• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

सुन्दर सुदूरपश्‍चिम यातायात : शानदार बस, दंग यात्री

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

कैलाली- सुन्दर सुदूरपश्‍चिम यातायात प्रालिले स्तरीय एसीसहितका बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ।

Advertisement

सार्वजनिक यातायातलाई अन्तर्राष्‍ट्रीयस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालिले देशका विभिन्‍न शहरलाई यातायातको माध्यमबाट जोडिरहेको छ। हाल ६१ जिल्लाका सडकसम्म प्रालिअन्तर्गतका बसहरूले यात्रुलाई सेवा दिइरहेका छन्।

धनगढी काठमाडौंदेखि देशका अन्य शहरहरूलाई स्तरीय एसीसहितको बसमार्फत जोड्न प्रालि सफल भएको छ। प्रालिले अन्य बस सेवासरह नेपालकै उत्कृष्‍ट स्तरको बससम्म सञ्‍चालनमा ल्याइसकेको छ। कम्पनीसँग ४२ वर्षको अनुभव छ। रूपान्तरित प्रालिभन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आएको थियो। राज्यको नीतिअनुसार ०७६ सालमा कम्पनी प्रालिमा रूपान्तरण भएको हो। र, त्यसयता प्रालिले व्यवसायीलाई सेयर सदस्यका रूपमा जोडेर सेवा प्रदान गरिरहेको छ।

प्रालिअन्तर्गत हाल झण्डै साढे ५०० बस सञ्‍चालनमा रहेको अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए। ‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भएका छौं।’

यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भएका छौं।

पदमराज सापकोटा

अध्यक्ष, सुन्दर सुदूरपश्‍चिम यातायात प्रालि

व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहे पनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा कहिल्यै पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ। तर पनि, हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं। आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्‍चालनमा अभियानलाई निरन्तरता दिनेछौं।’

प्रालिले सबै प्रकारका यात्रुहरूलाई मध्यनजर गर्दै सेवा सञ्‍चालन गरिरहेको छ। सामान्यदेखि अति स्तरीय बसहरू सञ्‍चालनमा छन्। सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ। पछिल्लो समय यात्रुहरूले आफ्नो चाहनाअनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको अध्यक्ष सापकोटाले बताए।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न प्रालिका बसहरूले योगदान गरिरहेको उनले बताए।

प्रालिले धनगढीलाई केन्द्रमा राखेर आसपासका जिल्लाहरूबाट समेत देशभरका विभिन्‍न शहर जोड्ने गरी बस सेवा थप गरिरहेको छ। धनगढीलाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘महेन्द्र राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरू सञ्‍चालन शुरुवातसँगै १४ चैत ०४० मा सुदूरपश्‍चिम यातायात व्यवसायी संघको स्थापना भएको थियो। १९ जेठ ०७६ मा रूपान्तरित भई सुन्दर सुदूरपश्‍चिम यातायात प्रालि दर्ता भएको हो।

समयको माग एवं सडक विस्तारको क्रम तथा लगानीकर्ताहरूको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न प्रालि अग्रसर बनिरहेको अध्यक्ष सापकोटा बताउँछन्। प्रालिले प्रधान कार्यालय धनगढीमा राखी सुदूरपश्‍चिम प्रदेशलार्ई केन्द्रविन्दु बनाएको छ। र, यहाँबाट पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरूमा लामो तथा छोटो दूरीका यातायात सेवा प्रदान गरिरहेको छ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरीय एवं मध्यम स्तरीय मिनी, द्रुत डाँक सेवा, नन् स्टपलगायत दिवा तथा रात्रि सेवा र ग्रामीण कच्ची सडकहरूका लागि स्थानीय सेवाहरू समय सापेक्ष बस तथा जिप सञ्‍चालन गरेर कम्पनीले यात्रुलाई निरन्तर सेवा दिइरहेको अध्यक्ष सापकोटाले बताए।

शहरमुखी यातायात सेवा मात्रै सञ्‍चालन नगरी प्रालिले ग्रामीण भेगदेखि देशको राजधानीसम्म स्तरीय बससेवा सञ्‍चालन गरिरहेको छ। सुदूरपश्‍चिमका अन्य पहाडी जिल्लाबाट समेत प्रदेश र देशको राजधानीसम्म स्तरीय बससेवा सञ्‍चालन भइरहेको अध्यक्ष सापकोटाले बताए।

प्रालिले काठमाडौंलगायत पोखरा, बुटवल र विराटनगरसम्म स्तरीय सोफा एसी बस सञ्‍चालनमा ल्याइसकेको छ। निकट भविष्‍यमै अन्य स्थानहरूमा समेत स्तरीय बस सेवा सञ्‍चालनमा ल्याउने तयारी रहेको अध्यक्ष सापकोटाले जानकारी दिए।

‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्‍ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रालिले आगामी दिनमा अझै स्तरीय सेवा प्रवाह गर्ने लक्ष्‍य लिएको अध्यक्ष सापकोटाले बताए।

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

भर्खरै

  • १.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • २.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ३.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ४.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ५.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ७.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ८.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.