• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

दशैंको मुखमा कर्णालीमा खाद्यान्न अभाव


शनिबार, असोज ०२, २०७८ मा प्रकाशित

खड्क सुनार/न्युज कारखाना 

Advertisement

मुगु- कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यान्न पर्याप्त मौज्दात नभएपछि मुगुका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरु रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु भएको हो ।   

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपोकेन्द्र राता पानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरि ५ वटा डिपो तथा विक्री केन्द्र असार महिनादेखि हालसम्म रित्तै भएका हुन् । डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर प्रक्रिया भइरहेको र अन्तिम चरणमा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ । 

डिपो केन्द्रबाट वितरण भइरहेको चामल आजभोलि सकिएपछि डिपो कार्यालय रित्तै भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी पुस्कर भामले बताए । संस्थानमा खाद्यान्न अभाव भएपछि बजारमा महंगो मोल हालेर चामल उपभोग गरिएका रहेका छन् । पछिल्लो समय यहाँका स्थानीयले एक प्याकको चामल २ हजारदेखि २५ सयसम्म हालेर खाने गरेको छायानाथ रारा नगरपालिका वडा नं १० का राजकली विकले बताइन् । 

शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको भामले बताए । 

डोल्पामा पनि खाद्यान्न अभाव

यस्तै डोल्पाका ग्रामीण बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरुमा खाद्यान्नको मौज्दात कम भएपछि ग्रामीण बस्तीमा खाद्यान्नको संकट देखिएको हो । 

वर्षायामको कारण बजारमा विक्री गरिने खाद्यान्नको मूल्य महँगो भएको र सहुलियत दरमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण बस्तीका सर्वसाधारण मर्कामा छन् । गत आर्थिक वर्ष डोल्पाका लागि १८ हजार क्विन्टल चामल विनियोजन भई बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेडका डोल्पास्थित प्रमुख कमलराज पाण्डेकाअनुसार अहिले दुनै शाखामा २५० क्विन्टल र जुफाल गोदाममा २०९ क्विन्टल चामल मात्र मौज्दात छ । मौज्दात चामल ग्रामीण बस्तीका विपन्न परिवार र बाढीपहिरोबाट विस्थापित हुने आपतकालीन अवस्थाका लागि राखिएको प्रमुख पाण्डेले जानकारी दिए ।

नेपाल सरकारले गत वर्ष माथिल्लो डोल्पाका लागि १ हजार ५०० क्विन्टल,  तल्लो डोल्पाका सर्मी डिपोका लागि ३०० क्विन्टल, काइगाउँ डिपोको लागि १ हजार क्विन्टल, दुनै शाखाका लागि ९ हजार क्विन्टल र जुफाल गोदाको लागि ४ हजार ५०० क्विन्टल गरेर १८ हजार क्विन्टल चामल छुट्याइएको थियो । 

कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा नेपाल सरकारले ढुवानी अनुदानमा खाद्यान्न, नुन उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको चामल बिक्री भई नुन मात्रामा मौज्दात रहेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति भइ नसकेकाले खाद्यान्न संकट भएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।   

डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको पाण्डेले बताए । सेवाग्राहीमा दशैं नजिकिँदै गर्दा चामल पुर्‍याउन सकिएन भने कसरी मनाउने भन्ने चिन्ता छ । अहिले दैनिकरुपमा १ सयदेखि २ सयसम्म सदरमुकामलगायत टाढा टाढाबाट पनि आउने गरेको उनको भनाइ छ । उनले थपे, ‘आवश्यकताअनुसार स्थानीयलाई पुर्‍याउन सकिएको छैन ।’ 

शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुनु र डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै आजभोलि यहाँका स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य भएका छन् ।   

मुगुमा छैन सहुलियत मुल्यको चामल

मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएका छैनन् । सरकारले हरेक वर्ष दशैंतिहारजस्ता महान चाडपर्वको अवसर पारेर वितरण गर्दे आइरहेको सुपथ मुल्यको चामल नपाएका हुन् । मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण मुगाली जनताले सो चामल नपाएका हुन् । 

चामल अहिले नै वितरण गर्दा दुई दिनमै शाखा कार्यालय रित्तिने सूचना अधिकारी पुस्कर भाम बताउँछन् । खाद्य सुरक्षा समितिको निर्णयअनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर १५-२० असोजमा वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।  

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.