मेष- सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतीत हुन सक्छ। पढाइमा सुधार आउला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। अन्नको काममा लाभ हुने दिन छ।
वृष- यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ। खानपानमा नियन्त्रण गर्नु होला। आर्थिक पक्ष सबल छ। आश मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। नसोचेको ठाउँबाट धनलाभ भई मन हर्षित हुनेछ।
मिथुन- मनोरञ्जनपूर्ण समय छ। कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला। व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ।
कर्कट- नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यर्थको खर्चले मन पिरोल्ला।
सिंह- पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनेछन्। आम्दानी बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। साथी र परिवारबाट सुख शान्ति पाइने छ।
कन्या- चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। जीवनसाथी, सन्तति वा विपरीतलिंगी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
तुला- सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक- बौद्धिक काममा लामो यात्राको सम्भावना छ। मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ। पठन-पाठनमा राम्रै प्रगति हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
धनु- अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्याउन सक्ने छैनन्। पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ।
मकर- व्यापारबाट फाइदा हुनेछ। आर्थिक पक्ष सबल नै छ। यद्यपि, समय बलियो छैन। गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। कामबाट सजिलै फुर्सद पाइनेछ।
कुम्भ- चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। विशेष योजना गोप्य राखेर अघि बढ्नु होला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
मीन- परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्त्वपूर्ण समयको नाश हुने सम्भावना छ। समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नु होला।