• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

गुल्जार हुने कागबेनीधाम गुमनाम

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल


    Avatar photo
सोमबार, असोज १९, २०८३ मा प्रकाशित

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनुभएको छ ।

सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा महासङ्घको वर्तमान कार्य समितिबाट महत्वपूर्ण सुझावहरू आएकोमा सोका लागि मन्त्री लम्सालले धन्यवाद ज्ञापन गर्नुभयो । लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला समापनका अवसरमा उहाँले वर्तमान सरकारले सरोकारवाला पक्षसँगै बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति अघि सारेको जानकारी दिनुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सरकारले महत्त्वपूर्ण दस्तावेजको रुपमा लिएको र त्यसैअनुसार कार्यान्वयन गरिने बताउनुभयो ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव एवं निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष कृष्णराज पन्तले विज्ञहरूबाट प्राप्त सुझावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहेको समितिमार्फत थप परिमार्जन एवं परिष्कृत गरिने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्तले वर्तमान सरकार निजी क्षेत्र मैत्री रहेको प्रतिक्रिया दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालको अध्यक्षतामा भएको कार्यशालामा संसदीय समितिका सभापति तथा सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, विभिन्न मन्त्रालयका प्रतिनिधि, विषयगत विज्ञ, निजी क्षेत्रका विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

कार्यशालामा लगानी प्रवर्द्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानुनी व्यवस्थामा आवश्यक सुधार तथा सरलीकरण गर्ने विषयमा विस्तृत छलफल भएको थियो । त्यस अवसरमा विकास निर्माणका क्षेत्रमा देखिएका कानुनी तथा प्रक्रियागत जटिलता समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा सहभागीबाट महत्त्वपूर्ण प्रस्तुत गरिएको थियो ।

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

भर्खरै

  • १.
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • २.
    व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

  • ३.
    थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

  • ४.
    इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

  • ५.
    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

  • ६.
    सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

  • ८.
    गुल्जार हुने कागबेनीधाम गुमनाम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.