मेष- आजको दिन आम्दानी हुने छैन। उपचारमा खर्च बढ्ने छ। स्वास्थ्य कमजोर रहने हुनाले खानपानमा विचार पुर्याउनु होला। व्यापार, व्यवसायले पनि लाभ नदेलान्।
वृष- साथीभाइको साथ मिल्ने छ। अध्ययन, अध्यापन कमजोर रहला। आम्दानीका स्रोत भने बढ्ने योग छ। घरमा पाहुनाले सताउलान्।
मिथुन- आकस्मिक धनलाभको योग छ। आर्थिक पाटो सबल रहने छ। व्यापार, व्यवसाय फलदायी रहलान्। उपहार प्राप्त होला।
कर्कट- विशिष्ट व्यक्तित्वले तपाईंको प्रशंसा गर्नेछन्। टाढाको रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। अध्ययनमा सफलता प्राप्त हुनेछ।
सिंह- यात्राको अवसर मिल्न सक्छ। स्वास्थ्य कमजोर रहने छ, खानपानमा सावधानी आवश्यक छ। अरूको भर नपर्नु नै उत्तम हुनेछ, नत्र धोका पाइने छ।
कन्या- अपेक्षा गरिएको काम सम्पादन नहुन सक्छ। इष्टमित्रसँगको भेटमा मन प्रफुल्लित रहने छ। पितृ धनबाट लाभ हासिल होला। पराक्रम बढ्ने छ।
तुला- अनावश्यक खर्च बढ्ने छ। धर्मकर्ममा मन जाला। मनमा सकारात्मक भाव उत्पन्न हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहने छ। धनलाभ हुन सक्छ।
वृश्चिक- सकारात्मक सोचको विकास हुनेछ। उपलब्धीमुलक यात्रा हुन सक्छ। परिश्रमको प्रतिफल पाइने समय छ। दिन रमाइलोसँग बित्नेछ।
धनु- अनावश्यक धन नाश हुने सम्भावना रहेकाले मितव्ययिता अपनाउनु उत्तम हुनेछ। छरछिमेकमा झगडा हुन सक्छ। कामको बोझ बढ्ने योग रहेकाले थकित महशुस हुन सक्छ।
मकर- स्वास्थ्य सबल रहने छ। आर्थिक लाभ हासिल हुने योग छ। सामाजिक गतिविधिले प्रतिष्ठा दिलाउला। मन द्विविधाग्रस्त रहने छ। मनमुटावको योग रहेकाले बोल्दा विचार पुर्याउनु होला।
कुम्भ- कृषिकर्मले लाभ दिलाउला। व्यापार, व्यवसाय पनि फलदायी रहलान्। विवेक प्रयोग गर्दा लक्ष्य प्राप्ति हुन सक्छ। सन्तानले सन्तोष दिलाउलान्।
मीन- लाभदायक यात्राको योग छ। जोश, जाँगर र हिम्मत बढेको छ। स्वादिष्ट व्यञ्जनमा रमाउन पाइने छ। आकस्मिक लाभको सम्भावना पनि छ।