• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कर्फ्यू लागेका साँझ


सोमबार, असार ०७, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

सधैँ कर्फ्यू लाग्थ्यो बेँसीसहरमा। लामा दिनमा साँझ ७ बजेदेखि। छोटा दिनमा ६:३० देखि। त्यसअघि खाना खाएर कोठा छिरिसक्नुपर्ने । के गर्नु त्यति छिट्टै छिरेर ? पटयारलाग्दो हुन्थ्यो रात।

समय कटाउनै मुस्किल। बिहान मिर्मिरेसम्म रहन्थ्यो कर्फ्यू। चाँडै उठेर निस्कन पनि समस्या। जेलमा थुनिएजस्तो अनुभूति हुन्थ्यो। कोठामा बस्ने सबै जम्मा हुन्थ्यौँ। समय कटाउने उपाय निकाल्थ्यौँ।

हामी बसेको घरमा एउटा केटो बस्थ्यो। बीए पढ्दैथ्यो। कविता राम्रो लेख्थ्यो। पढ्न सिपालु थियो। क्याम्पसका गतिविधिमा सरिक हुन्थ्यो। विद्यार्थी राजनीतिमा अगाडि थियो। स्ववियु सदस्य भइसकेको थियो।

यति सिर्जनशील भएर पनि ऊ ‘फ्रस्टेड’ थियो। कारण थियो जागिर। उसको सानोदेखिको लक्ष्य रहेछ लाहुरे बन्ने, त्यो पनि भारतीय सेनामा। दुई पटक दियो। सफल भएन। विरक्तियो अनि। कपाल पनि ‘आर्मी स्टाइलले’ काट्थ्यो। उसको भर्ती हुने उमेरै गएछ कोशिस गर्दागर्दै।

त्यो घरमा बस्नेमा शिक्षक, कांग्रेस नेता, लेखापढी व्यवसायी, होटलमा काम गर्ने र व्यापारी थिए। घरबेटीचाहिँ मनाङका। उतै बस्थे। त्यहाँ भएकामध्ये केटो आफूलाई कमजोर ठान्थ्यो।

त्यहाँ बस्नेमध्ये एक जनाको मात्रै परिवार थिए। अरू सबै एक्लाएक्लै। एकअर्काको कोठामा पालैसँग जम्मा हुन सजिलो थियो। काम विशेषले कहिले को कता, कहिले को कता भइन्थ्यो। जम्मा भएको दिन कुरा गरेर घन्टौँ बिताउँथ्यौँ।

सल्लाह गर्थ्यौं, यो केटालाई निराशा बनाउनुहुँदैन। उत्साह भरिदिनुपर्छ। सुरुमा तिनै बेरोजगार केटोबारे कुरा सुरु गर्थ्यौं। ऊबाट कुरा शुरु गरे पनि पछि प्रसंग कता पुग्थ्यो कता।

सबैका आफ्नै कथाव्यथा थिए। धेरैजसो समय आफ्नै अनुभूति ‘सेयर’ गर्थ्यौं। गमप्रसाद गुरूङ कांग्रेस जिल्ला सचिव थिए। जिविस सदस्य पनि भइसकेका। भोजे गाविसको घाम्राङमा केही समय पढाएका रहेछन्। शिक्षण छाडेर राजनीतिमा होमिएका। अध्ययनशील थिए।

स्थानीय पत्रपत्रिकामा लेख्थे कहिलेकाहीँ। माओवादी युद्धले प्रहार गरेको थियो उनको दललाई। उनी आफैँ पनि पीडित थिए। गाउँ जान सकेका थिएनन्। त्यसको पीडा पोख्थे।

शिक्षक टेकबहादुर गुरूङ बोर्डिङ स्कुलमा पढाउँथे। जिज्ञासु स्वभावका थिए। थोरै बोल्थे, प्रभावकारी रुपमा बोल्थे। तिनका कहानी मार्मिक थिए।

२०५८ मंसिरमा संकटकाल लाग्नासाथ सरकारले माओवादीविरूद्ध दमन तीव्र पार्‍यो। पक्राउ गर्ने, यातना दिने क्रम बढ्यो। संकटकाल लागेको केही समयपछि गुरूङ पनि सेनाको तारो बनेछन्। सेनाले पक्रियो। बेँसीसहरकै गरूणदल गुल्म पुर्‍यायो। बंकरमा राख्यो। चर्को यातना दियो। ६ महिना बंकरमै राख्यो।

बंकरमा बस्नुपर्दाको पीडा सुनाउँथे। विचराले जे भए पनि हतियार बोकेका थिएनन्। माओवादी गतिविधिलाई सहयोग गरेका थिएनन्। स्कुल जान्थे। भुराभुरी पढाउँथे, आउँथे।

आफ्ना हरेक कुरा हामीलाई सुनाउँथे। बेला-बेला प्रेम प्रसंग पनि कुराकानीको विषय बनाउँथे। सुन्न खुबै रूचिकर हुन्थ्यो उनको कहानी। बाहुनीसँग ‘लभ’ परेछ। कृष्णप्रणामी रहिछन् बाहुनी। परिवारले स्वीकार गर्दैन कि भन्ने डर थियो। त्यो पनि सुनाउँथे। सम्बन्ध गहिरो रहेको छनक दिन्थे कुराकानीमा। एक साँझ त्यस्तै जमघट थियो कोठामा। कुरा सुनाउने पालो उनकै आयो। सुरुमै भने, ‘मैले छाडिदिएँ।’

प्रेम राम्रोसँग फस्टाएको भन्थे हिजो बेलुकाको बसाइमा। त्यसको भोलिपल्टै छाडिदिएँ भन्छन्।

‘किन ?’

‘उसले सर्त राखी, तिनले कुरो खोले, ‘प्रेममा पनि सर्त हुन्छ। सर्त राखेपछि प्रेम हुँदैन। स्वार्थ हुन्छ। स्वार्थीसँग के सम्बन्ध राख्नु। मान्छे संगत गर्दै जाँदा बुझिँदो रहेछ।’

‘त्यस्तो सर्त के थियो ?’

‘मैले उनका लागि एउटा काम गर्नै पर्‍यो रे,’ उनले सुनाए।

‘कस्तो काम ?’

‘उनका लागि मैले पढिदिनु पर्‍यो रे।, सुनाए, ‘यस्तो सर्त राखेर हुन्छ। अहिल्यै सर्त राख्नेले जीवनभर कति सर्त तेर्साउलान्। मैले सके त पढ्ने, नसके के पढ्ने।’

उनका कुरा के पाराका ? हाँस्ने कि गम्भीर हुने।

पढाउँदै पढ्दै गर्थे। बोर्डिङले तलब कति नै दिन्थ्यो होला र। बँेसीसहरको मस्र्यांदी क्याम्पसबाट बीए पास गरेका थिए। त्योभन्दा माथिको पढाइ त्यहाँ हुँदैनथ्यो। माथिल्लो तहका लागि पोखरा, चितवन या काठमाडौँ जानु पथ्र्याे। घरको आर्थिक अवस्था कमजोर भएको सुनाउँथे। त्योभन्दा माथिल्लो तह पढ्न उनलाई समस्या भएको रहेछ। त्यही कुराले पिरोलिँदा रहेछन्। झन् मेरै लागि पढिदिनुपर्छ भन्दा उनको पारो तातेछ।

राम्रो थियो पढ भन्नु त। राम्रै नियतले भनेकी होलिन् उनले। तैँले पढिनस् भने म सम्बन्ध अघि बढाउँदिन पनि भनेकी होइनन् होला।

जानिनन् शब्द प्रयोग गर्न। मैले वस्ती सरले भनेका कुरा सम्झिएँ। शब्द सही तरिकाले प्रयोग गरिएन भने बित्यास पार्छ। उनले मेरा लागि पढ्नुपर्छ भन्नुको साटो तिमी राम्रो पढ्ने मान्छे। एमए पनि पढ्नुपर्छ। सकेसम्म म पनि सघाउँछु। मिलेर अघि बढौँ भनेको भए उनी पक्कै बटारिने थिएनन्। हरेक कुरालाई गहिरोसँग सोच्थे। त्यसलाई पनि अनेक कोणबाट सोचेछन्। भनिरहन्थे, ‘मैले ठीक गरेँ। पछि पछुताउनुभन्दा सुरुमै निर्णय गरेको ठीक।’

त्यही घरमै बस्ने शशिधर जमकट्टेल इशानेश्वर गाविसबाट भर्खर आएका थिए। मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयतिर गइरहन्थे।

तिनको काम थियो- लेखापढी गर्नु। उनी लेखापढी गर्ने मान्छे वकिल हुन् भन्न पछि पर्दैनथे। लेखापढीबाहेक कर्मकाण्ड गर्थे। चामल जम्मा भएपछि घरतिर लाग्थे। गाउँमा माओवादीले टिक्नखान नदिएपछि विरक्तिएर यता आएको भन्थे। रमाइला थिए। हँसाइरहन्थे। प्रसंग दरबार हत्याकाण्डमा मारिएकी श्रुति शाहको दोस्रो वार्षिकोत्सवको दिन २०६० जेठ १९ गते बेलुकाको। हामी जमकट्टेलकै कोठामा जम्मा भयौँ। त्यहाँ राजधानी दैनिक थियो। गोरखशमशेर २ वटी टुहुरा छोरी सुरांगाना र गीर्वाणीलाई दायाँ-बायाँ हातमा समाएर डोर्‍याइरहेको तस्बिर छापिएको थियो।

क्याप्सन थियो-

हाँस्दा पनि दुःख लाग्छ, यिनले बिर्सेकी आमा भनी
रूँदा पनि दुःख लाग्छ, यिनले सम्झेकी आमा भनी

टुहुरालाई हाँसे पनि सुख छैन, रोए पनि सुख छैन अरूले देख्दा। निकै मार्मिक लाग्थे यी शब्द। यही विषयमा कुरा सुरु गरियो। बीचैमा कुरा काटेर जमकट्टेले सुनाए, ‘ऊ क्या त पुरानाकोट गाविस सचिव। कुप्रा छन्। तिनलाई सुते नि ढाड दुख्ने, उठे नि ठाड दुख्ने। तिनले शारीरीक सम्बन्ध कसरी राख्लान्।’ यसो भनेर उनी गलल हाँसे।

गम्भीर कुरा गर्दागर्दै उनले उडाएर प्रसंग अन्तै मोडिदिए। उनको प्रस्तुति हाँसोउठ्दो थियो। हामीलाई झन् हाँसो उठयो उनी हाँसेको देखेर ।

एकले अर्काको अनुहार हेर्दाहेर्दै हाँसोमाथि हाँसो थपियो। बढी हाँस्दा पेट नराम्रोसँग दुख्दो रहेछ। आन्द्रा चुँडिएला जस्तै भयो। कोही लडिबडी गर्दै हाँस्न थाले। कोही भित्तो समाउँथे। एयया-एयया भन्दै पेट समाउँथे। यस्तो पनि हुँदो रहेछ हाँसो।

रात छर्लंगै बित्यो। उज्यालो भइसकेको थियो। सबैले मुख धोयौँ। धारो एकै ठाउँमा थियो। सुत्ने कुरा भएन अब। खाना खाएर आ-आफ्नो काममा गयौँ। त्यसपछि हामीमध्ये जो भेट्टिए पनि हाँस्थ्यौँ त्यो रातको पारा सम्झेर।

म झन्डै २ वर्ष ४ महिना लमजुङ बसेँ। त्यो बीचमा कहिल्यै कर्फ्यू हटेन। रातभरि सुरक्षाकर्मी बुट बजार्र्दै हिँड्थे। बरन्डामा निस्कँदा भित्र छिर्न आदेश दिन्थे। राति बिरामी परे अस्पताल लैजान समस्या थियो। गाउँतिर गएर अलि ढिला भयो भने सदरमुकाम छिर्न समस्या।

बाहिरबाट आउँदा कोठा छिर्ने हतारले होटल जानै सकिँदैनथ्यो।

भोकै सुत्नु पर्थ्यो। खानेकुरा राख्ने त कुरै थिएन। पानीसमेत हुँदैनथ्यो कोठामा। माथिल्लो तलामा मेरो र घरबेटीको कोठा थियो। मनाङमै बस्थे घरबेटी। पानी माग्ने ठाउँसमेत हुँदैनथ्यो। राति घाँटी सुकेर प्याक-प्याक हुन्थ्यो।

माओवादीकै कब्जामा थिए गाउँ।

प्रहरीचौकी सबै उडाएका थिए। प्रहरी सदरमुकाममा मात्रै केन्द्रित थिए। सुरक्षाकर्मी थिएनन्। सचिव सबै सदरमुकाममा। राज्यको उपस्थिति सदरमुकाममा मात्रै थियो। त्यही सदरमुकामवासीलाई कोठाभित्र निसासिएर बस्न बाध्य पारिएको थियो। निसासिन बाध्य पारेकै बेला कोठा बसाइ सिर्जनात्मक बनाउन तल्लीन हुन्थ्यौँ हामी।

गाउँको त कुरै छाडौँ सदरमुकामसमेत घेरिसकेका थिए माओवादीले। बेँसीसहर, गाउँसहर, उदिपुर लगायतका गाविसमा पनि कर्फ्यू लाग्थ्यो । साँझ पर्नासाथ कर्फ्यू लागेको र सदरमुकामसँगै जोडिएको गाउँसहर डाँडामा माओवादीको लामो लस्कर निस्कन्थ्यो, राँको बोकेर। अँध्यारो रातमा राँको तोरन टाँगेको जस्तो देखिन्थ्यो। डाँडाबाट भेरीलाइट देखाएर सुरक्षाकर्मीलाई गिज्याउँथे। प्रहरी कार्यालय र ब्यारेक छेउमा कर्फ्यू लगाएर सीडीओ र सुरक्षाकर्मी बस्थे। ब्यारेक नजिकको हिलेटक्सारको डाँडामा त्यस्तै राँको बोकेर जिन्दावाद र मुर्दावादको नारा लगाएको प्रस्टै सुनिन्थ्यो मेरो कोठाबाट।

(पत्रकार तथा लेखक दामोदर न्यौपानेको पुस्तक एम्बुसमा ६ वर्षको अंश)

सोमबार, असार ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.