• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

गुल्जार हुने कागबेनीधाम गुमनाम

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना


    Avatar photo
सोमबार, असोज १९, २०८३ मा प्रकाशित

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनुभएको छ ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग आज मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा उहाँले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागिएको बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सञ्चारमाध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो । “मिडियालाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा हामी बढी जिम्मेवार हुनुपर्नेछ । आजको भन्दा व्यवस्थित बनाउनका लागि नयाँ ऐन–नियम चाहिएको हो,” उहाँले भन्नुभयो ।

उहाँले सञ्चार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउनुपर्ने बताउनुभयो । नियमन गर्ने संस्थालाई प्रभावकारी बनाउँदै सञ्चार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकास गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आमसञ्चारसम्बन्धी विधेयक संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक परिमार्जनसहित बलियो र कार्यान्वयनयोग्य ऐनका रूपमा आउने विश्वास व्यक्त गर्नुभयो । विधेयक निर्माण तथा परिमार्जनका क्रममा सञ्चार क्षेत्रका सरोकारवालाका सुझावलाई समेत समेटेर अघि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले विधेयकमार्फत् सङ्घ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वयलाई स्पष्ट पारिने पनि उल्लेख गर्नुभयो । सङ्घीय संरचनाअनुसार सञ्चारसम्बन्धी कानुन र संस्थागत संरचनाबीच आवश्यक समन्वय हुन नसक्दा देखिएका समस्यालाई नयाँ कानुनबाट समाधान गरिने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो ।

छलफलमा प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखले आमसञ्चार क्षेत्रको नियमनसँग सम्बन्धित विद्यमान कानुनी तथा संस्थागत समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरूले संशोधनको क्रममा रहेको आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र तथा नियमनसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने सुझाव दिनुभयो । सङ्घीय संरचनाअनुसार सञ्चार क्षेत्रको अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा प्रदेशस्तरमा काम गर्न समस्या भइरहेको उहाँहरूको भनाइ थियो ।

प्रदेशका प्रेस रजिष्ट्रार तथा आमसञ्चारसम्बन्धी निकायका पदाधिकारीले सङ्घीय कानुन र प्रदेश कानुनबीच आवश्यक सामञ्जस्य कायम हुन नसकेको विषय पनि उठाउनुभएको थियो । सङ्घीय कानुन निर्माणमा भएको ढिलाइका कारण प्रदेशले निर्माण गरेका कानुनी तथा संस्थागत व्यवस्थासँग समन्वय गर्न समस्या देखिएको उहाँहरूले बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले छलफलबाट प्राप्त सुझावलाई आमसञ्चारसम्बन्धी विधेयक तथा आगामी कानुनी व्यवस्थामा आवश्यकताअनुसार समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउन सरोकारवालासँग निरन्तर छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

भर्खरै

  • १.
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • २.
    व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

  • ३.
    थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

  • ४.
    इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

  • ५.
    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

  • ६.
    सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

  • ८.
    गुल्जार हुने कागबेनीधाम गुमनाम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.