• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ८. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ९. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर


    Avatar photo
शनिबार, असोज १७, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८६३- नेसनल थ्यांक्सगिभिङ डे मनाउन शुरु

अमेरिकी राष्‍ट्रपति अब्राहम लिंकनले १६२ वर्षअघि हरेक वर्ष नोभेम्बरको अन्तिम बिहीबारलाई राष्‍ट्रीय धन्यवाद दिवस (नेसनल थ्यांक्सगिभिङ डे) मनाउने प्रचलन शुरु गरेका थिए। सोही मितिदेखि उक्त दिवस मनाउन थालिएको हो, जुन अद्यापि कायम छ।

– सन् १९३२- ब्रिटेनबाट इराक स्वतन्त्र

९४ वर्षअघि आजकै दिन इराकले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। सन् १९२० मा इराक बेलायतको अधीनमा पुगेको थियो। इराकमाथि आधिपत्य जमाएलगत्तै बेलायतले सिरियाका राजा फैजल प्रथमलाई इराकका पनि राजा बनाएको थियो।

– सन् १९५२- ब्रिटेनको पहिलो परमाणु बम परीक्षण

सन् १९५२ मा आजकै दिन ब्रिटेनले पहिलोपटक परमाणु बम परीक्षण गरेको थियो। ‘अपरेसन हुरिकेन’ नाम दिइएको उक्त परीक्षण अस्ट्रेलियाको मोन्टेबेलो टापुमा गरिएको थियो। त्यतिबेलासम्म अमेरिका र तत्कालीन सोभियत संघसँग मात्र परमाणु हतियार थिए। यो परीक्षणसँगै परमाणु हतियार बनाउने तेस्रो मुलुक बनेको थियो, बेलायत।

– सन् १९९०- दुई जर्मनीबीच एकीकरण

चार दशक पुरानो शीतयुद्धको समाप्तिसँग आजकै दिन पूर्वी र पश्‍चिम जर्मनीबीच एकीकरण गर्ने सहमति भएको थियो। जर्मन चान्सलर हेल्मुट कोल र तत्कालीन सोभियत संघका राष्‍ट्रपति मिखायल गोर्भाचेभले त्यससम्बन्धी सहमति गरेका थिए। त्यससँगै दुई जर्मनीको विभाजनको मानक मानिएको बर्लिनको पर्खाल ढालिएको थियो। त्यसैले आज जर्मनीमा एकीकरण दिवस मनाइन्छ।

– सन् १९९५- संसारको ध्यानाकृष्‍ट गरेको हत्याकाण्ड

पूर्वफुटबल खेलाडी ओजे सिम्प्सनमाथि निकोल ब्राउन सिम्प्सन र रोनाल्ड लायल गोल्डम्यानको हत्या गरेको आरोप लागेको थियो। १३ जुन १९९४ मा आफ्नी पूर्वपत्‍नी र उनका साथीको हत्या गरेको आरोप ओजेमाथि लागेको थियो। यस हत्याकाण्डले संसारभरका सञ्‍चार माध्यममा कभरेज पाएको थियो। पछि अमेरिकाको अदालतले त्यसमा ओजेको संलग्‍नता नदेखिएको उल्लेख गर्दै उनलाई रिहा गरेको थियो।

– सन् २०१३- आप्रवासी सवार जहाजमा आगलागी, ३२५ मारिए

सन् २०१३ मा आजकै दिन आप्रवासी सवार पानी जहाजमा आगो लाग्दा ३२५ जनाको ज्यान गएको थियो। इटालीको लाम्पेडुसा समुद्री तटनजिक उक्त घटना भएको थियो। जहाजमा अफ्रिकी मुलुक लिबियाका आप्रवासीहरू सवार थिए।

– सन् २०१३- चीनको मेरिटाइम सिल्क रोड घोषणा

सन् २०१३ मा आजकै दिन चिनियाँ राष्‍ट्रपति सी जिनपिङले ‘२१औं शताब्दीको मेरिटाइम सिल्क रोड’ घोषणा गरेका थिए। इन्डोनेसिया भ्रमणका क्रममा उनले उक्त आधुनिक विश्‍व व्यवस्था घोषणा गरेका हुन्। शुरुमा चीनलाई दक्षिण-पूर्वी एसिया र भूमध्य सागरसँग जोड्ने उद्देश्यले त्यसलाई अगाडि बढाइएको थियो। पछि वान बेल्ट वान रोड र अहिले बेल्ट एन्ड रोड इनिसिएटिभका रूपमा यो परियोजना अगाडि बढाइएको छ।

– सन् २०१८- सेल्फी खिच्दा २५९ जनाको मृत्यु

सन् २०११ देखि २०१७ सम्म सेल्फी खिच्‍ने क्रममा भएका दुर्घटनामा परी २५९ जनाको ज्यान गएको रिपोर्ट आजकै दिन सार्वजनिक गरिएको थियो। त्यस क्रममा १३७ वटा घटना भएका थिए। सन् २०११ मा सेल्फी खिच्‍ने क्रममा ३ जनाको ज्यान गएको थियो। २०१३ मा २, २०१४ मा १३, २०१५ मा ५०, २०१६ मा ९८ र २०१७ मा ९३ जनाले सेल्फी खिच्‍ने क्रममा भएका दुर्घटनामा परी ज्यान गुमाएका थिए। उक्त अध्ययनको रिपोर्ट ‘जर्नल अफ फ्यामिली मेडिसिन एन्ड प्राइमरी केयर’मा प्रकाशित भएको थियो।

– सन् २०१८- संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

सन् २०१८ मा आजकै दिन स्कटल्यान्डमा संसारको हालसम्मकै सर्वाधिक महँगो रक्सी लिलाम बढाबढमा बिक्री भएको थियो। ‘म्याकलान भेलेरिया अडामी १९२६’ नाम दिइएको उक्त ह्विस्की ११ लाख अमेरिकी डलर (हालको मूल्यमा १५ करोड ६६ लाख ७ हजार रुपैयाँ)मा स्कटल्यान्डको एडिनबर्गमा बिक्री भएको थियो।

– सन् २०२४- कंगोमा डुंगा दुर्घटनामा मारिए ७८

सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा भएको डुंगा दुर्घटनामा ७८ जनाले ज्यान गुमाएका थिए। किभु नामक तालमा ओभरलोडेड डुंगा डुबेको थियो।

– सन् २०२५- अमेरिकी र्‍यापरलाई ४ वर्ष जेल

सन् २०२५ मा आजकै दिन अमेरिकी र्‍यापर तथा हिपहप गायक सिन डिड्डी कम्ब्सलाई ४ वर्ष २ महिनाको जेल सजाय सुनाइएको थियो। वेश्यावृत्तिका लागि महिलाहरूको ओसारपसार गराएको अभियोग प्रमाणित भएपछि अदालतले उनलाई जेल सजाय तोकेको थियो।

– सन् २०२५- ड्रग बोकेको डुंगामा घातक आक्रमण, ४ मारिए

सन् २०२५ मा आजकै दिन अमेरिकी सेनाले क्यारिबियन सागरको कोस्ट अफ भेनेजुएलामा सर्वसाधारण सवार डुंगामा घातक आक्रमण गरेको थियो। त्यसमा परी डुंगामा राखेर ड्रग ओसारिरहेका ४ जनाको ज्यान गएको थियो।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते
झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !
राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद
गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

भर्खरै

  • १.
    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

  • ४.
    झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ५.
    विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • ६.
    राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ७.
    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

  • ८.
    कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.