• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

आठपासे र लडाकु अर्थमन्त्रीभन्दा खराब निस्के डाक्टर अर्थमन्त्री


    Avatar photo
शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
केही सुधार नहुने हो भने किन चाहियो यो बोझिलो ‘डेमोक्रेसी’? किन चाहियो भारी भरकम निजामति कर्मचारीतन्त्र? यति ठूलो संख्यामा सुरक्षाकर्मी चाहिने हो कि होइन? यो देशको उपराष्‍ट्रपति, उपसभामुख के काम गरी बस्छन्? समिति, उपसमिति के का लागि बन्छन्?

Advertisement

चालु खर्च घटाउँछु भन्दाभन्दै १ खर्बले बढाउन पुगेका छन्, अहिलेका यी विद्वान डाक्टर अर्थमन्त्रीले। विकास बजेटचाहीं ३.८० अर्बबाट ७८ अर्ब घटाएका छन् (स्रोत : इकान्तिपुर)। यो भनेको विल्कुलै उल्टो बाटो हो।

यो आर्थिक वर्षमा १०.४३ खर्ब चालु खर्च गर्ने अनुमान गरेको सरकारले आगामी आवका लागि ११.४१ खर्ब पुर्‍याएको छ। यसैगरी यो वर्ष ३.८० खर्ब रुपैयाँ पुँजीगत खर्च विनियोजन भएकोमा आगामी वर्षका लागि ३.०२ खर्ब रुपैयाँमा झारिएको छ। चालु खर्च कटौतिको नारा दिएको सरकारले १ खर्ब बजेट घटाउनुको सट्टामा १ खर्ब बढाएका छन्, जुन सबभन्दा दुःखदायी पक्ष हो। कुरा प्रष्‍ट छ कि देशका अर्थमन्त्री कसैलाई बिझाउन चाहँदैनन्, बरु सबैलाई खुशी पार्न प्रयत्‍नशील देखिन्छन्। यो भनेको सम्पूर्ण नेपाली नागरिकका लागि दुर्भाग्यपूर्ण कुरो हो।

दबाब झेल्न नसक्ने अर्थमन्त्रीको के काम? संकटसँग जुध्‍न नसक्ने नेता किन चाहियो? जे जे भैपरी आउँछ, त्यही त्यही गर्दै जाने हो भने प्रकाशशरण महत नै किन चाहियो अर्थमन्त्रीमा? एउटा सामान्य शाखा अधिकृतले १० थरी समस्या झेलेर निर्णय लिने गर्छ। प्रहरीको एउटा इन्स्पेक्टरले धेरै जवाफदेहिता बोकेर काम गर्छ। देशको अर्थमन्त्रीले चाहीं परम्परा निर्वाह गर्ने मात्र देखिएको छ। अहिलेको समयको माग त्यो थिएन। नेपालीको दिशा र दशा पुरानै दोहोरिने पक्का भएको छ।

तीन घण्टा लामो बजेट भाषणको के महत्त्व छ? पोहोर र परारकै टेम्प्लेटमा काम गर्ने, अझ त्योभन्दा पुरानो शैली र स्वरूपमा हिँड्ने प्रवृत्ति किन दोहोर्‍याउने वा तेहेर्‍याउने? जुन काम कुरा वा योजना विगतमा गर्न सकिएन वा जुन प्रोजेक्टले प्रतिफल दिन सकेन वा जुन खर्चले भ्रष्‍टाचार बढाएको छ, त्यसमाथि निर्मम प्रहार किन भएन? आठपासे अर्थमन्त्री र लडाकु अर्थमन्त्रीले समेत रोकेको सांसद कोष किन थपियो? यसले चालु खर्च बढायो कि बढाएन?

भूराजनीतिक स्वार्थका कारण विदेशीहरूको दबाब आउला। निर्णय लिन कठिन होला। यसैको लागि न हो क्षमतावान सरकार चाहिने। आवधिक चुनाव चाहिने। लोकतान्त्रिक विधि र विधान चाहिने। केही सुधार नहुने हो भने किन चाहियो यो बोझिलो ‘डेमोक्रेसी’? किन चाहियो भारी भरकम निजामति कर्मचारीतन्त्र? यति ठूलो संख्यामा सुरक्षाकर्मी चाहिने हो कि होइन? यो देशको उपराष्‍ट्रपति, उपसभामुख के काम गरी बस्छन्? समिति, उपसमिति के का लागि बन्छन्?

नेताको परीक्षण हुने पनि अप्ठ्यारो परेको बेलामै हो। सन् १९६२ को क्युबन मिसाइल संकटमा तत्कालीन अमेरिकी राष्‍ट्रपति जोन एफ केनेडीलाई एकातिर सोभियत थ्रेट र अर्कातिर आफ्नै मुलुकका कट्टरपन्थीहरूको थ्रेटबीच कठिन तनाव झेलेर झण्डै-झण्डै विष्‍फोट भइसकेको आणविक युद्ध रोक्न सफल भएका थिए। यस्तो नेता हो हामीलाई चाहिएको।

जम्मा १७.५ खर्बको बजेट छ, त्यसको दुई तिहाइभन्दा बढी रकम करिब १२ खर्ब तलब भत्ता (सामाजिक सुरक्षासमेत) खाएर सकिन्छ। पहिल्यै पचाइसकेको स्वदेशी-विदेशी ऋणको साँवा ब्याजमा करिब २ खर्ब तिर्नपर्ने हुन्छ। मुलुकभरि यति धेरै विकासको माग छ, त्यसमा जम्मा ३ खर्ब मात्र? यो तरिका उल्टो भयो। कम्तिमा कुल बजेट १७ खर्बको आधा चालु र आधा विकास खर्चमा ल्याउने सपना मात्र भए पनि देखौं। यो साल वा आगामी सालमा नभए ५ वा १० वर्षभित्र त्यसो गर्न सकिएला।

चालु खर्च घटाउन सजिलो छैन भनिदियो, कसैले प्रतिवाद गर्दैनन्, कति सजिलै उम्कन पाइने ! आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टोखा टनेलमा १ अर्ब बजेट हालिदिएपछि अर्को चुनाब जितिने पक्का भइसक्यो। अब किन कसैसँग लड्ने? कसले बनायो यो देश र मैले बनाउनुपर्ने? के मैले देश बनाउने ठेक्का लिएको छु? यस्तै निम्‍नकोटीका विचार निर्देशित छन् हाम्रा अर्थमन्त्री।

आखिर नेपाली कांग्रेस पार्टी रातारात गर्ने क्रान्तिमा विश्‍वास गर्ने पार्टी होइन, जो कम्युनिस्टहरू फलाक्ने गर्छन्। कांग्रेस वा कम्युनिस्ट जे नाम गरे पनि; क्रान्तिमा विश्‍वास गरे पनि नगरे पनि आखिर संविधानले नै समाजवाद उन्मुख राज्य घोषणा गरिदिएकै छ। मुलुकै समाजवादी भएपछि के का लागि तनाव लिने? कसका लागि विकासको घोडा दौडाउने? किन राज्यकोष भर्नेगरी प्रतिफल खोज्दै चाहार्ने? राजनीति गर्ने अनि सकेको ‘इन्ज्वाय’ गर्ने। यही न देखियो अर्थमन्त्रीको जीवनदर्शन।

आज हरेक नेपाली समाजवादी भएको छ। लगानी गर्नु, उद्यमशीलता अपनाउनु, नाफा कमाउनु शोषण र पाप हो भन्‍नेमा विश्‍वास गर्छ। भेनेजुएलाजस्तो आर्थिक रूपले उत्तानो परेको राष्‍ट्रको समाजवादको चिन्तन गरिन्छ। बिजुली फोकटमा दिने घोषणा भइसक्यो। वृद्धभत्ता पाउने उमेर ६८ गरिएको छ। सबै नेपालीले पेन्सन र वृद्धभत्ता खाएर बस्ने दिन धेरै टाढा छैन।

निःशुल्क घर, निःशुल्क खाना, औषधोपचार, निःशुल्क पानी-बिजुली र यातायात भनेको भेनेजुएला मोडल हो। ह्युगो चाभेज सरकारले त्यहाँका जनतालाई काम गर्न नपर्ने, सबै कुराको व्यवस्था राज्यले गर्ने भन्दाभन्दै जनताले काम गर्नै बिर्सेका थिए। जब सरकार टाट पल्टियो, तब सबै जनता एकाएक भिखारीमा परिणत भए। नेपाल अहिले त्यही मार्ग अवलम्बन गर्ने दिशामा उद्यत छ। सर्वसाधारण जनतालाई भत्ता होइन, काम देऊ, उद्यमशीलता सिकाऊ सरकार।

फेरि सन्दर्भ बजेटकै। यो वर्षको बजेटमा उठाउने भनेको राजस्वमा २ खर्ब कमी भयो। आगामी आवमा यस्तै दोहोरिएको छ। किन हावादारी काम कुरा गर्छन् यी सरकारहरू? नागरिकलाई चाहिएको यथार्थवादी काम कुरो गर्ने सरकार हो।

शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.