• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

मानवताको जीत


    Avatar photo
बुधबार, असोज १७, २०८० मा प्रकाशित

आफ्नो देशमा बसेर कर्तव्य निर्वाह गर्नेहरू आज आफ्ना छोरा-छोरीहरूलाई विदेश पठाउँदै छन्। सरकारी कार्यालयहरूमा सेवाको भाव छैन, कर्मचारी, पदाधिकारी र नेताहरू आडम्बरी र अहंकारी छन्।

Advertisement

१. सांसारिक मोहमायाबाट विरक्त बाबा भारती एकान्तमा बाँकी दुनियाँदेखि टाढा आफ्नो आश्रममा बस्‍नु हुन्थ्यो। उहाँसँग एउटा घोडा थियो, जसको नाम सुल्तान थियो। त्यो घोडा अत्यन्त बलिष्‍ट, तेजवान, आकर्षक थियो। जसरी आमालाई आफ्नो छोरा, किसानलाई आफ्नो पाकेको फसल देखेर आनन्द लाग्‍ने गर्थ्यो, त्यसैगरी बाबा भारतीलाई आफ्नो घोडामाथि अत्यन्त गर्व थियो। दुनियाँदेखि विरक्त र टाढा भए तापनि बाबा भारती आफ्नो घोडादेखि टाढा हुने कल्पना पनि गर्न सक्नु हुन्‍नथ्यो।

२. सन् १९२० मा प्रकाशित कहानी ‘हार की जीत’ सुधारवादी कहानीकार सुदर्शनद्वारा लिखित कथालाई भारतको प्राथमिक तहको पाठ्यपुस्तकमा समेत समावेश गरियो। सुदर्शनका लेखहरूमा समाजलाई आदर्श र मानवीय गुणहरूको सम्बर्द्धन गर्ने शिक्षा र सुधारोन्मुख सन्देश हुने गर्छ। अहिले यस्ता शिक्षा र सन्देशको खाँचो छ। मानवीय मूल्य-मान्यताको अवमूल्यन, धोखाधडी, छल-कपटको ज्यादती भइरहेको बेलामा राम्रो सन्देश र शिक्षाले पनि समाजलाई अधोगतितिर बढ्न रोक्छ।

३. ‘हार की जीत’ कहानी बढो मार्मिक र यथार्थवादी छ। बाबा भारतीलाई आफ्नो घोडामाथि अत्यन्त गर्व र मोह थियो। संसारमा कुनै पनि व्यक्ति पूर्ण रूपले मोह मुक्त हुन सक्दैन भन्‍ने यो उदाहरण हो। बाबा भारतीको घोडाको यश चारैतिर थियो। त्यो जमानाका कहानीहरूमा भारतको डाँकूहरूको किस्सा खूब सुन्‍न पाइन्छ। यो कहानीमा पनि एउटा डाँकू  हुन्छ, डाँकू  खड्गसिंह। डाँकू खड्गसिंह जसरी पनि यो घोडा खोस्‍न चाहन्थे। बाबा भारतीलाई समेत उसले धम्की दिएका थिए, मलाई यो घोडा चाहिन्छ र मैले एक दिन लग्‍ने छु। त्यस दिनदेखि बाबा भारतीको आँखाबाट निन्द्रा उडेको थियो र रातभरि घोडाको तबेलामा लाठी लिएर पहरा दिने गर्नुहुन्थ्यो। तर, धेरै दिनसम्म केही भएन।

४. कहानी अघि बढ्छ, धेरै दिनसम्म कुनै घटना नभएपछि बाबा भारती पनि लापरवाह भए। एक दिन बाबा भारती आफ्नो घोडामा सवार भएर बाहिर निस्कनुभयो। घडी-घडी आफ्नो घोडालाई हेर्नु हुन्थ्यो र हर्षले प्रफुल्ल हुनुहुन्थ्यो। अचानक एकजना दुःखी, असहाय व्यक्तिको आवाज सुन्‍नुभयो। त्यो व्यक्ति बाटोको किनारामा असहाय मुद्रामा सहयोगको लागि याचना गर्दै थिए र शारीरिक रूपले हिँडडुल गर्न असमर्थ देखिन्थे। बाबा भारतीले त्यस व्यक्तिलाई सहयोग गर्नुभयो र घोडामा चढाएर आफैं घोडाको लगाम समातेर चुपचाप अघि बढ्न थाल्नुभयो।

५. केहीबेरपछि अचानक एउटा झट्का लाग्यो र त्यो व्यक्ति घोडा लिएर द्रुतगतिमा अघि बढ्यो। अघिसम्म कमजोर र असहाय देखिने त्यो व्यक्ति अब घोडामा छाती तानेर सशक्त मुद्रामा बसेका थिए, बाबा भारतीले देखे कि घोडाको लगाम अब डाँकू खड्गसिंहको हातमा छ। बाबा भारती हेरेको हेरै भए। केही बेरपछि जोरसँग कराएर डाँकूलाई रोक्न आग्रह गर्दै भन्‍नुभयो- अब म घोडा माग्दिनँ, यो तेरो भयो तर जानुभन्दा पैला मेरो एउटा बिन्ती वा आग्रह सुनेर जानु। उहाँले खड्गसिंहलाई भन्‍नुभयो, यो घटना कसैलाई नभन्‍नु। त्यसपछि बाबा भारती फनक्कै फर्केर हिँड्नु भयो। यस्तो लाग्थ्यो कि बाबा भारतीको सुल्तानसँग कुनै सम्बन्ध थिएन।

६. डाँकू खड्गसिंहले सोचेको थियो कि अब यो घोडा लिएर म टाढा जाने छु, जसले गर्दा कसैले मलाई पक्राउ गर्न नसकोस्। यो त अत्यन्त अचम्मै भयो कि बाबा आफैंले यो घटना कसैलाई नभन्‍नु भन्‍नु हुन्छ। खड्गसिंहले जिज्ञासा राखे, बाबा मैले बुझिनँ, भन्‍नु सक्नुहुन्छ किन यो घटना अरूबाट लुकाउने? बाबा भारतीले भन्‍नुभयो, यो घटना अरूले थाहा पाए भने भविष्‍यमा कसैले पनि दुःखी-असहायलाई सहयोग गर्ने छैन। डाँकू खड्गसिंह अवाक् परेर त्यहीं बसेको बस्यै भए, बाबा गई सकेका थिए।

७. कहानीको अन्त्यमा सुदर्शन लेख्नुहुन्छ, अब बाबा भारतीलाई कुनै चिन्ता थिएन, हिजोसम्म राति दिउँसो तबेलाको ढोकामा उभिएर हातमा लाठी लिएर पहरा दिने गर्नुहुन्थ्यो, अब ढोका खुल्लै थियो। सधैंजस्तो प्रातःकाल उठ्नुभयो र स्वचालित रूपमा तबेलातिर लाग्‍नुभयो। अचानक स्वीकार्नु भयो कि अब त्यहाँ सुल्तान छैन, यथार्थमा अत्यन्त पीडा महशूस गर्नुभयो र फर्किनुभयो। अचानक तबेलाभित्रबाट घोडा हिनहिनाएको आवाज सुन्‍नुभयो, शायद घोडाले आफ्नो मालिकको पदचाप थाहा पाइसकेको थियो।

८. तबेलाभित्र आफ्नो घोडा देखेर भएको खुशी बयान गरिनसक्नु थियो। बाबा भारती सुल्तानलाई अँगालो मारी रुँदै हुनु हुन्थ्यो। केहीबेरपछि बाबा भारती खुशीको आँसु बगाउदै घोडाका लागि चारो लिन ढोका बाहिर निस्कनुभयो। उहाँका आँखाबाट धुलोमा झरेको आँसु केहीबेरअघि चुपचाप घोडालाई बाँधेर निस्केको डाँकू खड्गसिंहको आँसुसँगै एकाकार भयो। यो संसारमा जतिसुकै निर्दयता भए पनि मानवता मरेको छैन भन्‍ने यो उदाहरण थियो। संसारमा आवश्यकता आइपर्दा एकआपसमा सहयोग गर्ने र दुःखी असहायका लागि सहयोग नरोकिने सम्भावना बाँकी छ भन्‍ने यो कहानीको आशय थियो।

९. आफ्नो फाइदाको लागि जुनसुकै हदसम्म जान सक्ने, अरूलाई ठग्‍ने र उधारो लिएपछि सम्पर्कविहीन हुनेजस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै छन्। जीवनभरि अरूलाई राम्रो गर्ने, इमान्दारीका साथ आफ्नो कर्म क्षेत्रमा जीवन उत्सर्ग गर्नेहरू अन्त्यमा आएर पछुताउने अवस्था निर्माण हुँदैछ। आफ्नो देशमा बसेर कर्तव्य निर्वाह गर्नेहरू आज आफ्ना छोरा-छोरीहरूलाई विदेश पठाउँदै छन्। सरकारी कार्यालयहरूमा सेवाको भाव छैन, कर्मचारी, पदाधिकारी र नेताहरू आडम्बरी र अहंकारी छन्। राजनेता भनाउनेहरूले सामाजिक मूल्य-मान्यता र आपसी सदभाव जोगाउने, समाजलाई अनुशासित, सभ्य, संस्कारित बनाउने अभियानसमेत चाल्नुपर्ने देखिन्छ। समाजलाई आदर्शवादी, इमान्दार रोलमोडेलको आवश्यकता छ। बदमास, अवसरवादीहरू मात्र अघि बढिरहेको उदाहरणले जित्‍ने हो भने आम समाजको मनभित्र रहेको मानवता, इमान्दारी र देशभक्ति हार्ने छन्। ‘हार की जीत’मा बाबा भारतीले एउटा डाँकूको प्रकृतिमाथि जीत हासिल गर्नुभएको छ र डाँकू खड्गसिंहभित्रको डाँकालाई मानवीय पक्षले जितेको छ। दुवैजना हारेपछि जितेका छन्।

बुधबार, असोज १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.