• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कांग्रेस महाधिवेशनमा भिडन्तको तयारी : बूढा भर्सेस युवा, मारमा बीचको पुस्ता


शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

Advertisement

कांग्रेसको युवा पुस्ता बूढो पुस्तासँग महाधिवेशनको भिड्न तम्तयार छ। तर, उनीहरू बीचमा अर्को पुस्ता पनि छ, जो कुन पदमा उठ्ने र कसरी अगाडि बढ्ने भन्नेमा अन्योलग्रस्त छ। अर्थात्, यसपटक धेरै कांग्रेस नेताको राजनीति धरापमा छ।

काठमाडौं- १३ औँ महाधिवेशनबाट कांग्रेसको महामन्त्री पदमा रामचन्द्र पौडेल समूहबाट बीपी पुत्र डा. शशांक कोइराला १४ सय १७ मतसहित निर्वाचित भए। शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले एक हजार १७ मत ल्याए र सिटौला टिमका उम्मेदवार गगनकुमार थापाले मात्र पाँच सय ४८ मत।

त्यो प्रतिस्पर्धा तीनवटा प्यानलको त थियो नै, बूढा, मझौला र युवा पुस्ताका बीचको भिडन्त पनि थियो। गिरिजाप्रसाद कोइरालाकै टिममा सह-महामन्त्री र पार्टीको प्रवक्ता भइसकेका केसीविरुद्ध १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कोइराला हाबी भए। तर, कांग्रेसजनमा त्यसभन्दा ठूलो चर्चा उनीहरूको छोरा उमेरका नेता थापाको भयो। थापाको उम्मेदवारीले कांग्रेसजनमा नेतृत्वको पुस्तान्तरण र युवा हस्तक्षेपको प्रष्ट सन्देश दिएको थियो। त्यसको पाँच वर्षपछि कांग्रेस अब १४ औँ महाधिवेशनको संघारमा छ। र, पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गर्न थापाको उमेर समूह अग्रसर छ।

उनै थापा पुनः महामन्त्रीको स्वाभाविक दाबेदारका रूपमा हेरिएका छन्। भलै उनले अहिलेसम्म आफू कुन पदमा उम्मेदवारी दिने भनेर बोलेका छैनन्। तर, १४ औँ महाधिवेशनमा पदाधिकारीमै चुनाव लड्ने नयाँ पुस्ताको उम्मेदवार उनी एक्लै नहुने निश्चित छ।

नयाँ पुस्ताले नेतृत्वमा दाबी गर्न थालेपछि पहिलो र दोस्रो पुस्ताका नेताहरूमाथि दबाब सिर्जना भएको छ। कांग्रेसमा युवा भनिएका नेताहरू नै ५० आसपासको उमेरका भइसकेका छन्। यदि उनीहरूलाई नयाँ पुस्ता मान्ने हो भने आसन्न महाधिवेशनमा यो उमेर समूहका नेता पदाधिकारी बन्ने दौडमा देखिन्छन्। जब कि, पहिलो पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरू नै नेतृत्वमा रहने चाह देखाइरहेका छन्। र, दोस्रो पुस्ताका दर्जनौँ नेताहरूले देउवा र पौडेललाई प्रतिस्थापन गर्ने हिम्मत देखाउन सकिरहेका छैनन्।

नयाँ पुस्ताले सभापतिदेखि सह-महामन्त्रीसम्म उम्मेदवारी दिने घोषणा गरिरहँदा ६० नाघेका बूढा नेताहरू भने मौन मात्रै छैनन्, के पदमा उठ्ने र के बोल्ने भन्नेमै अन्योलग्रस्त छन्। कतिपय भागबण्डामा सहमति गरेर नेतृत्व चयन गर्नुपर्ने रटान लगाइरहेका छन् त कतिपयले पुस्तान्तरण हुनुपर्ने भनिरहेका छन्। तर, धेरैजसो बूढा नेतालाई नयाँ पुस्तासँग चुनाव लडेर पदाधिकारी बन्नुपर्ने भएपछि उम्मेदवारीबारे बोल्न सकस परेको छ।

यसपटक कांग्रेसमा कोषाध्यक्षबाहेक सभापति, उपसभापति, महामन्त्री, सह-महामन्त्री गरी १३ पदका लागि चुनावै लड्नुपर्छ। जब कि, विगतमा सभापति, महामन्त्री र कोषाध्यक्षका लागि मात्रै चुनाव हुन्थ्यो। र, सभापतिले बाँकी पदमा मनोनित गर्ने आश्वासन जतिजनालाई पनि बाँड्न सक्थे।

तर, अहिले मुख्य सबै पदमा चुनावै लड्नुपर्ने भएपछि महाधिवेशन आउन डेढ महिना मात्रै बाँकी छँदा पनि नेताहरूले आफू कुन पदमा उम्मेदवार बन्ने भनेर खुल्न सकेका छैनन्। एकपटक पदाधिकारी भइसकेका नेताहरू अब नेतृत्वमा आउन नयाँ पुस्ताका लोकप्रिय नेताहरूसँग चुनाव लड्ने वा बाहिरिने भन्ने दबाबमा छन्।

‘नयाँ साथीहरू आइसक्नुभयो। बूढा नेताहरूले छाड्नुभएको छैन। त्यसको बीचमा परेका हामीहरू अप्ठ्यारोमा परेका छौँ,’ एक पूर्वपदाधिकारीले गुनासो गरे। नेतृत्वमा एकपटक परीक्षण भइसकेको पहिलो पुस्ताका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अहिले पनि विश्राम लिइहाल्ने पक्षमा छैनन्। बरु आफूले छाडे पार्टी र देशलाई ठूलै संकट पर्छ भन्ने उनीहरूको दलिल छ। जब कि, सभापतिकै लागि एकपटक पदाधिकारीसमेत नभएका डा.शेखर कोइरालादेखि कल्याण गुरुङसम्मले दाबी गरिरहेका छन्।

नयाँ पुस्ताले पदाधिकारीमा दाबी गर्दै गर्दा दोस्रो पुस्ताका नेताहरू कुन पदमा उम्मेदवार बन्ने भनेर खुल्न सकेका छैनन्, न त पार्टी राजनीतिबाट विश्राम लिन्छु भन्न नै। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अब नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा एकमत छन्। तर, उनीहरू आफैँ पनि एकअर्कालाई छोड्न र अहिल्यै राजनीतिबाट विश्राम लिन तयार छैनन्। त्यसबाहेक पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि आफूले एकपटक नेतृत्व गर्न पाउनुपर्ने भनिरहेका छन्।

उपसभापति विजयकुमार गच्छदार भर्खरै कांग्रेसमा फर्किएको र भ्रष्टाचारको मुद्दा खेप्नुपरेकाले चुपचाप छन्। देउवाले मनोनित गरेर महामन्त्री बनाएका पूर्णबहादुर खड्का पनि बोलेका छैनन्। यस्तै, सह-महामन्त्री डा. प्रकाशशरण महत आफूलाई महामन्त्रीको दाबेदार भनिरहेका छन्। अर्का सह-महामन्त्री सुनिलबहादुर थापाले पनि कुन पदमा उम्मेदवार बन्ने भनेर बोलेका छैनन्। पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि आफ्ना लागि उपयुक्त ठाउँ कुन हो भन्ने मेसो पाएका छैनन्। कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि मौन छन्।

विगतकै महाधिवेशनदेखि पार्टीको पदाधिकारी बन्न चाहे पनि केन्द्रीय सदस्यमै चित्त बुझाउँदै आएका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, एनपी साउद, डा. नारायण खड्का, रमेश लेखक, शंकर भण्डारी, भीष्मराज आङदेम्बे, मानबहादुर विश्वर्मा, मीन विश्वकर्माहरू पनि आफ्नो उम्मेदवारीबारे अहिले बोलेका छैनन्।

जब कि, पदाधिकारीका लागि नयाँ पुस्ताका उमाकान्त चौधरी, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादव, गुरुराज घिमिरे, जीवन परियार र प्रदीप पौडेलहरू अघि सरिसकेका छन्।

उपसभापति विमलेन्द्र निधि अब पार्टीको पहिलो पुस्ताले कार्यकारिणी भूमिका छाडिदिनुपर्ने बताउँछन्। ‘अहिले नेतृत्वमा शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी हुनुहुन्छ। तीनैजना उम्मेदवार हुनुहुन्छ कि हुँदैन भन्ने थाहा छैन। तर, अब उहाँहरूले कार्यकारिणी भूमिका छाडिदिनुपर्छ। उहाँहरूको अवमूल्यन गर्ने कुरा पनि छैन। जबर्जस्ती हटाउन चाहेको पनि होइन। उहाँहरू आफैँले छाडिदिनुभयो भने झन् राम्रो हो,’ निधिले भनेका छन्। पार्टीमा गुटबन्दीका कारण एकै व्यक्ति पटक-पटक पदमा आइरहने प्रवृत्ति हाबी भएको उनको भनाइ छ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला पार्टीमा अब युवा पुस्तालाई अवसर दिनुपर्ने बताउँछन्। सभापतिको दाबी गर्दै गर्दा उनले अघि सारेको ‘एक व्यक्ति एक पद’ को एजेन्डा युवा नेतामाझ लोकप्रिय छ। ‘म एकपटक सभापति हुने हो। म पार्टीलाई व्यवस्थित रूपले चलाउँछु। अरू कोही प्रधानमन्त्री बन्नू, अरू पदमा बस्नू,’ डा. कोइराला भन्छन्, ‘राजनीतिलाई जनताको सेवामा केन्द्रित गर्नुपर्छ।’

एकै व्यक्तिले धेरै पद लिँदा नयाँ पुस्ताले मौका नपाएको उनको तर्क छ। पार्टीलाई मुलुककै ठूलो पार्टी बनाउन गाउँदेखि केन्द्रसम्म ६०-४० को अवधारणा अपनाउनुपर्ने उनी बताउँछन्। ‘तल्ला तहमा ६० प्रतिशत युवालाई ठाउँ दिनुपर्छ। किनकि, त्यहाँ संगठन बनाउनुपर्ने हुन्छ। केन्द्रमा ४० प्रतिशत युवा सहभागिता गराउनुपर्छ,’ उनले भनेका छन्।

केन्द्रीय सदस्य धनराज गुरुङ अब पाका नेताहरूले विश्राम लिनुपर्ने बताउँछन्। ‘एकै व्यक्तिले लामो समयसम्म पार्टी सत्ता कब्जा गरेर राख्ने कुरा राम्रो होइन। त्यसैले अब पहिलो पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ उनी भन्छन्, ‘नभए हामीहरू हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिन तयार हुनुपर्छ।’

तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही कांग्रेसको पार्टी पंक्तिमा युवा नेतृत्वमा पुग्नै नसकेको बताउँछन्। ‘गगन थापाको पुस्ता अब युवा होइन, त्यसभन्दा पछिल्लो पुस्तालाई पार्टी पंक्तिमा जानै दिइएको छैन,’ उनी भन्छन्, ‘बेलामा महाधिवेशन नगर्ने, भए पनि युवा पुस्तालाई तल्लो तहमै छेकिदिने कारणले युवा पुस्ता कांग्रेसमा माथि उक्लिन सकेको छैन।’

आगामी महाधिवेशनमा युवा पुस्ताले विद्रोह गर्न सक्नुपर्ने उनी बताउँछन्। ‘गगन पुस्ता अब पार्टीको सभापति बन्नका लागि तयार हुनुपर्छ। नेतृत्व गर्न तयार हुनुपर्छ, तब मात्रै पार्टीमा युवाको आकर्षण हुन्छ,’ पार्टीको सह-महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेका शाही भन्छन्, ‘पदाधिकारीमा युवा पुस्ता पुग्नुपर्छ।’ वर्तमान कांग्रेसको केन्द्रीय समिति एक सय २५ सदस्यीय छ। तर, त्यहाँ सबै ४५ नाघिसकेका बुढाहरू मात्रै छन्। नेपालको संविधानले १८ देखि ४० वर्षको उमेर समूहलाई मात्रै युवा भनेको छ। बूढालाई युवा नेता भन्ने अभ्यासले कांग्रेसमा युवामाथि बूढा नेताले ‘ब्लक’ सिर्जना गरेको उनको दाबी छ।

शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.