• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

चैतन्य पाठशाला : शिक्षाभन्दा पर समाज रुपान्तरणको एउटा उज्यालो केन्द्र

मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित

शिक्षा भनेको पाठ्यपुस्तकभित्र सीमित ज्ञान मात्र होइन, यो संस्कार, सोच र समाजप्रतिको उत्तरदायित्व पनि हो भन्ने सन्देशलाई व्यवहारमै उतारिरहेको छ — चैतन्य पाठशाला। विद्यालयको चार पर्खालभित्र सीमित नरही समाजमा सकारात्मक परिवर्तनको अभियान चलाइरहेको यो पाठशाला आज एउटा शैक्षिक संस्थामात्र नभई समाज रुपान्तरणको भरोसायोग्य थलो बनेको छ।

Advertisement

चैतन्य पाठशालाको शिक्षा दर्शन संस्कारसहितको शिक्षामा आधारित छ। यहाँ विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने प्रतिस्पर्धामा मात्र होइन, असल नागरिक बन्ने यात्रामा पनि अघि बढाइन्छ। समाजप्रतिको चिन्तन, सृजनशील सोच र उद्यमशीलताको भावना विकास गराउने उद्देश्यसहित विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विद्यालयले दोश्रो बार्षिकोत्सव मनाईरहदा समाजका विभिन्न विधामा अब्बल योगदान पुर्‍याएका व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने परम्परा बसालेको छ। शिक्षक, साहित्यकार, कलाकार, उद्यमी, समाजसेवीलगायतका व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीहरूमा प्रेरणा र आदर्शको बीउ रोप्ने काम चैतन्य पाठशालाले निरन्तर गरिरहेको छ। यसले ‘सफलता भनेको के हो ?’ भन्ने प्रश्नको जवाफ विद्यार्थीले आफ्नै आँखाले देख्न र अनुभूति गर्न पाउने वातावरण बनाएको छ।

त्यसैगरी, विद्यार्थीभित्र निहित प्रतिभाको पहिचान र प्रवर्द्धन चैतन्य पाठशालाको अर्को महत्वपूर्ण विशेषता हो। कला, साहित्य, संगीत, नृत्य, खेलकुद, विज्ञान, प्रविधि तथा नेतृत्व विकाससम्बन्धी गतिविधिहरूमार्फत विद्यार्थीलाई आफ्ना क्षमताहरू प्रदर्शन गर्ने अवसर प्रदान गरिन्छ, जसले आत्मविश्वास र सृजनशीलता अभिवृद्धि गरेको छ।

चैतन्य पाठशालाका सिईयो एवं अध्यक्ष श्री गणेश प्रसाद जोशी विद्यालयको शैक्षिक दर्शनबारे यसो भन्छन -“हाम्रो लक्ष्य केवल विद्यार्थीलाई परीक्षामा सफल बनाउने होइन, समाजप्रति जिम्मेवार, नैतिक र स्वाभिमानी नागरिक तयार गर्नु हो। संस्कारयुक्त शिक्षा, अभिभावकसँगको सहकार्य र समाजसेवामार्फत बालबालिकालाई जीवनका वास्तविक मूल्यसँग जोड्नु नै चैतन्य पाठशालाको मूल चिन्तन हो।”

त्यसैगरी, विद्यालयले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभाहरूको पहिचान र प्रदर्शनलाई विशेष प्राथमिकता दिएको छ। चित्रकला, गायन, नृत्य, वक्तृत्वकला, लेखन, विज्ञान तथा प्रविधि, खेलकुदजस्ता क्षेत्रमा विद्यार्थीले देखाउने क्षमतालाई मंच प्रदान गरिन्छ। यसले आत्मविश्वास बढाउनुका साथै विद्यार्थीको रुचि र क्षमतालाई करियरसँग जोड्ने आधार तयार गरेको छ।

चैतन्य पाठशालाको अर्को महत्वपूर्ण पक्ष भनेको अभिभावकसँगको नियमित प्रत्यक्ष संवाद हो। विद्यालयमा भइरहेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापबारे अभिभावकलाई निरन्तर जानकारी गराइन्छ। अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रममार्फत बालबालिकाको प्रगति, व्यवहार र आवश्यक सुधारबारे खुला संवाद हुने गर्दछ। यसले विद्यालय र अभिभावकबीच विश्वास र सहकार्यको सम्बन्ध मजबुत बनाएको छ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै चैतन्य पाठशालाले नियमित रूपमा रक्तदान कार्यक्रम, सरसफाइ अभियान, जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमहरूमा विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त सहभागिताले समाजसेवाको संस्कार बाल्यकालदेखि नै विकास गरिरहेको छ।

चैतन्य पाठशाला शिक्षाको नाममा अंक मात्र उत्पादन गर्ने कारखाना होइन, असल सोच, मानवीय मूल्य र सामाजिक उत्तरदायित्व बोकेका नागरिक उत्पादन गर्ने एउटा अभियान हो। शिक्षा, संस्कार र समाज सेवाको त्रिवेणी बनेको यो पाठशाला आज समाजमा सकारात्मक सन्देश फैलाउने प्रेरणादायी केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

भर्खरै

  • १.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • २.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ३.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ४.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ५.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ६.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ७.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

  • ८.
    पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.