• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

    Avatar photo
बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

बागमती-  हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा र त्यस आसपासका क्षेत्रबाट विशेषगरी नयाँ सवारीसाधन किन्नेले सामान्यतः नछुटाउने तीर्थस्थल हो चुरियामाई । विगत वर्षमाजस्तै यस वर्ष पनि विश्वकर्मा पूजाका अवसरमा आज बिहानैदेखि ठाउँठाउँबाट दर्शनार्थी सवारीसाधन पूजा गर्ने लक्ष्यका साथ चुरियामाई आएका छन् ।

Advertisement

मकवानपुर जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगन्ज जाने मार्गको छेउमा चुरे पर्वत शृङ्खलामा चुरियामाई मन्दिर अवस्थित छ । यो मन्दिरलाई विशेषतः यातायातकी देवीका रुपमा पूजाआजा गर्ने गरिने सो मन्दिरका पुजारी दीलिप नगरकोटीले बताउनुभयो । नयाँ सवारीसाधन किनेपछि यहाँ आएर दर्शन गरी पूजा गरेमा राम्रो हुने जनविश्वास रहेको यातायात व्यसायी कैलाश थापाले बताउनुभयो । त्यसैले हेटौँडा तथा त्यस आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्न आउने चलन कायमै छ ।

चुरे पर्वत शृङ्खलामा रहेकाले यसको चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फ अर्थात् वीरगन्ज जाने पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा दिनहुँ भक्तजनको घुइँचो लाग्छ ।

बूढापाकाका अनुसार यसअघि चुरियामाईको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेकामा राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाको पालामा भक्तजनलाई पूजाअर्चना गर्न सुविधा होस् भनेर चुरे पर्वतको टुप्पोबाट हालको फेदीमा ल्याई स्थापना गरिएको हो । राणाकालीन इतिहासको जीवन्त साक्षीका रूपमा रहेको यस मन्दिरले धार्मिक पर्यटनलाई जोड्ने काम गरिरहेको स्थानीयवासी बताउँछन् ।

मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । दर्शनार्थीको घुइँचोलाई व्यवस्थित गर्नका लागि फलामेबारलाई व्यवस्थित गरिएको छ । साथै पूर्व–पश्चिम राजमार्गको चोकबाट उक्लनुपर्ने करिब १० मिनेटको सिँढी बाटोलाई व्यवस्थित गरिएको छ । मन्दिरसम्म उक्लदा यहाँको मनोरम प्राकृतिक सौन्दर्यताले जोकोहीलाई लोभ्याउने गरेको छ । मन्दिर परिसरमा रहेको सुरुङमार्ग पनि यहाँको अर्को आकर्षण हो ।

विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङमार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गर्नुभएको थियो । उहाँको सम्मानमा चुरियामाई मन्दिर परिसरमा सालिक निर्माण गरिएको छ ।

चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिका सदस्य रामकुमार पुलामीका अनुसार मन्दिर आउने दर्शनार्थीले यहाँस्थित सुरुङमार्गका बारेमा चासोका साथ जान्ने, बुझ्ने र अवलोकन गर्ने गरेका छन् । यसअघि हेटौँडा उपमहानगरपालिकाले संरक्षण र सञ्चालन गर्दै आएको सुरुङमार्गको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हाल चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेको समितिका सदस्य पुलामीले जानकारी दिनुभयो ।

सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ । लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको बागमती प्रदेश सरकारले स्तरोन्नति गरी संरक्षण र व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

‘हेटौँडा उपमहानगरपालिका चुरियामाई सुरुङ सञ्चालन कार्यविधि, २०८१’ अनुसार करिब ५०० मिटर लामो सुरुङमार्ग अवलोकनका लागि विभिन्न किसिमको शुल्क तय गरिएका समितिले जनाएको छ । निर्धारित शुल्कअनुसार पाँच वर्ष उमेरसम्मका लागि निःशुल्क व्यवस्था गरिएको छ भने नेपाली नागरिकका लागि रु ५०, विद्यार्थीका लागि रु १०, विदेशी पर्यटकका लागि रु १०० शुल्क तय गरिएको छ । चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो निर्माणका लागि रु एक हजार शुल्क निर्धारण गरिएको छ ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

भर्खरै

  • १.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • २.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ३.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ४.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ५.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ७.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ८.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.