• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कक्षाकोठा नै असभ्य, कसरी बन्छ समाज सभ्य?


    Avatar photo
आइतबार, असोज १४, २०८० मा प्रकाशित

कुनै पनि जातिलाई नष्‍ट गर्नुछ भने त्यसको तीन पुस्तालाई शिक्षाको अधिकारबाट वञ्‍चित गरिदिनुपर्छ भन्‍ने विगतको गलत नीतिको कारण यस भारतीय उपमहाद्विपको विशाल जनसंख्या आज पनि अशिक्षित छ।

Advertisement

यस वर्ष जुन महिनाको अन्तिम सातादेखि शुरु भएको मनसुन भारतको उत्तराखण्ड र हिमाचल प्रदेशका लागि अत्यन्त क्षतिपूर्ण सावित भयो। मुसलधारे वर्षा, बाढी, भूस्खलन र बादल फाट्नेजस्ता घटनाहरूका कारण घर, सडक यातायातका पूर्वाधारहरूलाई भयंकर क्षति भयो। हिमाचल प्रदेशमा मात्रै २५० जनाभन्दा बढी मानिसको ज्यान गयो। अनियन्त्रित र जथाभावीको निर्माण, जलवायु परिवर्तन, वन जंगल विनाश र प्रकृतिसँग मानिसले गरेको खेलबाडको कारण यस्तो क्षति भएको अनुमान गरिएको छ। पुनः स्थिति सहज बनाउनका लागि समय लाग्‍ने छ। यसबाट पर्यटनको क्षेत्रले नोक्सानी बेहोर्नुपरेको छ। मनुष्‍यको लोभ,  हेलचेक्र्याइँपूर्ण नीति निर्माण र पर्यावरणवारे बुझाइको कमीका कारण यस्ता विपत्ति आउने गछन्।

हिमाचल प्रदेश अवस्थित भारतीय प्रौद्योगिकी संस्थान, मण्डी, जहाँ विद्यार्थीहरूलाई इन्जिनियरिङ र प्रविधि विषयमा पढाउने गरिन्छ, त्यस शैक्षिक संस्थानमा पदासिन जिम्मेवार निर्देशकबाट शैक्षिक संस्थानको एउटा कार्यक्रममा अवैज्ञानिक र तर्कहीन अभिव्यक्ति आएको विषय भारतीय समाचार र सामाजिक सञ्‍जालमा आलोचनाको विषय बनेको थियो। मण्डी जिल्लाको मण्डी शहर अवस्थित यस संस्थानमा अनुसन्धान र अन्वेषणका विषयहरू केन्द्रित क्रियाकलाप हुने गर्छ। कुनै पनि मुलुक, जसले विज्ञान, शोध र अनुसन्धानको क्षेत्रलाई प्राथमिकता दिएको छ, शक्तिशाली र समृद्ध भएको छ। नेपालभन्दा सात गुणा सानो राष्‍ट्र इजरायल अध्ययन र आविष्‍कारहरूको कारण आफ्नो क्षेत्रको सुपरपावर भएको छ। आधुनिक विश्‍वमा भारतलाई प्रविधि क्षेत्रमा संसारकै प्रमुख देशहरूको दाँजोमा पुर्‍याउने सपनासहित स्थापना गरिएको यो एउटा संस्थान हो। भारतमा रुढीवादीहरूको विशाल जमात छ भने विश्‍वस्तरको साहित्यकार, बौद्धिक व्यक्तित्व, राजनीतिक र विश्‍वस्तरीय वैज्ञानिकहरू पनि छन्। यो विवरणले पनि देखाउँछ कि कुन देशले शिक्षालाई कतिसम्म महत्त्व दिन्छ। सन् २०२२ मा भारतले अध्ययन अनुसन्धानको लागि आफ्नो कुल गार्हस्थ्य उत्पादनको ०.६९ प्रतिशत (अन्दाजी ६० अर्ब अमेरिकी डलर) आरएनडीमा खर्च गर्ने गरेको देखिन्छ, जुन अत्यन्त कम हो। यस क्षेत्रमा चीनले २.५६ प्रतिशत (अन्दाजी ५५६ अर्ब अमेरिकी डलर) बराबर खर्च गर्ने गर्छ। इजरायलको ५.८ प्रतिशत छ भने नेपालको सन्दर्भमा केही दिन अगाडी महावीर पुनको भनाइअनुसार सम्बन्धित मन्त्रालयमा यससँग सम्बन्धित विभाग नै छैन रहेछ भन्‍ने भनाइ थियो।

त्यस संस्थानको सभा हलमा उपस्थित छात्रहरूलाई सम्बोधन गर्ने क्रममा निर्देशक लक्ष्‍मीधर बहराले यस्तो प्राकृतिक घटनाको कारण अरू केही नभएर हामीले जनावरहरूलाई हत्या गरेको र मांसहारी भएको कारण भएको हो भन्‍नुभयो। र, छात्रहरूलाई त्यसकारण शाकाहारी बन्‍नसमेत भन्‍नुभयो। वैज्ञानिक सोच र त्यसअनुरुपको अनुसन्धान र तर्कको आधारमा मान्यता विकास गरिनुपर्छ भन्‍ने संस्थानको प्रमुखबाट यस्तोखाले कुरा राखिनु पक्कै पनि सामान्य विषय होइन। भारतमा हजारौं साल पहिले सर्जरी विज्ञानको विकास भइसकेको थियो। मानिसको शरीरमा हात्तीको टाउको जोडिएको प्रसंग राख्दै उदाहरण दिने काम त्यो पनि वैज्ञानिकहरूको सामुन्‍ने राखिएको कुरा बौद्धिक जगतमा मात्र नभएर धार्मिक क्षेत्रसँग जोडिएको बहुचर्चित व्यक्तित्वहरूले समेत आलोचना गरेका थिए। यस्तो उदाहरण पनि कुनै सामान्य व्यक्तिबाट आएको थिएन।

दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतले पनि शिक्षाको क्षेत्रमा खासै लगानी गरेको देखिन्‍न। एक अर्ब ४० करोडको जनसंख्यामा १२ जना नोबल पुरस्कार त्यो पनि ७ जना गैरआवासीय भारतीयहरू हुनु साह्रै खास कुरा होइन। ९० लाखको जनसंख्या भएको इजरायलसँग १३ वटा यस्तो पुरस्कार छ। प्राचीनकालको भारतको इतिहास हेर्ने हो भने इसाभन्दा ५०० वर्ष अगाडि संसारको सबैभन्दा पुरानो विश्‍वविद्यालय वा शैक्षिक संस्थान तक्षशिला तत्कालीन भारत र हालको रावलपिण्डी पाकिस्तानमा थियो। भारतको बिहारको राजधानी पटनाभन्दा ९५ किलोमिटर टाढा अवस्थित बिहार शरीफमा विश्‍व प्रसिद्ध नालन्दा विश्‍वविद्यालय थियो, जसलाई विश्‍वकै पहिलो विद्यार्थीहरू समेत बस्‍ने आवासीय विश्‍वविद्यालय भनिन्छ। यहाँ पाँचौंदेखि बाह्रौं शताब्दीसम्म टाढा-टाढाबाट विद्यार्थीहरू आउने गर्थे।

यसैगरी, विक्रमशीलालगायत अनेकौं विश्‍वस्तरीय शैक्षिक संस्थानहरू पनि थिए। संसारकै सबैभन्दा पुरानो जनावरहरूका लागि पशु चिकित्सालय पनि भारतमै सम्राट अशोकको पालामा थियो भन्‍ने विभिन्‍न विदेशी तीर्थयात्रीहरूले लेखेको प्रसंगमा भेटिन्छ। इतिहासको विभिन्‍न कालखण्डमा यस्ता गौरवशाली संस्थानहरूलाई नष्‍ट गरियो र समाजलाई पछाडि धकेल्ने कार्य गरियो। समाजका विभिन्‍न वर्गहरूलाई शिक्षाको अधिकारबाट वञ्‍चित गरियो। यस्ता कुराहरूको कारण भयानक परिणामहरू यस क्षेत्रले बेहोर्नुपर्‍यो।

शिक्षाको अभावमा प्रविधिको क्षेत्रमा विकास भएन र अत्यन्त सानो संख्यामा आएका विदेशी आक्रमणकारीहरूले भारतको विशाल सेनालाई हराइदिए। सन् १५१९ मा आएको तुर्क मुगल बाबरले आफ्नो मात्र ५ हजार सेना लिएर इब्राहिम लोदीको सवा लाख सेनालाई हराइदिए। किनभने, बाबरसँग राम्रो धनुबाँण र एउटा तोप थियो। इब्राहिम लोदीको सेनाले त्यस्तो तोप देख्‍न त परै जाओस् कल्पना पनि गरेका थिएनन्। यस्तै, तोपहरूको मद्दत लिएर केही दिनपछि बाबरले १२ हजारको फौज लिएर राणा संग्राम सिंहको एक लाखभन्दा बढीको सेनालाई परास्त गरी मुगल भारतमा मुगल सल्तनत स्थापित गरे। तिनै मुगलहरूलाई अत्याधुनिक आविष्‍कारहरूको कारण शक्तिशाली भएका पश्चिमा राष्‍ट्रले सजिलै हराइदिए। भारतजस्तो विशाल क्षेत्र र जनसंख्या भएको देशलाई एक हजार वर्षसम्म विदेशीको अधीन रहनुपर्ने अवस्था आउनुमा विभाजित समाजका साथै अन्धविश्‍वास र अशिक्षा प्रमुख कारण थिए।

११औं शताब्दीको १०२५ मा अफगानिस्तानको गजनीबाट आएको महमुद गजनवी, जसलाई गजनीको सुल्तान पनि भनिन्छ, ले गुजरात अवस्थित सोमनाथको मन्दिरलाई ध्वस्त गर्दै भयंकर लुटपाट गरे। भारतीय इतिहासकार लेख्छन्, बाटोमा कसैले रोक्ने वा प्रतिकार गर्ने साहस गरेन, सबैलाई अन्धविश्‍वास थियो कि यस्तो महापाप गर्न आउने गजनवी र त्यसको सेनालाई भगवानले बाटैमा नष्‍ट गरि दिनेछन्। आफ्नो अभियान सकिएर फर्किने क्रममा पनि सबैको विश्‍वास थियो कि गजनवी र उसको सेना आफ्नो देश फर्किन सक्ने छैन र बाटोमा आँधी-तुफानजस्तो प्रकोपको शिकार बन्‍ने छन्। बाँकी इतिहास गवाह छ। इतिहासकार आचार्य चतुरसेन लेख्‍नु हुन्छ, गजनवीले हट्टाकट्टा र राम्रा देखिने व्यक्तिहरूलाई बाँधेर आफूसँगै गजनी लगे। संख्या यति धेरै थियो कि गजनी भारतजस्तै प्रतीत हुन्थ्यो। भारतीय समाजको तत्कालीन अवस्था, कुप्रथा, यसका संरक्षकहरू र यस्ताखाले अन्धविश्‍वासमाथि आचार्य चतुरसेनले बारम्बार कडा प्रहार गरेका छन्।

आफ्नो धार्मिक आस्थाप्रति श्रद्धा र गर्व गर्नु र अन्धविश्‍वासको हदसम्म जानु दुवै विपरीत विषय हो। वैज्ञानिक सोच र अनुसन्धानको जगमा आकारमा अत्यन्त सानो हुँदा पनि क्षेत्रीय शक्तिको जगमा उभिएको इजरायलको यहुदी समुदाय विभिन्‍न १४ वटा धार्मिक आस्थाअन्तर्गत छ। र, विवाह, अन्तिम संस्कार र अन्य कर्मकाण्डहरू आफ्नो धार्मिक रीतिरिवाजअनुसार गर्छन्। यहुदीहरू आफ्नो धार्मिक संस्कारको अनुसरण गर्ने र धार्मिकस्थलप्रति संवेदनशील देखिन्छन्। तर, यसमा अन्धविश्‍वासको स्थान छैन। विभिन्‍न अध्ययनहरू द्वारा यो संसारमा प्रत्येक देश र जाति समुदायहरूमा मिथक कथाहरू रहिआएको बुझिन्छ। धार्मिक ग्रन्थहरू जुनसुकै धर्ममा किन नहोस्, मिथक कथाहरूद्वारा भरिएको छ। तर, अन्धविश्‍वासको हद पार गर्ने समाजमा सामुदायिक सौहार्द्रता, शान्ति र विकास भएको पाइँदैन। त्यसमा पनि धार्मिक कुरालाई आफ्नो राजनीतिक मुद्दा बनाउने राजनीतिक पार्टीले चलाएको देशको भविष्‍य खतराले भरिएको हुन्छ। भारतजस्तो विशाल देश धर्मकै आधारमा टुक्रिएर आज पाकिस्तान र बंगलादेश बनेका छन्। भारतीय जनता पार्टीले आक्रामक तरिकाले चलाएको सनातन धर्मसम्बन्धी बहसको कारण जैन, बौद्ध, शिख, स्वामी नारायण, लिगायतजस्ता समुदायहरूले आफ्नो अस्तित्वमा खतरा महशूस गर्दै प्रतिकार शुरु गरेका छन्। भारतीय जनता पार्टीको राजनीतिमा धर्मलाई हतियार नबनाइएको भए धार्मिक मुद्दाहरू अहिलेको जस्तोगरी उठ्ने थिएनन्। प्रत्येक धर्मले मानवताको सम्मान गर्ने विषय, करुणा, परोपकारलाई महत्त्व दिएको हुन्छ। तर, अतिवाद भयो भने विपरीत दिशातिर जान्छ। धर्मको सन्दर्भमा अतिवाद अफिमसरह हुन सक्छ र कुनै पनि समाज वा क्षेत्र अशान्तितिर जान सक्छ।

धर्मसँगै आस्तिक र नास्तिक भन्‍ने कुरा आउँछ। नेपाली शब्दसागरअनुसार आस्तिक भनेको ईश्‍वरीय अस्तित्वमा विश्‍वास राख्‍ने, ईश्‍वर मान्‍ने, परलोक मान्‍ने आदि भनिएको छ। ईश्‍वरीय अस्तित्वलाई कुनै तर्क नै नगरी आँखा चिम्लेर विश्‍वास गर्नेलाई आस्तिक भनिन्छ।  त्यसैगरी, सोही शब्दसागरमा नास्तिक भनेको आँखाले नदेखेको कुरा प्रायः नमान्‍ने, ईश्‍वर, देवता आदिको अस्तित्व नै नमान्‍ने, अनीश्‍वरवादी आदि भनिएको छ। हाम्रोजस्तो रुढीवादी समाजमा आस्तिक भनेको राम्रो र नास्तिक हुनु भनेको खराब भन्‍ने मानसिकता पनि छ। आस्तिकहरूको बढी संख्या भएको समाजमा नास्तिक विचार भएकाहरूले आफू नास्तिक हो भन्‍ने खुलेर भन्‍न पनि प्रायजसो नसकेको देखिन्छ। यो सबै ढकोसला (आडम्बर) हो भन्‍ने मान्‍नेहरू पनि सदियौंदेखि चलिआएको संस्कार, कर्मकाण्ड, रीतिरिवाजबाट मुक्त हुन सकेको वा गर्ने साहस गर्न सकेको देखिन्‍न। ईश्‍वर, भगवानको आडमा आफ्नो दोकान चलाउनेहरूले सजिलैसँग विशाल जमातलाई वशमा गरेको र दुरुपयोग गरेका उदाहरणहरू अनेकौं छन्। यस्ता व्यक्तिहरूले मौका पाउनेबित्तिकै आफ्नो भगवानलाई बेच्न बेर लगाउँदैन। त्यसमा पनि धार्मिक मुद्दा उठाएर आफ्नो राजनीतिक अभिष्‍ट पूरा गर्ने राजनीतिक पार्टीले सत्ता सञ्‍चालन गरेको देशको अखण्डता खतराबाट मुक्त हुँदैन। मार्टिन लुथर किङले भनेका थिए- सत्ता सञ्‍चालन गर्नेहरूले धर्मको आधारमा राजनीति गर्छ भने बुझे हुन्छ त्यो देश गलत व्यक्तिहरूको हातमा छ।

कुनै पनि देशको शिक्षा नीति अत्यन्त महत्त्वपूर्ण हुन्छ। सानो हुँदा पढेका विषयहरूले मस्तिष्‍कमा अमिट छाप छाडेका हुन्छन्। पाकिस्तानी बच्चालाई भारतीयहरू शत्रु हुन् भनी पढाइएको हुन्छ भने भारतीय बच्चाहरूमा पनि सानैदेखि पाकिस्तानी र चिनी हाम्रो शत्रु हुन् भन्‍ने मानसिकताको विकास हुन्छ। सोहीअनुसारको विचार विकसित हुन्छ र यसबाट मुक्त हुन सजिलो हुन्‍न। हाम्रो समाजलाई कस्तो भविष्‍यतिर अग्रसर गराउने भन्‍ने बाटो आजको शिक्षा नीतिले निर्दिष्‍ट गर्छ। भनिन्छ, तीनजना व्यक्तिहरूले देशको भविष्‍य बनाउन सक्छन्। ती हुन् आमा, बाबु र शिक्षक। घरमा सरसफाइ छैन, फूलको बिरुवा राखिन्‍न भने यसको महत्त्व त्यहाँ जन्मेर हुर्केको बच्चालाई थाहा हुँदैन र वरिपरिका घर र समाज पनि उस्तै छन् भने त्यो बढ्दै गएको बच्चाले संसार यस्तै हुँदो हो भन्‍ने ठान्छ। र, यस्ता परिवेश र वातावरण उसका लागि सामान्यसरह हुन्छ। हाम्रा सरकारी विद्यालयहरूमा कक्षा कोठाहरू धुलाम्य हुन्छन्, शौचालय अत्यन्त फोहोर र दुर्गन्धित हुन्छ। रुख, बिरुवा र बगैंचाहरू भद्रगोल हालमा हुन्छन्, फोहोर फाल्ने भाँडो हुँदैन, शिक्षकहरूको कोठा अव्यवस्थित हुन्छ। शिक्षा दिने ठाउँको यस्तो हालत छ भने त्यसबाट कस्तो खाले भविष्‍यको निर्माण होला? हाम्रा सरकारी कार्यालय, बाटोघाटोहरू अत्यन्त अव्यवस्थित, फोहोरी हुनुमा र यसलाई सामान्य ठान्‍ने समाजको मानसिकता विकसित हुनुमा सानैदेखिको यस्तै परिवेश, शिक्षा र वातावरण जिम्मेदार छन्।

कुनै पनि जातिलाई नष्‍ट गर्नुछ भने त्यसको तीन पुस्तालाई शिक्षाको अधिकारबाट वञ्‍चित गरिदिनुपर्छ भन्‍ने विगतको गलत नीतिको कारण यस भारतीय उपमहाद्विपको विशाल जनसंख्या आज पनि अशिक्षित छ। कुनै पनि देशलाई नष्‍ट गर्नुछ भने त्यसको शिक्षा नीतिलाई ध्वस्त पारिदिनुपर्छ भन्‍ने भनाइ रहिआएको छ। आज हाम्रै सरकार चलाउने राजनीतिक पार्टीहरूले विद्यालयहरूलाई राजनीतिको अखाडा बनाइदिएको छ। टीके पद्दतिबाट पदाधिकारी नियुक्ति गरिन्छ। कस्तो खाले भविष्‍यको निर्माण गरिँदै छ? यदि नेपाललाई आउने तीन दशकभित्र अनुशासित, सभ्य-संस्कारित र प्रगतिशील बाटोमा लग्‍ने हो भने तत्काल यस सन्दर्भमा उपयुक्त कदम चालिनुपर्छ। शिक्षाले ज्ञान र आत्मविश्‍वास दिन्छ भने देशको लागि देशभक्त नागरिकको पनि उत्पादन गर्छ। समाजलाई विभाजित गर्ने कुनै पनि प्रकारको रुढिवादिता र अन्धविश्‍वासबाट मुक्ति सही शिक्षा नीतिबाट मात्र सम्भव छ। सही शिक्षा नै समृद्ध र सुखी विकसित समाजको बाटो हो। आज हाम्रा युवा विकसित, समृद्ध राष्‍ट्रहरू तिर पलायन हुनतिर लागेका छन्, त्यो विकसित समाज सही राजनीति र उपयुक्त आधुनिक शिक्षा पद्धतिले निर्माण गरेको हो। यहाँबाट भाग्‍ने सोच यहाँको गलत नीति र कार्यान्वयनले गर्दा व्याप्त असुरक्षाको कारण भएको हो। सबैभन्दा सुरक्षित ठाउँ आफ्नो देश समाज हुन्छ, त्यसकारण यसलाई बचाउनुपर्छ। आज क्यानाडामा रहेका भारतीय मुलका व्यक्तिहरू आफूलाई असुरक्षित भएको ठान्‍न थालेका छन् भन्‍ने समाचार आइरहेको छ। भोलिका दिनहरूमा विदेशिएकाहरू आफ्नो घर खोज्दै फर्किनुपर्ने दिन पनि आउन सक्छ।

आइतबार, असोज १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.