• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?


आइतबार, साउन १०, २०८३ मा प्रकाशित

कैलाली- सुदूरपश्‍चिमका बासिन्दाले दशकौंदेखि सुन्दै आएको एउटा सपना छ, आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, आफ्नै भूमिमा मेडिकल शिक्षा, र उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यताको अन्त्य। यही सपनाको प्रतीक बनेको थियो गेटास्थित दशरथचन्द मेडिकल विश्‍वविद्यालय।

Advertisement

तर विडम्बना हेर्नुहोस्, भवनहरू बने, संरचना तयार भए। करोडौं रुपैयाँ खर्च भयो। विश्‍वविद्यालय घोषणा भयो। पदाधिकारी नियुक्त भए। तर, आज पनि एउटा मूल प्रश्‍न जीवित छ, जनताले पाउने सेवा कहाँ छ ?

यही प्रश्‍न लिएर फेरि मैदानमा उत्रिएका छन् डा. गोविन्द केसी।

डाक्टर केसीका माग !

* ३०० शय्याको अस्पताल तत्काल सञ्‍चालन गर
* एमबीबीएससहित मेडिकल शिक्षा यही शैक्षिक सत्रबाट शुरु गर
* स्वार्थ बाझिने नियुक्ति सच्याऊ

सामान्य रूपमा हेर्दा यी माग अस्वाभाविक लाग्दैनन्। बरु, यही माग त सुदूरपश्‍चिमका नागरिकले वर्षौंदेखि उठाउँदै आएका हुन्। तर, अनौठो के भने मागको विषयमा बहस कम र माग उठाउने व्यक्तिमाथि आक्रमण बढी भइरहेको छ।

प्रश्‍न मागमा हो कि मागकर्तामा ?

जब कुनै व्यक्तिले गलत कुरा गर्छ, त्यसको विरोध हुनु स्वाभाविक हो। तर, जब कसैले अस्पताल सञ्‍चालन गर, डाक्टर राख, विद्यार्थी पढाउन थाल भनेर भन्छ, त्यसमा यति धेरै असहजता किन ?

के समस्या डा. गोविन्द केसीले माग उठाएकोमा हो ?

यदि यही माग कुनै राजनीतिक दलका नेताले उठाएको भए पनि यति धेरै आलोचना हुन्थ्यो ? वा समस्या त्यहाँ छ जहाँ अस्पताल सञ्‍चालन भयो भने केहीको राजनीतिक कथा कमजोर हुन्छ ?

किनभने गेटा केवल अस्पतालको विषय होइन। यो श्रेय, प्रभाव, शक्ति र नियन्त्रणको विषय पनि बनिसकेको छ।

“मेडिकल कलेज मैले ल्याएँ” भन्‍ने राजनीतिक प्रतिस्पर्धा

सुदूरपश्‍चिमको राजनीतिमा गेटा एउटा विकास परियोजनाभन्दा धेरै पटक “राजनीतिक उपलब्धि” को रूपमा बेचिएको छ।

कसैले आफूले पहल गरेको दाबी गरे। कसैले आन्दोलनको श्रेय लिए। कसैले निर्णय गराएको बताए। कसैले बजेट ल्याएको भन्दै प्रचार गरे।
तर यतिका वर्षपछि पनि जनताको प्रश्‍न उही छ, यदि सबैले मेडिकल कलेज ल्याएकै हुन् भने अहिले सञ्‍चालन किन छैन ?

भवनको उद्घाटन गर्न सजिलो हुन्छ। ब्यानर टाँस्‍न सजिलो हुन्छ। श्रेय लिन सजिलो हुन्छ।

तर, अस्पताल चलाउन जनशक्ति चाहिन्छ, बजेट चाहिन्छ, इच्छाशक्ति चाहिन्छ र सबैभन्दा बढी जवाफदेहिता चाहिन्छ। शायद त्यहीं समस्या छ।

३०० शय्याको अस्पताल कसलाई डरलाग्दो विषय बन्यो ?

सुदूरपश्‍चिममा गम्भीर बिरामी हुँदा अझै पनि धेरै नागरिक नेपालगञ्‍ज, काठमाडौं वा भारत पुग्‍न बाध्य छन्।

यदि गेटामा पूर्ण क्षमताको अस्पताल सञ्‍चालन भयो भने हजारौं बिरामीले प्रदेशभित्रै उपचार पाउनेछन्। यदि एमबीबीएस शरु भयो भने सुदूरपश्‍चिमका विद्यार्थीले आफ्नै प्रदेशमा चिकित्सा शिक्षा पाउनेछन्।

यदि विशेषज्ञ सेवा विस्तार भयो भने प्रदेशको स्वास्थ्य प्रणालीको स्वरूप नै बदलिन सक्छ।

यति ठूलो सम्भावना भएको परियोजना किन वर्षौंदेखि कागज र भाषणमा सीमित छ ?

यो प्रश्‍नको उत्तर केवल प्रशासनिक ढिलासुस्तीमा मात्र खोजेर पुग्दैन। किनकि, समस्या केवल बजेटको भए, समाधान निस्किसक्थ्यो।
केवल प्रक्रियाको भए, प्रक्रिया पूरा भइसक्थ्यो।

त्यसैले प्रश्‍न उठ्न थालेको छ, कतै अस्पताल सञ्‍चालनभन्दा अस्पताललाई मुद्दा बनाएर राख्‍नु केहीका लागि बढी लाभदायक त छैन ?

नियुक्तिको विवाद किन महत्वपूर्ण छ ?

डा. केसीले उठाएको अर्को विषय हो- उपकुलपति र रजिस्ट्रारको नियुक्ति। सामान्य नागरिकलाई यो प्राविधिक विषय जस्तो लाग्‍न सक्छ। तर, विश्‍वविद्यालयको भविष्य धेरै हदसम्म नेतृत्वमा निर्भर हुन्छ।

यदि नियुक्ति योग्यताभन्दा सम्बन्धका आधारमा हुन्छ भने त्यसको असर संस्था सञ्‍चालनमा पर्छ। यदि स्वार्थ बाझिन्छ भने निर्णयको निष्पक्षतामाथि प्रश्‍न उठ्छ।

त्यसैले यो केवल व्यक्तिको नियुक्तिको बहस होइन, विश्‍वविद्यालयको विश्‍वसनीयताको बहस पनि हो।

विरोध किन यति तीव्र छ ?

डा. गोविन्द केसीका सबै कुरा सबैले मान्‍नुपर्छ भन्‍ने छैन। उनका माग वा शैलीमाथि असहमति हुन सक्छ। तर, लोकतन्त्रमा असहमति तथ्य र तर्कका आधारमा हुनुपर्छ। यदि माग गलत छ भने किन गलत छ भन्‍ने प्रमाण आउनुपर्छ। यदि अस्पताल तत्काल सञ्‍चालन हुन सक्दैन भने कारण सार्वजनिक हुनुपर्छ।

यदि मेडिकल शिक्षा शुरु गर्न सम्भव छैन भने स्पष्ट रोडम्याप आउनुपर्छ। तर, जब प्रश्‍नको जवाफ दिनुको सट्टा प्रश्‍न उठाउने व्यक्तिलाई नै बदनाम गर्ने प्रयास हुन्छ, त्यहाँ शंका जन्मिन्छ।

र अन्तिम प्रश्‍न ! (यो अन्तिम नहुन पनि सक्छ कसैका लागि)

आज बहसको केन्द्रमा डा. गोविन्द केसी छन्। तर वास्तविक प्रश्‍न डा. केसी होइनन्।

वास्तविक प्रश्‍न गेटा हो। वास्तविक प्रश्‍न ३०० शय्याको अस्पताल हो। वास्तविक प्रश्‍न मेडिकल शिक्षा हो। वास्तविक प्रश्‍न सुदूरपश्‍चिमका नागरिकको अधिकार हो।

अन्ततः इतिहासले कसले श्रेय लियो भनेर होइन, कसले अस्पताल चलायो भनेर मूल्यांकन गर्नेछ।

र, त्यो दिन जब गेटाको अस्पताल पूर्ण क्षमतामा सञ्‍चालन हुनेछ, जब एमबीबीएसका विद्यार्थीले पहिलो कक्षा शुरु गर्नेछन्, तब एउटा प्रश्‍नको जवाफ स्वतः मिल्नेछ, आखिर यति वर्षसम्म गेटालाई रोकिराख्‍न खोज्‍ने शक्ति को थियो ?

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.