हो भने मेची-महाकाली अभियानले तराई-मधेशमा एमालेको शक्तिलाई पुनः जागरण गर्‍यो। ‘एक मधेश एक प्रदेश’को नारा लगाइरहेका शक्तिले मधेशकै बासिन्दाको आर्थिक, सामाजिक शोषण गरिरहेका छन् भन्‍ने सन्देश दियौं।

Advertisement

माओवादी जब शान्ति प्रक्रियामा आयो र सविधानसभाको निर्वाचन हुँदै हामी अगाडि बढ्यौं। त्यस क्रममा विशेषगरी तराई-मधेशमा नेपालका मूल राजनीतिक धार त्यसमा पनि एमाले र कांग्रेसप्रति एउटा नकारात्मक धारणा विस्तार भएको थियो। त्यस्तो नकारात्मक धारणालाई व्यापक बनाइएको थियो। र, माओवादी शान्ति प्रक्रियामा आएपछि तराई-मधेशमा पनि एउटा बलियो शक्तिका रूपमा देखिएको थियो।

त्यसक्रममा तराई-मधेशमा दुईवटा घटना भए। पहिलो- लहानमा राम कार्कीसहितका माओवादीका नेताहरूको एउटा टोली पूर्वबाट काठमाडौं आइरहेका बेला झडप भयो। केही मानिसको ज्यान गयो। दोस्रो- रौतहटमा ठूलो नरसंहार हुन पुग्यो। त्यही क्रममा तराई-मधेशमा फैलाइएको एक किसिमको धारणालाई गलत ढंगले प्रयोग गर्दै मधेशकेन्द्रित दलहरूको उदय भयो। उपेन्द्र यादव नेतृत्वमा एउटा पार्टी बन्यो। र, त्यो पार्टी पहिलो सविधानसभामा राष्‍ट्रिय राजनीतिमा पनि एक उल्लेखनीय शक्तिका साथमा आएको थियो। पहिलो संविधानसभामा चौथौ शक्ति बनेको थियो।

संविधान निर्माण क्रम शुरु भयो। त्यसक्रममा ‘एक मधेश एक प्रदेश’को माग मधेशकेन्द्रित पार्टीले उठाए। एमाले त्यसमा सहमत थिएन। सम्भवतः माओवादी साथीहरू समेत मधेशमा पनि जातीय राज्य बनाउने कुरा गरिरहेका थिए। र, माओवादी बढीमा दुई मधेश प्रदेश बनाउने ठाउँमा पुगेको थियो। त्यसलाई हामीले ठीक ठाउँमा ल्यायौं। मधेशलाई एउटा अलग्गै प्रदेश बनाउनु हुन्‍न भन्‍ने हाम्रो पहिलेदेखिको सोच थियो।

नेपालको विशेषता नै हो, हिमाल, पहाड र तराई-मधेश भोगौलिक रूपमा जोडिएका छन्। नागरिकको बसोवास र बसाइँसराईको ट्रेन्ड पनि त्यस्तै छ। व्यापार, व्यवसायको ट्रेन्ड पनि उत्तर-दक्षिण र दक्षिण-उत्तर नै छ। अन्तरनिर्भरता पनि त्यस्तै छ। र, यो ऐतिहासिक कालदेखि कायम भएकाले प्रदेशहरू बनाउँदा पहाड-मधेश मिलाएर बनाउनुपर्छ भन्‍ने हाम्रो पार्टीको धारणा थियो।

दोस्रो संविधानसभामा हामीले त्यो कुरा अझ जोडदार ढंगले उठायौं। अन्ततः तराईका आठवटा जिल्लालाई राखेर एउटा प्रदेश बनाउने कुरामा हामी सहमत भयौं। किनभने कहीँ न कहीँ त्यो भावनालाई सम्बोधन होस् र सिंगो मधेश (झापादेखि कञ्‍चनपुर) एउटै प्रदेश हुनुहुँदैन भन्‍ने अडान कायम राख्यौं। त्यहाँको भावनालाई प्रतिनिधित्व गर्दै संविधान बनाउने उपाय खोजौं भन्दै गर्दा त्यसमा हामीले एक किसिमको सम्झौता गर्‍यौं।

त्यस क्रममा तराई-मधेशमा एमालेविरुद्ध विष बमन भयो। हाम्रो तराई-मधेशका साथीहरूलाई सांघातिक आक्रमण गरियो। हाम्रो पार्टी कार्यालय तोडफोड, आगजनी गर्नेजस्ता कार्यहरू शुरु भए। त्यसक्रममा तराई-मधेशमा प्रवेश गर्न नदिने, लखेट्ने क्रम शुरु भएको थियो। कार्यक्रम गर्न नदिने, बाहिरबाट जानेलाई डिस्टर्ब गर्नेजस्ता कार्य भए।

त्यसक्रममा म वीरगञ्‍जको एउटा कार्यक्रममा गएको थिएँ। त्यो कार्यक्रम राजनीतिकभन्दा पनि सामाजिक संस्थाले गरेको थियो। मैले त्यहाँ बोल्दा हुटिङ पनि भएको थियो। मैले त्यसबेला भनेको थिएँ, ‘मधेशमा जो साँच्चै पिछडिएको छ, जो दलित, भूमिहीन छ अनि किसान र महिलामाथि नै सबैभन्दा बढी शोषण छ र मधेशका मसिहा भन्‍नेहरूले यो गरिरहेका छन्। यहाँ पहाडिया र मधेशीबीचको विभेद होइन, यो मधेशभित्रैको विभेद हो। र, मधेशमा अहिले पनि आर्थिक, सांस्कृतिक हिसाबले सामन्तवाद छ।’ मेरो धारणा मन नपराउनेहरूले हुटिङ गरेका थिए। मेरो विपक्षमा हुटिङ भएको थियो। मलाई याद छ, म त्यहाँ छठको बेला गएको थिएँ।

बेलुकी म छठको रमाइलो हेर्नलाई घडीअर्वा पोखरीमा घुमेको थिएँ। पोखरी घुम्दै गर्दा अलिकति चालढाल हेर्दा मादक पदार्थ सेवन गरेर आएका युवाले मलाई अभद्र व्यवहार गरेका थिए।

त्यही दिउँसो पत्रकार सम्मेलन गरेको थिएँ। पत्रकार सम्मेलनमा पनि नियतवश मलाई हुटिङ गर्ने काम भएको थियो। मैले जवाफ दिइनँ। अभद्र व्यवहार पनि गरिएको थियो। त्यसपछि म पार्टी अफिसमा गएँ। त्यो बेलासम्म पार्टी अफिसमा चारपटक जति आगजनी भइसकेको थियो। पटक-पटक आगजनी गरिएको थियो। त्यसको बावजुद पनि एमालेका साथीहरू त्यहाँ बसेका थिए। पर्सा जिल्ला यस्तो थियो, संविधानसभा चुनावमा त्यहाँबाट हामीले तीनवटा सांसद जितेका थियौं। त्यतिबेला हामीले उल्लेखनीय सफलता हासिल गरेका थियौं।

मधेश आन्दोलन शुरु भएयता हामी अलिकति थाहा नदिई मिटिङमा जाने-आउने गरिरहेका थियौं। त्यस क्रममा हाम्रा धेरै मिटिङहरू बर्दिवासमा हुन्थे। धनुषा, वीरगञ्‍ज, सप्तरीमा कार्यक्रममा पुग्दा डिस्टर्ब गर्ने काम भइरहेको थियो। राजमार्गको दक्षिणतिर हामीलाई गतिविधि गर्न नदिने खालको स्थिति थियो। त्यस क्रममा हामीले पार्टीका साथीहरूको मनोबल बढाउँदै र संगठित गर्दै लगिरहेका थियौं।

३ असोज ०७२ मा संविधान जारी हुनेबित्तिकै केपी ओली प्रधानमन्त्री हुनुभयो। त्यसबेला भारतको नाकाबन्दी थियो। नाकाबन्दीको हामीले, सिंगो राष्‍ट्रले नै डटेर सामना गरेका थियौं। तराई-मधेशका दलहरूको अचम्मको रवैया के थियो भने उनीहरू पूरा नाकाबन्दीको पक्षमा थिए। सीमा क्षेत्रका भारतीयलाई उचालेर नाकाबन्दी गर्न उकास्‍ने, भारतमै सेल्टर लिने, खानपान, बसोबास गर्नेलगायत गतिविधि गरिरहेका थिए। एक किसिमको नेपालविरुद्धको गतिविधि नै थियो त्यो। केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना गरेको थियोे र विस्तारै भारतले आफैं नाकाबन्दी खुला गर्‍यो। स्थिति सामान्य भयो। तर पनि, हामीलाई मधेशतिर टार्गेट गर्ने, अवरोध सिर्जना भइरहेका थिए।

वामदेव गौतम एउटा कार्यक्रममा धनुषा जानुभएको थियो। रघुवीर महासेठको घरमै बस्‍नुभएको थियो। सोही घरमा आएर पनि ढुंगामुढा गरिएको थियो। त्यही क्रममा हामीले छठकै उपलक्ष्‍यमा हामीले धनुषामा चियापान कार्यक्रम आयोजना गर्‍यौं। पार्टी अध्यक्ष नै जाने तयारी भए पनि सुरक्षालाई मध्यनजर गर्दै उहाँ जान पाउनु भएन। ईश्‍वर पोखरेल महासचिव हुनुहुन्थ्यो। त्यही क्रममा हाम्रो पार्टीको स्थायी कमिटीको बैठकमा छलफल भयो, अब के गर्ने भनेर। यसरी मधेशमा जानै नपाउने, पस्‍नै नपाउने भयो भने ठीक नहुनेबारेमा छलफल भयो।

मधेश भनेको ५५-५६ लाख जनसंख्या भएको क्षेत्र हो। प्रतिनिधिसभाका ३२ वटा निर्वाचन क्षेत्र, ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र, १५० भन्दा बढी स्थानीय तह भएको प्रदेश हो यो। यति ठूलो प्रदेशमा हाम्रो गतिविधि हुन नपाउनु कुनै हिसाबले पनि ठीक थिएन। सधैं हामी लुकीछिपी गएर मात्र भएन। त्यस क्रममा के देखिन्थ्यो भने कांग्रेसका केही मानिस तराई-मधेशका दलहरूसँग मिलेर एमालेलाई लखेट्ने अभियानमा थिए। खासगरी, विमलेन्द्र निधिका क्रियाकलाप त्यस्ता थिए। सीके राउत पनि एमालेलाई लखेट्ने अभियानमै थिए। ‘एक मधेश एक प्रदेश’ बनाउन नदिने अनि पहाड र तराईलाई छुुट्याउन नदिने शक्तिका रूपमा उनीहरूले एमालेलाई बुझेका थिए।

विमलेन्द्रजीले त्यो धमिलो पानीमा एमालेलाई लखेट्न सकियो भने मधेशमा कांग्रेसको एकछत्र राज हुन्छ भन्‍ने बुझेका थिए। स्थायी कमिटीमा यति ठूलो क्षेत्र गुमाउनु हुँदैन भन्‍ने निष्‍कर्ष निस्कियो। र, मेची-महाकाली अभियान सञ्‍चालन गर्ने योजना बन्यो। सबै नेतृत्व जानुपर्छ र तराई-मधेशमा एउटा विशेष अभियान चलाउनुपर्छ भन्‍ने निष्‍कर्षमा पुग्यौं। र, त्यो कार्यक्रममा २१ फागुन ०७३ मा सुखानी स्मृति दिवसको अवसर पारेर झापाबाट शुरु गर्ने निर्णय भयो। त्यसक्रममा विभिन्‍न उपसमिति बनेका थिए। मचाहीं प्रचार संयोजक थिएँ र स्वयंसेवक परिचालन संयोजक पनि थिएँ।

कार्यक्रममा सुरक्षा आफैंले गर्नुपर्छ भनेर ठाउँ-ठाउँमा गएर युवा, विद्यार्थीलाई जम्मा गरेर स्वयंसेवकको टोली बनाउने, प्रशिक्षण दिनेजस्ता कामहरू गरें। त्यो पनि कतिपय ठाउँमा हामीलाई भेला हुन नदिने, डिस्टर्ब गर्नेजस्ता कार्य भइरहेका थिए। सप्तरीमा कार्यक्रम गर्दा फत्तेपुरनजिक पुगेर गर्नुपर्ने, फलानो आएको छ भनेर लखेट्न आउनेजस्ता कार्य हुन्थे। त्यसबाट जोगिएर स्वयंसेवकको तयारी गरिरहेका थियौं।

त्यस क्रममा तराई-मधेशका सुरक्षा प्रमुखहरू भेटेर तयारी गरेर अगाडि बढेका थियौं। २१ फागुनबाट काँकडभिट्टाबाट मेची-महाकाली अभियान शुरु भयो। २० फागुनमा झापा बिर्तामोड पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बस्यो। त्यस क्रममा तराई मधेशमा पनि एउटा सन्देश दिऊँ भनेर करिब २० जना तराई-मधेशका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गर्‍यौं। जुली महतो, रामचन्द्र यादव, रघुवीर महासेठलगायत नेताहरू केन्द्रीय सदस्य मनोनित हुनुभयो।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

अभियानको पहिलो दिन काँकडभिट्टा, बिर्तामोडलगायत ठाउँमा सभा गर्‍यौं। त्यो दिन दमकमा बास बस्यौं। मुख्य-मुख्य मिडियाका पत्रकारलाई माइक्रोबसको व्यवस्थासहित साथमा लगेका थियौं। १५-२० जना पत्रकार हुनुहुन्थ्यो। सबैको व्यवस्थापन मैले नै गरेको थिएँ। भोलिपल्ट हामी विभिन्‍न ठाउँमा कार्यक्रम गर्दै अगाडि बढ्यौं। सुनसरी सदरमुकाम इनरुवाबाट अगाडि बढेपछि भान्टाबारीतिर अलिअलि ढुंगामुढा प्रहार भयो।

सप्तरी सदरमुकाम राजविराज रंगशालामा ठूलो सभा गर्ने योजना थियो। रंगशालामा कार्यक्रम गर्न नदिन मधेशकेन्द्रित दलका कार्यकर्ताले उत्पात मच्चाए। हाम्रा साथीहरूमाथि हातपात गर्ने, कालोमोसो दल्ने काम गरे। त्यतिबेला सप्तरीका एसपी (हाल एआईजी) दिवेश लोहनी र प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना हुनुहुन्थ्यो। उहाँहरूसँग पूर्व-पश्‍चिम राजमार्गमा बोलाएर के एमालेले राजविराजमा कार्यक्रम गर्न नपाउने हो त भनेर प्रश्‍न उठाएँ। एमालेले राजविराजमा कार्यक्रम गर्न नपाउनु ठूलो मुद्दा बन्‍ने सम्झाएँ। देशको त्यतिबेलाको प्रमुख प्रतिपक्षी दल एमाले, त्यसमा पनि सभामा पार्टीका शीर्ष नेताहरू तथा तीन-तीनजना पूर्वप्रधानमन्त्रीहरू केपी ओली, झलनाथ खनाल र माधवकुमार नेपाल जाँदै हुनुहुन्थ्यो। हाम्रो पार्टीले कार्यक्रम गर्न नपाउने? के यो मधेशमा हामी छिर्न नपाउने? हिँड्न नपाउने? यो अलग्गै देश हो? यो तरिकाले कसरी हुन्छ भन्दै कड्किएँ। उहाँहरूलाई ‘जसरी पनि कार्यक्रम गर्छौं, सुरक्षा दिने काम तपाईंहरूको हो। यहाँ भोलि हातपाइ हुने काम भयो भने त्यसको जिम्मा सुरक्षा निकायले लिनुपर्छ। यहाँ एमालेले जसरी पनी कार्यक्रम गर्छ’ भनें।

त्यस क्रममा हामीले सुमन प्याकुरेल, गोविन्द न्यौपानेलगायत साथीहरूसँग पटक-पटक बैठक गर्‍यौं। त्यसपछि राजविराज रंगशालामा नभई औद्यौगिक क्षेत्र परिसरमा सभा गर्ने सहमति भयो। त्यहाँका साथीहरूले मलाई सोधे। अनि, जोखिम कम हुन्छ भनेर औद्योगिक क्षेत्रलाई सभास्थल तय गर्‍यौं। २३ फागुनमा राजविराज औद्योगिक क्षेत्रमा सभा गर्ने तय भयो।

हामीसँग करिब ३०० स्वयंसेवक साथीहरू र २०-२५ जना मिडियाकर्मी थिए। कोशी ब्यारेजमा आइपुग्दा ठाउँ-ठाउँमा रोक्न खोजियो। ढुंगामुढा गरियो। तर पनि, हामी उत्तेजित नभई राजविराज औद्योगिक क्षेत्रसम्म आयौं।

पूर्व-पश्‍चिम राजमार्गको रुपनी हुँदै औद्योगिक क्षेत्रमा पुग्यौं। त्यहाँबाट राजविराज जाने बाटो पूरै छेकिएको थियो। २-४ हजार मानिसहरू हामीविरुद्ध नाराजुलुस गरिरहेका थिए। ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालित थिए। ठाउँ-ठाउँबाट ट्याक्टरमा हजारौंको संख्यामा मानिसहरू आए। किनकि, उनीहरू एमालेलाई सुन्‍न चाहन्थे। कैयौं ठाउँमा हाम्रो यात्रामा अवरोध सिर्जना हुँदा पनि १०औं हजार मानिस हामीलाई सुन्‍न आएका थिए। हाम्रो सभा शुरु भयो। अधिकांश नेताले मैथिलीमा भाषण गर्नुभयो, केहीले भने नेपालीमा। म स्वयंसेवक संयोजक भएकाले मञ्‍चको नजिकै थिएँ।

कसैले आक्रमण नगरोस् भनेर साथीहरूलाई चनाखो राखेको थिएँ। केपी ओली सभालाई सम्बोधन गर्न उठ्नुभयो। त्यहीबेला मलाई पिसाबले च्याप्यो। याताउता हेरें, कतै बाथरुम देखिनँ। अलिपर खेतमा ट्वाइलेट बनाइएको रहेछ, त्यति मोडिएँ। मञ्‍चबाट करिब पाँच मिनटको दूरीमा थियो त्यो। ट्वाइलेट जाँदै गर्दा अलि पर ढुंगा हानाहान भइराखेको देखें। प्रहरीलाई के भइरहेको छ यहाँ भनेर सोधें। प्रहरीले ‘कार्यक्रम छिटो सक्नूस्, झडप भइरहेको छ’ भनेर जवाफ दिए।

पिसाब फेरेर बिजुलीको गतिमा झैं फर्किएँ। केपी ओली बोलिरहनुभएको थियो। सीधै उहाँ बोलिरहेको ठाउँमा पुगें र उहाँको कानमा यथार्थ सूचना दिएँ, ‘गोली चलिरहेको छ, झडप भइरहेको छ। त्यसैले कार्यक्रम छोट्याउनुपर्छ।’

मधेशकेन्द्रित दलहरूका कारण यो दुःखद् घटना भएको थियो। हाम्रो त नेतृत्वकै हत्या गर्ने योजना रहेको प्रष्‍ट भयो। सुरक्षा निकायको त्यति राम्रो प्रबन्ध नभएको भए एमालेका सबै नेताको एकै चिहान हुन्थ्यो त्यहाँ।

सूचना दिइसकेपछि पनि केपी ओलीले १५ मिनटजति बोल्नुभयो। त्यतिञ्‍जेलमा त्यहाँको अवस्था असामान्य भइसकेको थियो। हामीले कार्यक्रम विधिवत् रूपमा अन्त्य गर्‍यौं। हामी औद्यौगिक क्षेत्रभित्र छौं। जे पनि हुनसक्थ्यो। हाम्रो तयारी पनि ठूलो थियो, प्रहरी पनि ठूलो शक्तिमा परिचालन भएको थियो। हामीले भीडको प्रतिकार गर्‍यौं भने अवस्था अझै असामान्य बन्‍न सक्थ्यो। त्यहाँ मधेशकेन्द्रित दलका कार्यकर्ताको उद्देश्य हाम्रो नेतृत्वको हत्या गर्ने थियो। एमालेको नरसंहार गर्ने उद्देश्यले सारा तयारी गरिएको थियो।

तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको नियत ठीक थिएन। त्यति हुँदाहुँदै पनि स्थानीय प्रहरीले राम्रो सुरक्षा दियो। जब कि, गृहमन्त्रीको निर्देशन त्यसविपरीत थियो। उहाँ एमालेमाथि ज्यादती होस् मधेशमा भन्‍ने चाहनु हुन्थ्यो। एमाले मधेशबाट भागोस्, लखेटियोस् भन्‍ने उहाँको चाहना थियो। तथापि, सुरक्षाको राम्रो प्रबन्ध भएकाले हामी सुरक्षित थियौं।

अब हामीले त्यहाँबाट निस्कनु थियो। त्यसैले पहिले नेतृत्वलाई निकाल्नुपर्‍यो भनेर नेताहरूको गाडी निकाल्यौं। त्यसपछि अरू गाडी निकाल्यौं। अन्तिमतिर निस्किनेमा हामी थियौँ। गाडीहरू बाहिर निस्किँदा असिना बर्सेजस्तो गरी ढुंगाको वर्षा भइरहेको थियो। ढुंगा मात्र होइन, मधेशकेन्द्रित दलका कार्यकर्ताको हातमा राइफल र कटुवा पेस्तोल पनि देख्यौं। ढुंगाको वर्षाका कारण म चढेको गाडीका पनि सबै सिसा फुटे। तर पनि, हामी संयम साथ त्यहाँबाट निस्कियौं।

त्यसदिन हाम्रो बास बस्‍ने योजना सप्तरीको महेन्द्रनगरमा थियो। त्यहाँ हामी राति पाँच हजार मानिसलाई खानेबस्‍ने व्यवस्था मिलाएका थियौं। भोलिपल्ट लहान जाने कार्यक्रम थियो। लहानमै बस्‍ने सोचाइ थियो तर सुरक्षा अधिकारीहरूले ‘लहानमा बस्दा सुरक्षाको दृष्‍टिले खतरा छ, झन् ठूलो द्वन्द्व हुन्छ, तपाईंहरू सप्तरीको महेन्द्रनगरमै बास बस्दा ठीक होला। बरु भोलिपल्ट यहाँ कार्यक्रम गर्न आउनु’ भनेर सुझाए। कार्यक्रमस्थलबाट हाम्रो टोली महेन्द्रनगर फर्कियो। हाम्रो सभाका क्रममा केही व्यक्तिको मृत्यु भएको खबर पायौं। मधेशकेन्द्रित दलहरूका कारण यो दुःखद् घटना भएको थियो। हाम्रो त नेतृत्वकै हत्या गर्ने योजना रहेको प्रष्‍ट भयो। सुरक्षा निकायको त्यति राम्रो प्रबन्ध नभएको भए एमालेका सबै नेताको एकै चिहान हुन्थ्यो त्यहाँ।

महेन्द्रनगर पुगेपछि एमालेकै केही उच्च नेता डरपोक निस्किए। त्यत्रो कार्यक्रम गरेर फर्किइसक्यौं। उल्टै केही नेताले त्यहाँबाट छिटो निस्किनुपर्छ भनेर पाकेको भात पनि छाडेर हिँडे। उनीहरू उदयपुरबाट चतरा हुँदै धरान, इटहरी, विराटनगरतिर लागे। सुरक्षा निकायले पनि डर देखाए।

बरु, पार्टी अध्यक्ष ओलीले नै ‘यो सबै हामीलाई नै टार्गेट गरेर भएको हो भने हामी किन भाग्‍ने? स्थितिको मूल्यांकन गरौं, भोलिको कार्यक्रम कसरी गर्ने, सल्लाह गरौं। तर, हामी यतिकै आधारमा भाग्‍नु हुन्‍न’ भनेर ढाढस दिनुभयो। अध्यक्ष ओली महेन्द्रनगरबाट ढिलो निस्किनुभयो। हामी त्यहाँ भएका साथीहरूलाई खाने-बस्‍ने व्यवस्था गरेर राति मात्र निस्कियौं।

महेन्द्रनगर पुगेपछि एमालेकै केही उच्च नेता डरपोक निस्किए। त्यत्रो कार्यक्रम गरेर फर्किइसक्यौं। उल्टै केही नेताले त्यहाँबाट छिटो निस्किनुपर्छ भनेर पाकेको भात पनि छाडेर हिँडे।

त्यहाँ पाँच हजारजना जम्मा हुन सम्भव भएन। कोही कता कोही कता गए, त्यहाँ जम्माजम्मी दुई हजारजनाले खाना खाए। सबैलाई खाना खुवाएर आ-आफ्नो गन्तव्यमा पठायौं। अन्त्यमा हाम्रो टोली निस्किँदा राति दुई बजेको थियो। भोलिपल्टको कार्यक्रम रोक्यौं। २-४ दिन पर्खेर पुनः मेची-महाकाली अभियान शुरु गर्ने सल्लाहसहित काठमाडौं फर्कियौं।

तर, राति हामी लहान हुँदै फर्कियौं। सुरक्षाकर्मीलाई सोधेर निस्किएका थियौं। काठमाडौं आएपछि अरू नेताहरू पनि आए। पछि मिटिङ गरेर स्थिति सामान्य भएपछि हेटौंडाबाट अभियान फेरि शुरु गर्‍यौं, करिब एक साताको ग्यापमा।

राजविराजको त्यस त्रासदीपूर्ण दिनलाई टाढा राख्‍ने हो भने मेची-महाकाली अभियानले तराई-मधेशमा एमालेको शक्तिलाई पुनः जागरण गर्‍यो। साथीहरूको मनोबल बढायो। तराईमा जबर्जस्त पकड बनायौं। ‘एक मधेश एक प्रदेश’को नारा लगाइरहेका शक्तिले मधेशभित्र मधेशकै बासिन्दाको आर्थिक, सामाजिक शोषण गरिरहेका छन् भन्‍ने सन्देश दियौं।

त्यो एउटा कालखण्ड थियो। राजनीति सधैं एकैनाशको कहाँ हुन्छ र ! त्यसपछि यस्तो समय पनि आयो, वामपन्थी शक्ति झण्डै दुई तिहाइको बलमा सरकार बनाउने अवस्थामा पुग्यो। त्यति स्पष्‍ट बहुमतको सरकारमा अर्को दललाई सामेल गर्नुपर्ने आवश्यकता थिएन। तर, हामीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी दललाई पनि सरकारमा सहभागी गरायौं। त्यसको अर्थ हो, हाम्रो मधेशसँग कुनै वैरभाव छैन। हाम्राविरुद्ध त्यति ठूलो विध्वंश मच्चाउने योजना बनाएका मधेशकेन्द्रित दलहरूसँग पनि हाम्रो कुनै वैरभाव छैन। अझ, यस्तो समय पनि आयो, एमालेले नेतृत्व गरेको सरकारमा बहुमत मन्त्री मधेशबाट बनेका थिए। यसको प्रष्‍ट सन्देश हो, एमाले मधेश र मधेशी दलको दुश्मन होइन।

बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.