• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १९, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

गुल्जार हुने कागबेनीधाम गुमनाम

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो


    Avatar photo
सोमबार, असोज १९, २०८३ मा प्रकाशित

बैंकक- सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन् ।

थाइल्याण्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा र भारी वर्षा हुने सम्भावना छ । यसका कारण विशेषगरी होचा भू–भागमा आकस्मिक बाढीको जोखिम बढ्ने विभागले जनाएको छ ।

सप्ताहन्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए । बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै जनजीवनमा गम्भीर असर परेको थियो । केही होचा क्षेत्रमा अझै पानी जमेको भए पनि सहरको अवस्था सुधार हुँदै गएको अधिकारीले बताएका छन् ।

थप बाढीको जोखिम कम गर्न बैंककका अधिकारीले विभिन्न उपाय अपनाइरहेका छन् । वर्षाको पानीको निकास क्षमता बढाउन मुख्य नहरबाट थप पानी निकाल्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा थप पानी तान्ने पम्प जडान गर्ने काम भइरहेको छ ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार सोमबारसम्म देशभर ३५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीमा मृत्यु हुने ३१ जनामध्ये चार जना बैंककका र बाँकी सातवटा अन्य प्रान्तका रहेको विभागले जनाएको छ ।

बाढीबाट भएको व्यापक क्षतिपछि थाइ सरकारले गत साता पुनर्लाभका लागि चार दशमलव एक अर्ब भाट (करिब १२ करोड २० लाख अमेरिकी डलर)भन्दा बढीको आपत्कालीन कोष स्वीकृत गरेको थियो ।

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

भर्खरै

  • १.
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • २.
    व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

  • ३.
    थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

  • ४.
    इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

  • ५.
    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

  • ६.
    सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

  • ८.
    गुल्जार हुने कागबेनीधाम गुमनाम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.