• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ७. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

    Avatar photo
सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

उदयपुर- उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

Advertisement

बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो ।

आज बिहान मदनभण्डारी राजमार्गको बेल्टार चतरा सडकखण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको कोप्र ५–१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो ।

प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय ईन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अजित गुरुङ र बेलका–५ का १८ वर्षीय रोशन मगर घाइते भएका प्रहरी नायब उपरीक्षक बमले बताउनुभयो । घाइते तीनै जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता
न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध
कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग
असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

भर्खरै

  • १.
    बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २.
    स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

  • ३.
    श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

  • ४.
    बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५.
    न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

  • ६.
    कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

  • ७.
    असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

  • ८.
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.