• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

गुल्जार हुने कागबेनीधाम गुमनाम

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा


    Avatar photo
आइतबार, असोज १८, २०८३ मा प्रकाशित

ब्राजिलमा आइतबार हुने राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धालाई हालैका वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक भिडन्तका रूपमा हेरिएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच अक्टोबर २५ मा दोस्रो चरण (रनअफ) निर्वाचन हुनेछ । अन्य १० उम्मेदवार चुनावी मैदानमा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान गरिएको छ ।

असी वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहनुभएको छ । उहाँ चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ, यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन् । ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन्  ।

करिब १५ करोड ९० लाख मतदाता रहेको यस निर्वाचनलाई ब्राजिलको भविष्यको आर्थिक तथा कूटनीतिक दिशासँग जोडेर हेरिएको छ ।

बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको प्रमुख आधार बनाउनुभएको छ । उहाँले दुर्लभ खनिजलगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । साथै, सत्तापलटको प्रयाससम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय भोगिरहेका आफ्ना पिता जायर बोल्सोनारोलाई रिहा गराएर राजनीतिमा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् ।

यता, लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनुभएको छ । ट्रम्प प्रशासनले ब्राजिलको निर्यातमा उच्च भन्सार शुल्क लगाउने, वासिङ्टनस्थित ब्राजिलका राजदूतको भिसा रद्द गर्ने तथा जायर बोल्सोनारोमाथिको अनुसन्धानसँग सम्बन्धित सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि लुलाले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आइतबारको मतदानमा राष्ट्रपतिसँगै २७ राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, सङ्घीय कङ्ग्रेसका सबै ५१३ सदस्य तथा ८१ सदस्यीय सिनेटका ५४ सदस्य पनि निर्वाचित हुनेछन् ।
राजनीतिक विश्लेषक थोमस ट्राउम्यानका अनुसार अन्तिम समयमा उम्मेदवार वा उनीहरूका सहयोगीबाट हुने कुनै पनि गल्तीले अनिर्णीत मतदाताको निर्णयमा प्रभाव पार्न सक्छ । उहाँका अनुसार ब्राजिलको तीव्र राजनीतिक ध्रुवीकरणका कारण यो निर्वाचन नीतिगत बहसभन्दा आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ ।

चार वर्षअघि लुलाले जायर बोल्सोनारोलाई करिब २१ लाख मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो । त्यसयता महँगी, भ्रष्टाचार र राजनीतिक विवादका कारण मतदाताको धारणा फेरिएको विश्लेषण गरिएको छ ।

साओ पाउलोस्थित इन्स्पर विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्लोस मेलोजका अनुसार लुलाको उमेर र लामो राजनीतिक यात्राप्रति केही मतदाता असन्तुष्ट देखिए पनि उनी अझै बलियो प्रतिस्पर्धी छन् । अर्कोतर्फ, भ्रष्टाचारसम्बन्धी आरोप र धार्मिक समूहहरूको आलोचनाले बोल्सोनारोलाई पनि चुनौती थपेको छ । त्यसैले यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने विश्लेषकहरूको अनुमान छ ।

 

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

भर्खरै

  • १.
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • २.
    व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

  • ३.
    थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

  • ४.
    इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

  • ५.
    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

  • ६.
    सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

  • ८.
    गुल्जार हुने कागबेनीधाम गुमनाम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.